RSS

खड्कासहित तीन जर्नेलको कमान्डेट पद खोसियो

08 Jun

बुधबार बसेको सेनाको प्रिन्सपल स्टाफ अफिसर जनरल (पीएसओज)को बैठकले सैनिक अनुशासन उल्लंघन गरेको अभियोग लगाउँदै नेपाली सेनाको जंगी अड्डाले सेकेन्डम्यान बलाध्यक्ष रथी कुलबहादुर खड्कासहित तीन जना जर्नेलको कर्णेल कमान्डेट पद खोसेको छ । यसरि कर्णेल कमान्डेट पद खोसिनेमा सैनिक शिक्षा निर्देशनालयका निर्देशक एवं सहायकरथी दीपक गुरुङ र पूर्व उपरथी राजेन्द्रबहादुर थापा छन् । पीएसओज बैठकको निर्णयलाई उद्धत गर्दै उनीहरुलाई आइतबार जंगी अड्डाले कर्णेल कमान्डेट पदवाट मुक्त गरेको पत्र दिएको छ । सैनिक नियम अनुसार सेनामा गणपति भएपछि सम्बन्धित गणले बहालवाला वा अवकासप्राप्त जर्नेललाई मानार्थ कर्णेल कमान्डेट पद दिने चलन छ । सामान्यतया १० वर्षका लागि दिइने यस्तो पद ग्रहणवाला जर्नेललाई गणको पस्जा वार्षिकोत्सवलगायत विभिन्न कार्यक्रममा सम्मानस्वरुप बोलाइने गरिन्छ ।

गत बिहीबार बसेको पीएसओज बैठकले रथी खड्कालाई कोटमार्शल गर्न सिफारिस गरेको थियो । खड्कालाई कोर्टमार्शल गर्नेबारेमा सेनापति कटवालले रक्षामन्त्री विद्यादेवी भण्डारीसँग छलफल पनि गरेका थिए तर प्रधानमन्त्री माधवकुमार नेपाल भने खड्कालाई तत्काल कारबाही गर्ने पक्षमा नभएकाले कारबाहीको प्रक्रिया हालका लागि थाती रहेको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपालले खड्कालाई सुरक्षा सल्लाहकारमा पनि ल्याउन नचाहेको र नियमित प्रक्रियाअन्तर्गत उनको अवकास होस् भन्ने चाहेका छन् । खड्काको असार ५ मा अनिवार्य अवकास हुँदैछ । जंगीअड्डास्थित एक उपरथीका विश्लेषणमा ‘खड्कालाई कारबाही गर्दा परिस्थिति प्रतिकूल देखिने भएकाले उनीमाथि मानसिक दबाब दिन नैतिक कारबाही गरिएको हो, अरुहरुलाई त्यस्तो विभागीय कारबाही भने हुँदैन ।’

सहायक रथी गुरुङ र पूर्व उपरथी थापालाई रथी खड्का निकट भई सेनाभित्रको गोप्य सूचना चुहावट गरेको अभियोग लगाइएको छ भने खड्कालाई राष्ट्रपति रामवरण यादवले सरकारको निर्णय उल्ट्याई कटवाललाई पुनर्बहाली गरेपछि यादवको निर्देशनबाट पुरानै जिम्मेवारी सम्हाल्दै आइरहेका सेनापति कटवालको अनुमतिबिना विभिन्न सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएको आरोप लगाइएको छ ।

पूर्व उपरथी थापाले आइतबार जंगी अड्डाबाट कर्णेल कमान्डेटबाट मुक्त गरिएको पत्र बुझेको स्वीकारे । सेनामा परिवर्तन हुनुपर्छ भनेर आवाज उठाइरहेकाले यस्तो कारबाही हुनुलाई स्वभाविकरुपमा लिएको वताउदै थापाले भने ‘सेनामा तजविज अधिकारको दुरुपयोग छ भनेर मैले उठाउने गरेको आवाज भनेकै सम्भवतः यस्तै हो । होइन भने रिटायर्ड भएको १० महिनापछि कारबाही गर्नुको कुनै अर्थ छैन । यो व्यक्तिवादी निर्णय भयो ।’ संकटकालपछि आफूलाई लगातार ३२ महिना लडाइँको मोर्चामा खटाइएको र त्यसपछि प्रधानमन्त्री मातहतको सुरक्षा परिषद्मा बसेकाले पनि जंगी अड्डाका ‘गोप्य सूचना’ लिक गराएको भनी आफूलाई लगाइएको आरोप निराधार भएको पुष्टि हुने बताउदै थापाले भने ‘मैले सेनाको तल्लो अफिसर र दर्जाको हितमा साचार माध्यममा लेख लेखेको थिएँ त्यसैमा कसैको चित्त नबुझेको हुन सक्छ । मैले व्यक्तिभन्दा संस्था ठूलो हुन्छ भन्दा कसैलाइ मन नपरेको हुन सक्छ ।’

कर्णेल कमान्डेटबाट मुक्त गरिएका रथी खड्का र सहायक रथी गुरुङ दुवै सेनाको इन्जिनियरिङ गण कालीप्रसाद गणका हुन् । अवकासप्राप्त थापा भने देवीदल गणका हुन् ।

 
१ टिप्पणी

Posted by on जुन 8, 2009 in HOME

 

One response to “खड्कासहित तीन जर्नेलको कमान्डेट पद खोसियो

  1. जेपिटी गुरूङ

    जुन 8, 2009 at 10:16 बिहान

    राजा महेन्द्रले २०१७ सालको ‘कू’ त्यत्तिकै गरेका होइनन् । घटनाक्रम हेर्दा उनले सुरुदेखि नै प्रशस्  त मात्रामा आफ्ना नजिकका मानिसहरूको राय-सल्लाह लिएको देखिन्छ । राजनीतिक शक्तिहरूलाई छामीछामी उनले त्यो कदम उठाएका थिए । दलहरूलाई कमजोर बनाउने दाउ त उनको सुरुदेखिकै थियो ।
    महेन्द्र त राजा नहुँदैदेखि सत्ताकब्जाको रणनीतिमा लागेको देखिन्छन् । त्रिभुवन बिरामी भएर स्वीट्जरल्यान्ड जाँदा महेन्द्रले राजनीतिक कार्यकर्ताहरूको नाम-लिस्ट त्यत्तिकै मागेका होइनन् । चाहे त्यो ०११ सालको सक्रिय राजनीतिक कार्यकर्ताको लिस्ट मागेको प्रसंग होस्, चाहे मन्त्रिपरिषद् गठनमा गरेको आनाकानी, यी घटनाले महेन्द्र पहिलेदेखि नै शासनसत्ता आफ्नो हात पार्न चाहन्थे भन्ने बुझ्न कठिनाइ पर्दैन ।
    महेन्द्रले नेपालगन्जमा धम्की दिएका थिए, “मैले आफ्नो कर्तव्य पालनाका लागि अरू कुनै कदम चाल्नु नपरोस् । म यो पनि भन्न चाहन्छु कि मेरा पनि केही कर्तव्यहरू छन् । देशको सार्वभौमसत्ता, राष्ट्रियता र अन्य देश तथा जनहित कार्यहरूको संरक्षण गर्नु मेरो कर्तव्य हो । यदि यसमा कुनै किसिमको बाधा आइपर्छ भने त्यसबेला जेसुकै गर्न परे पनि म कदापि पछि हट्ने छैन ।”
    अहिलेका तोरि लाहुरे राष्ट्रपतिले पनि ठिक यहि शव्द दोहोर्याएर ०१७ सालको पुनरावृत्ति गराउने प्रयास गरेको त सवैलाइ थाहै छ ।
    अहिले यो सवै सैनिकीकरणको लागी रिहर्सल मात्रै गरिदैछ । अरू आफैं वुझ्नुस ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: