RSS

तीन वर्षदेखिको वजेट विश्लेषण एकैपटक

10 Jun

विनोद ढकाल, गोरखा / 

सामुदायिक वन उपभोक्ता महासंघ गोरखाको आयोजना र सगुन कार्यक्रमको सहयोगमा बोर्लाङ्ग गाउं विकास समितिको तीन वर्षको वजेट विश्लेषण कार्यक्रम आज सकिएको छ । कार्यक्रममा गाविसको आर्थिक वर्ष ०६३/०६४, ०६४/०६५, ०६५/०६६ को विनियोजित वजेट शीर्षकमा गाविसवासी संग छलफल भएको  थियो ।

एकिकृत नेकपा माओवादीका तर्फबाट संयन्त्र सदस्य नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी वर्षदेखि गाविसमा प्राप्त अनुदान रकम महिला, दलित र पछाडि पारिएका वर्गका लागि छुट्टयाइनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका वासु थापा, नेकपा एमालेका साधुराम थापा, सामुदायिक वन उपभोक्ता महासंघका सचिव दीपक भट्टराई, सगुन केयर नेपालका गोरखा संयोजक रामकुमार श्रेष्ठ, महासंघका सहजकर्ताहरु रिता देवकोटा, सम्झना देवकोटा, विष्णु थापा लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा गाविसका कार्यालय सहायक रामहरि ढकालले गाविसको ३ वर्षको वजेट विवरण प्रस्तुत गर्नुभएको थियो । १०० जना भन्दा वढी गाविसवासीहरु सहभागी उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले  आगामी वषदेखि महिला, दलित, जनजाति पछाडि पारिएका वर्गका लागि वजेट विनियोजन गरिने  प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । 

अन्य समाचारहरू 

एकिकृत  नेकपा माओवादी गोरखाको सचिवालयको आज वसेको वैठकले नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनताको निम्ति ब्यापक जनपरिचालन सहित केन्द्रित र विकेन्द्रित खालको संघर्ष कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी प्रकाशको अध्यक्षतामा वसेको बैठकले अन्य राजनीतिक दलसंग यसअघि भएका सहमति खारेज गर्दै नयां सहमति गर्ने  र पार्टिको १ महिने योजना तयार पारेको वैठकपछि आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हिजो आयोजित वन्दको क्रममा सहयोग गर्ने सम्पुर्ण गोरखालीलाई धन्यवाद समेत दिएको छ । वैठकमा तमुवान राज्य समिति सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण धिताल – विजयको पनि उपस्थिति रहेको थियो ।

 गोरखाको मसेलमा रहेको विन्द्रावती माध्यामिक विद्यालयमा जुनियर रेडक्रस सर्कलको गठन भएको छ । विद्यालयका प्रधानाध्यापक हिरामान श्रेष्ठ प्रमुख संरक्षक रहनुभएको सर्कलको शिक्षक नायकमा विश्व पाण्डे र उपनायकमा सीता देवकोटा रहनुभएको छ । सर्कलको अध्यक्षमा शितल गुभाजु, उपाध्यक्ष एक बहादुर वयलकोटी, सचिव सरला वस्ती, सहसचिव नवीन बगाले, कोषाध्यक्ष कृष्ण कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा विपिन वाग्ले रहनुभएको छ ।

सदस्यहरुमा मिलन पाण्डे, तारा वराम, लक्ष्मी अधिकारी, दीक्षा पुडाशैनी रहनुभएको छ । सर्कलको सल्लाहकार समितिको संयोजकमा पुजन सुवेदी र सदस्यहरुमा विनिता भट्ट, श्यामहरि तिमिल्सिना, र कपिल पाण्डे रहनुभएको छ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: