RSS

“ट्राभल डकुमेन्ट” सम्वन्धमा छानविन सुरु

07 Jun

दोहा / पासपोर्ट हराएको नेपालीलाई दिदै आएको ट्राभल डकुमेन्टको अनियमितता भएको आशंकामा यहांस्थित नेपाली दुतावासले छानविन सुरु गरेको छ ।

नियोगका राजदुत डा. सूर्यनाथ मिश्रले आन्तरिक रुपमा यसको छानविन प्रक्रिया अगाडी बढाउनु भएको हो । उहांले दुतावासका जिम्मेवार पदाधिकारीहरुलाई लिखित पत्रसमेत बुझाउने तयारी भएको स्रोतले बतायो ।

कम्पनी छाडी भागेर काम गर्दै आएका वा अन्य कुनै कारणले पासपोर्ट गुमाएका नेपालीलाई नियोगले यस्तो डकुमेन्ट उपलब्ध गराउदै आएको छ । विशेष अवस्थामा मात्र दिइने यो डकुमेन्ट भएमा पासपोर्ट नभएका नेपालीहरू पनि सहजरुपमा मुलुक फिर्न पाउछन् तर पछिल्लो समयमा पासपोर्ट भएकाहरुलाई पनि यस्तो कागजपत्र दिइएको सार्वजनिक हुन थालेपछि अनियमितता भएको आशंका बढेको थियो । पासपोर्ट फेला नपरेका नेपालीहरु पनि सीआईडीमार्फत नेपाल पर्किन्छन् । तर केही पासपोर्ट भएकाहरुलाई समेत ट्राभल डकुमेन्ट बनाइएको आरोप नियोगका पदाधिकारीहरुमाथि लगाइएको छ ।

यस्ता आरोपहरु सत्यापित गर्न आन्तरिक छानविन सुरु गरिएको राजदुत मिश्रले जानकारि दिनुभयो । प्राप्त जानकारी अनुसार पासपोर्ट हराएपछि नेपाली नियोगबाटै पासपोर्ट बनाएका पिताम्बर पराजुलीलाई समेत ट्राभल डकुमेन्ट उपलब्ध गराइएको छ । मिश्रका अनुसार पासपोर्ट बाहकलाई ट्राभल डकुमेन्ट उपलब्ध गराइएको विषयमा विभिन्न सञ्चार माध्यम तथा आमनागरिकको गुनासोको आधारमा छानविन सुरु गरिएको हो । नेपाली नियोगमा पासपोर्ट , ट्राभल डकुमेन्ट, लाइसेन्स विवाह दर्ता सहितका आधिकारिक चिठी पत्रमा प्रथम सचिव रामकाजी खड्काको हस्तक्षर चल्छ ।

यसैगरि तीन नेपालीलाई वैदेशिक रोजगारीको सिलसिलामा कतार ल्याई सम्झौता बमोजिमको सुबिधा उपलब्ध नगराउने धनुषाका वीरेन्द्रकुमार राउतको नाममा दुतावासले सातदिने सुचना जारी गरेको छ ।

धनुषाजिल्ला बेग शिवपुर गाविस ४ का राउतले जनकपुर नगरपालिका ११ का उपेन्द्रकुमार साह, सोही वडाका शंकर ठाकुर तथा सिनुरजोडा गाविस २ का विजयकुमार साहलाई नेपालमा भने बमोजिम नो अब्जेक्सन लेटर उपलब्ध नगराएको र समस्या समाधानका लागि दुतावासबाट पटकपटक फोन सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएकोले सातदिने सुचना जारी गरिएको सुचनामा उल्लेख छ । सातदिनभित्र समस्या समाधान नगरे कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: