RSS

भारतद्वारा फेरि अर्को अतिक्रमण

07 Jun

कैलालीको लालबोझी गाबिसको सिमानामा भारतद्वारा एकतर्फी रुपमा ३ मिटर अग्लो बाँध निर्माण भएको छ । बाँध निर्माण सँगै कैलालीका ८ गाविस पूर्ण डुवानमा पर्ने भएका छन् । मोहोना नदीको छेउमै भारतले सिमाको १० मिटरभित्र ३ मिटर अग्लो र ३ मिटर चौडा यो बाँध बनाएको हो। सिमावाट १०-२० मिटरकै दूरीमा भारतीयहरुले माटो र बालुवा राखेर २ किलोमिटरसम्म यो बाँध बनाएका छन् ।वांध

छिमेकी देशको सिमानाबाट १० किलोमिटर दुरीसम्म आफ्नो भुमिमा बाँध बनाउने वा निर्माणको कुनै पनि काम त्यो देशको अनुमती बिना गर्न नपाइने अन्तराष्ट्रिय कानुनी मापदण्ड छ । तर नं ११८ पिलर  देखि शुरु गरिएको त्यो बाँध १० गजाक्षेत्र नै मिचेर बनाइदा पनि अन्तर्राष्ट्रिय कानुनको मापदण्ड विपरित छ कि छैन सरकारि चासोको विषय हुन सकेन ।

लालबोझिया गाविसको वार्ड नं ४ को पारीतिर देखि बनाउन शुरु गरिएको यो बाँध वार्ड नं ५, ६, ७, ८ र ९ को पारी सम्म गरि करिव २ किलोमिटर सम्म बनाएको स्थानिय बासिन्दा तथा सिमा सुरक्षा सरोकार समितीका जिल्ला संयोजक रतन रेग्मीले बताएका छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: