RSS

प्रभाकरणलाइ हत्या अघि यातना दिईएको खुलासा

11 Jun

prabhakaranसन् १९८३ देखी श्रीलंकामा पृथकतावादी आन्दोलनलाइ निरन्तरता दिंदै आएका तामील टाईगर्सका नेता भेलुपिल्लाइ प्रभाकरणको हत्या अघि यातना दिईएको खुलासा भएको छ ।

उद्दारकार्यमा संलग्न विश्वविद्यालयका शिक्षकहरुको संगठन UTHR ले हालै प्रस्तुत गरेको ४८ पृष्ठ लामो प्रतिवेदनले टाइगर्सका पूर्व कमाण्डर तथा अहिलेको सरकारमा मन्त्रि समेत रहेका विनायकमूर्ति मुरलीधरण उर्फ कर्नेल करुणाकै रोहवरमा सो यातना दिइएको वताएको छ । श्रीलंकाली सेनाको ५३औं  डिभीजन मुख्यालयमा यो कार्य  भएको हुनसक्ने कुरा उक्त प्रतिवेदनले औंल्याएको छ । यसै डिभीजनले टाइगर्स विरुद्धको युद्ध लडेको थियो ।

सैन्य श्रोतको हवाला दिदै युटिएचआर प्रतिवेदनले प्रभाकरणलाइ यातना दिने क्रममा पक्राउ परिसकेका उनका १२ वर्षे छोरा वालाचन्द्रनलाइ समेत उनकै अगाडि गोलि हानी मारियो भनी उल्लेख गरेको छ । उक्त श्रोतका अनुसार “नो फायर जोन”मा रहेका  टाइगर कार्यकर्ताहरुलाइ पनि छानी छानी मारिएको थियो । 

प्रभाकरणका पुराना साथी तथा लिट्टेका संस्थापक कमाण्डर वावि सुव्रमनिम सहितका अन्य आत्मसमर्पण गरिसकेका लडाकुहरु अहिले सैन्य हिरासतमा रहेको प्रतिवेदनमा उल्लेख छ । यसका अलावा पूर्वी प्रान्तका नेता कारिकलन, प्रवक्ता योगरत्नम योगी, अन्तर्राष्ट्रिय विभागका लरेन्स तिलकन, राजनैतिक सल्लाहकार भि. वालाकुमार तथा जाफ्ना प्रायद्धिपका इलमपरिथी, ट्रिंकुमालीका एलियान लगायतका नेता तथा कमाण्डरहरु सरकारि हिरासतमा रहेपनि युटिएचआरले प्रभाकरणकी पत्नि मथिवथनीका वारेमा भने सरकार वेखवर रहेको जनाएको छ । एक सैन्य अधिकारीलाइ उधृत गर्दै प्रतिवेदनमा भनिएको छ “हामीलाइ प्रभाकरणको लाश चाहिएको थियो, जसको चाहना संसारैभरि थियो त्यो हामीलाइ मिलेको छ, उसकी श्रीमतीको हामीलाइ कुनै महत्व छैन । ”   Prabhakaran (2)

१९५४ नोभेम्बर २७ मा उत्तरी श्रीलंकाको भाल्भेटिटुरीमा एउटा मध्यम परिवारमा जन्मिएका ५५ वर्षे प्रभाकरण १८ मे २००९ मा मारिएसंगै  झण्डै ९० हजार जनाको ज्यान लिइसकेको २६ वर्षदेखि जारि तमिल जातीय पृथकतावादी युद्धको पनि अन्त्य भएको घोषणा त्यहां स्थित सरकारले गरिसकेको छ । प्रभाकरणलाइ श्रीलंकाको उत्तरपूर्वी मुलाइतिभु इलाकामा १८ जना अंगरक्षक सहित मारिएको सरकारी दावी रहेको छ,  जहां  टाइगर्सले अन्तिम अवस्थामा आफ्ना लडाकुहरु केन्द्रित गरेको थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: