RSS

नेपाली जनप्रगतिशील मोर्चा जापान प्रेस वक्तब्य

08 Jun

हालैका दिनहरुमा दाङको सीमावर्ती क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमण र नेपालीमाथि आक्रमणको जनप्रगतिशील मोर्चा जापान घोर भर्त्सना गर्दछ । राष्ट्रघाती सुगौली सन्धि , १९५० को असमान सन्धि हुंदै श्रींखलाबद्ध रुपमा नेपालको सिमा अतिक्रमण गर्दै आएको भारतले आफ्नो बिस्तारबादी नितिको अबलम्बन गर्दै पटक पटक नेपाली भूमी माथि अतिक्रमण गर्दै आएको तथ्य हामी सबै नेपालीहरुको सामु जगजाहेरै छ । हालैका दिनमा दाङको सीमावर्ती क्षेत्र कोइलाबास, पटौली, सिरिया, सुकौली, गुरुङ, भैसाहीसमेतका २० नाका र बाराको सीमावर्ती क्षेत्र झिटकैया, बड्की, फुवरिया, वसन्तपुरसमेतका क्षेत्रहरुमा भारतीय सीमा सुरक्षा बलले नेपालीको गाउँबस्तीमा आगो लगाउने, कुटपिट गर्ने, नेपाली चेलीहरुलाई बलात्कार गर्ने, सीमास्तम्भ सार्ने गरेको घटना भारतीय बिस्तारबादको अर्को घ्रिणित कार्यको नमुना हो जसको जती बिरोध गरे पनि कमै हुन्छ । भारतीय सिमाबलद्वारा गरिएको यस घ्रिणित कार्यको घोर भर्त्सना गर्दै मिचिएको नेपाली भूमी र लुटिएको सम्पत्ति संबन्धित पक्षलाई  तुरुन्त फिर्ता गर्न जोडदार माग गर्दछौं । 

 यसरी भारतको बिस्तारबादी कृयाकलापमा उर्जा दिने काम अरु कसैले नभै हाम्रै देशका आफुलाई लोकतन्त्रका मसिहा ठान्ने नेपाली कांग्रेस र एमाले जस्ता राजनैतीक दलहरुबाट भईरहेको छ । पशुपतिको पूजारी प्रकरण देखी प्रधानसेनापती प्रकरण सम्मका घटनाहरुले यी कुराहरुको पुष्टी गरिसकेको छ । आफ्ना देशका हजारौं जनताहरुको उठिबास लगाउंदै बिचल्ली परेको देख्दा देख्दै नेपाल सरकारको तर्फबाट त्यस घटनाको अध्ययन गर्नको लागि एउटा कार्यदल सम्म पनि अहिले सम्म बन्न नसक्नु यो भन्दा दुर्भाग्य हामी नेपालीहरुको लागि अरु के हुन सक्छ र हामीले यो सरकारको तर्फबाट जनताको लागि केही हुन्छ भन्ने कसरी आशा गर्न सक्छौं । र यस्तो संबेदनशिल घडीमा पनि कुर्सिकै खिचातानिमा समय खेर फालेर बस्नु अती नै दु:खदायी कुरो हो । जननीर्बाचित सरकारलाई अपदस्त गरी जनताबाट पराजित ब्यक्तीहरुको भारतीय कठपुतली सरकार बनेपछी सीमा क्षेत्रबाट देशभक्त नेपाली जनता लखेटिन थालेका छन । यो संयोग मात्र नभै नेपाललाई सिक्किमिकरण गर्ने एउटा ग्र्यान्ड डिजाइन हो भन्ने हामीलाई लागेको छ । त्यसैले, वर्तमान सरकारको बनोट र चरित्रले नेपाली माटोको रक्षा र नेपाली जनताको सुरक्षा संभव नभएकोले भारतीय पक्षबाट भएको नाङ्गो अतिक्रमण र हस्तक्षेपको विरोध, सीमावर्ती क्षेत्रका जनताको सुरक्षा र नेपाली माटोको रक्षाका लागि सम्पूर्ण स्वाभिमानी, देशभक्त नेपाली जनता एक भई जनस्तर बाट नै भारतीय बिस्तारबाद बिरोधी अभियानलाई अगाडि बढाउन जनप्रगतिशिल मोर्चा जापान हार्दिक अपिल गर्दछ ।

मोहन खत्री
अध्यक्ष
नेपाली जनप्रगतिशील मोर्चा जापान    
६ जुन, २००९

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: