RSS

कतारमा रमाइलो सांस्कृतिक सांझ – २००९ सम्पन्न

10 जुन

IMG_2425गणेश बानियां, दोहा /

गणतन्त्र दिबसको उपलक्ष्यमा नेपाली दुताबास कतारको आश्रयस्थलमा रहेका पिडित नेपालीहरुको सहयोगार्थ गोरखा प्रबासी संघ तथा मनकामना सांस्कृतिक परिबार कतारको संयुक्त दोस्रो प्रस्तुती रमाइलो सांस्कृतिक सांझ २००९ एक भव्य सांस्कृतिक कार्यक्रमका बिच यही जुन ५ तारिखका दिन भारतीय सांस्कृतिक केन्द्रमा सम्पन्न भएको छ ।IMG_2422

उद्घाटन कार्यक्रम र सांस्कृतिक कार्यक्रम गरी दुइ चरणमा बिभाजीत गरिएको उक्त कार्यक्रमको प्रथम चरणको उद्घाटन कार्यक्रमको सञ्चालन गोरखा प्रबासी संघका सचिब तथा कार्यक्रम आयोजक कमिटिका सदस्य गणेश बानियांले गर्नु भएको थियो ।  कार्यक्रमका व्यबस्थापक तथा गोरखा प्रबासी संघका अध्यक्ष श्रीकृष्ण भट्टराईको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली दुताबासका प्रथम सचिब रामकाजी खड्का रहेका थिए भने बिशेष अतिथी गोरखा प्रबासी संघ तथा मनकामना सांस्कृतिक परिवारका संरक्षक साथै व्यबसायी बद्री प्रसाद पाण्डे रहनु भएको थियो । कतार स्थीत बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु  अतिथि रहेको उक्त कार्यक्रममा उपस्थीतहरुलाई गोरखा प्रबासी संघका संस्थापक अध्यक्ष बिर बहादुर थापाले स्वागत गर्नु भएको थियो । कार्यक्रममा नेपाली क्रान्तिमा बिभिन्न समयमा शहादत प्राप्त गर्नु भएका ज्ञात अज्ञात शहीदहरुको सम्मानमा एक मिनेट मौनधाराणा समेत गरिएको थियो । गोरखा प्रबासी संघको बाषिर्क मुखपत्र गोरखा दीपको दोस्रो अंकको बिमोचन प्रमुख अतिथी रामकाजी खड्काले गर्नु भएको थियो । उक्त मुखपत्रको समिक्षा गर्दै समिक्षक कमलमणि गुरागाईले मुखपत्रको प्रसंशा गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा कलाकारहरुले नेपाली राष्ट्रिय गान सयौं थुंगा  फुलका हामी …………. लाइ उपस्थीत सम्पूर्ण अतिथी तथा दर्शकहरुका साथ गाएका थिए  ।IMG_2468

 नेपालीको छातीमा हिमाली छायां छ ………… भन्ने स्वदेश गानबाट शुरु गरिएको दोस्रो चरणको सांगितिक कार्यक्रमको सञ्चालन रमेश प्रियासन तथा सानु याख्खाले गर्नु भएको थियो । कार्यक्रममा सिर्जना तामाङ्ग, सुबास लामा, अर्जुन तामाङ्ग, सुदिप तामाङ्ग, कुन्दन क्षेत्री, बिमला आले, सबिना बानियां  तथा  बाल नृत्यङ्गना अस्मिता नेपालको नृत्य कौशलताले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गराएको थियो । ए बाउ किन्देउ न भटभटे …………. बोलको कमेडी नृत्यमा रोसन गजमेरले दर्शकहरुलाई पेट मिचि मिचि हसाएका थिए । दिपक लामा र साथीहरु, बसन्त चौधरी र साथीहरु साथै जितु चौधरी र साथीहरुको सामुहिक एक्सन नृत्यले दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।IMG_2429 प्रेम अर्याल, डम्मरदेब ओझा , भिमसेन खतिवडा, ज्ञानेन्द्र अंगाई, आश ब. गुरुङ्ग, कपिल भट्टराई, साबित्री गिरी, सानु याख्खा आदी चर्चित स्थानीय गायक, गायिकाहरुले लोक दोहोरी तथा आधुनिक गित तर्फ दर्शकहरुलाई सांगितिक कोशेली मार्फत मनोरञ्जन दिलाएका थिए ।

स्मरण रहोस्, कतारमा स्थानीय कलाकारहरुको प्रतिभालाई प्रस्फुटन गर्ने हेतुले गोरखा प्रबासी संघ कतारको संरक्षकत्वमा स्थापित मनकामना सांस्कृतिक परिवारले बिभिन्न समयमा स्टेज कार्यक्रमहरु समेत गरिसकेको छ । उक्त कार्यक्रमबाट आम्दानी भएको रकमलाई नेपाली दुताबासको आश्रयस्थलमा रहेका नेपालीहरुको लागि सहयोग गर्ने सो कार्यक्रमका व्यबस्थापक श्रीकृष्ण भट्टराईले जानकारी दिनु भयो ।

Advertisements
 
१ टिप्पणी

Posted by on जुन 10, 2009 in NEWS

 

One response to “कतारमा रमाइलो सांस्कृतिक सांझ – २००९ सम्पन्न

  1. gnaqtr

    जुन 10, 2009 at 5:16 बेलुका

    Nachne ra gaune ta khubai rahechha ni hau Qatar ma ?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: