RSS

यो ज्यादती नभएर के हो त ?

11 Jun

 borderकेही समयअघि बारामा भएको जमिनको अतिक्रमण र २६९ वटा सीमा स्तम्भ गायब गरिएको विषयमा अध्ययन गर्न नेपाली काङ्ग्रेसका सांसदको नेतृत्वमा गएको एक टोलिले त्यहाँ सीमा अतिक्रमण भएको भनी प्रतिवेदन दिएको थियो । अहिले पनि भारतले अतिक्रमण गरेको भूमीको स्थलगत अवलोकन गर्न भारतले नै दिएको गाडी चढेर गएका सभासदहरुले कस्तो प्रतिवेदन ल्याउने हुन् त्यो त हेर्न वांकी नै छ, तर दाङको राजपुर इलाकामा अहिले मात्र होइन भारतवाट पहिलेदेखि नै श्रृंखलावद्ध ज्यादतीहरू हुंदै आएका थिय, ति घटनाहरूलाइ  यहां वुंदागत रूपमा राखिएको छः 

भारतीय ज्यादतीहरु

􀁺 राजपुर-७ खाङ्ग्रा नाकाकी भीमकुमारी भण्डारीलाई ०५९ फागुन १२ गते राती घरमै सुतिरहेको बेला भारतीय लुटेराहरूको एक समूहले बलात्कार  पछि हत्या गरे ।

􀁺 बेला-३ पटौलीनाकाका टीकाराम पुनलाई २०५८ सालमा भारतीय गुण्डाहरूले घरबाटै अपहरण गरी नजिकैको जङ्गलमा लगी झुण्डयाएर मारे साथै, घरमा भएका सबै सामान र बाख्राहरू लुटे ।

􀁺 राजपुर -९ भैसाहीकी गायत्री विकलाई भारतीय लुटेराहरूले अपहरण गरी ५ महिनासम्म चरम यौनशोषण गरेर छाडिदिए । गाउंमा आएको केही दिनमै उनले आत्महत्या गरिन् ।

􀁺 १५ वर्ष पहिले जेठो छोरा र ५ वर्ष पहिले कान्छो छोरा बेपत्ता भएको पीडाले विछिप्त कल्याणपुरका ६५ वर्षिय फर्के घर्तीले दश वर्ष पहिले आंखै अगाडि भारतीय लुटेराहरूले कान्छी छोरीको इज्जत लुटेको टुलुटुलु हेर्नुपर्‍यो ।

􀁺 २०६३ साल असोजमा राजपुर-९ भौवा नाकाका रणबहादुर रोकाले कुटाई त खाए, खाए आंखैअगाडि ५० वर्षिया वृद्ध आमालाई आठजना भारतीय गुण्डाहरूले सामूहिक बलात्कार गरेको चुपचाप सहेर बस्नुपर्‍यो ।

􀁺 औषधी गर्न भारत जांदै गरेकी बेला-३ पटौलीकी गीता घर्तीले २०६४ सालमा भारतीय गुण्डाहरूद्वारा बलात्कृत हुनुका साथै नगद १६ हजार रुपियां पनि गुमाउनु पर्‍यो ।

􀁺 २०६५ भदौमा भारतीय लुटेराहरूद्वारा तीजको बेला भैसाही नाकाका मोहन खड्काको घर लुटिएको छ । त्यसैगरी राजपुर-९ गम्भीरा नाकामा वीरबहादुर विकको घरमा अपरिचित भारतीय मुलका चार / पांचजनाको समूहले आगो लगाएका थिए । आगोले घरको सबै सामान जलेर नष्ट भएको थियो ।

􀁺 २०६३ सालमा बेला-३ बरुवा नाकाका मोतीलाल विकको घरैबाट १० वटा  खसी लुटे । त्यस्तै, २०६६ वैशाख २ गते राजपुर-७ गौरिया नाकाका गोरबहादुर पुनको घरैबाट भारतीय लुटेराहरूले दुईवटा खसीहरू लुटेर खाइदिए ।

􀁺 २०६५ जेठमा राजपुर-९ भौवाकी दुर्पता नेपालीलाई बजार जांदैगर्दा जङ्गलमा लुकेर बसेका भारतीय गुण्डाहरूले अभद्र व्यवहार गरी एउटा बुलाकीसहित ५ सय नगद लुटे ।२०६१ सालमा राजपुर-९ सुकैयाकी मोती मल्लको घरैबाट २ तोला सुनका गहना लुटे ।

􀁺 राजपुर-९ खिर्की नाकाका कृष्णा बोहरा, राजपुर-९ भौवा नाकाकी कालिका गुरुङ, सीता गुरुङ, राजपुर-९ भैसाही नाकाकी देवी खड्का, राजपुर-९ गम्भीरा नाकाकी बुङ्ची बुढा, राजपुर-७ गौरिया नाकाकी बिना बुढा, सीता बुढा, राजपुर-७ अडबरुवा नाकाकी आइती गिरी, छवि खड्का, भुन्टी गिरी, राजपुर-७ खाङ्ग्रा नाकाकी सीता ठकुरी, बेला-३ वरुवा नाकाकी गोरी सुनार, सुशीला विक, भानु विक, लटी विक, स्यानी विकलगायतका चेलीबेटीहरूलाई भारतीय गुण्डाहरूले अपहरण गरेर अहिलेसम्म बेपत्ता बनाएका छन् । उनीहरूको कुनै अत्तोपत्तो नै छैन ।

􀁺 राजपुर-९ भौवा नाकामा केही महिनाअघि भारतीय लुटेराहरूको समूहले गोठालो गएका तीनजना चुचुवा चौधरी, हरिलाल चौधरी र विष्णु सार्कीलाई रुखमा बांधी ३०/३५ वटा बाख्राहरू लुटेर लगे ।

􀁺 राजपुर गाविसकै खिड्की नाकाकी एक युवती नाकाबासीहरू विस्थापित भएकै भोलिपल्ट यही जेठ १४ गतेदेखि हराइन् । अहिलेसम्म उनको अत्तोपत्तो नै छैन ।

 सीमा सुरक्षा बलद्वारा भएका ज्यादती 

􀁺 पछिल्लो समयमा सीमावर्ती सबै नाकाहरूमा डेढ मिटर गहिरो खाडलहरू खनिएको छ । जसमा १५ मिटरजति नेपाली भू-भाग मिचिएको सर्वसाधारण बताउंछन् ।

􀁺 २०६५ चैतमा राजपुर-९ सुनपथरी नाकामा विद्यालय भवन निर्माणका लागि १५ हजार भारतीय रुपियां बराबरको ३२ बोरा सिमेन्ट र ४ क्विन्टल सरिया ल्याउंदै गर्दा भारतीय सुरक्षा बल -एसएसबीले कब्जा गर्‍यो ।

􀁺 राजपुर-९ भौवाका मेघबहादुर श्रेष्ठले सार्वजनिक पाइप खरिद गर्न जांदा भारतकै जङ्गलमा लुटेराहरूले १५ हजार नगद लुटे ।

􀁺 गतवर्ष  दशैंमा बले  गाविस पटोलि नाकाका परशुराम पुनको एउटा साइकल, खाद्य सामग्रि र नगद ८ हजार रुपियां लुटियो । ‘अर्काको देशबाट सामान ल्याएर बांचेका मगन्तेहरू अब तिमीहरूलाई केही पनि लिन दिइन्न’ भन्दै एसएसबीले कुटपिट गरेको थियो ।

􀁺 २०६४ कात्तिक २ गते सिर्सिया बजारमा मलखाद ल्याउंदै गर्दा सुनपथरी नाकाका भीमबहादुर केसीलाई एसएसबीले सिर्सिया क्याम्पमा दिनभरि थुनेर कुटपिट गर्‍यो । कुटाइबाट भीमबहादुर बहिरो बने ।

􀁺 २०६६ वैशाखमा राजपुर-९ गन्धैला नाकाका प्रेमबहादुर खड्कालाई बजार गइरहेको बेला गस्तीमा आएका सीमा सुरक्षा बलले बिनाकसुर कुटपिट गरी बेहोश अवस्थामा गन्धैला खोलामा फालिदियो ।

                                                 यस वारेमा भारतीय दुतावास यसो भन्छः

Embassy of India
Kathmandu
Tel: 4413174
Fax: 4420129
pic@eoiktm.org

Press Release

The Embassy has seen recent reports in some sections of the Nepalese media regarding alleged incursions and encroachment of Nepali territory and attacks on Nepalese nationals by India’s Seema Suraksha Bal (SSB).

The Embassy has cross-checked the factual situation with relevant Indian authorities. It has been clarified that there has been no violation of international border or any attacks upon Nepalese nationals by Indian border guard forces. It has also been confirmed that no border pillar has been shifted or tampered with.

The Embassy would also like to point out that no formal communication has been received by it from the Government of Nepal regarding these alleged incidents. In response to queries from District authorities on the Indian side, their Nepalese counterparts have conveyed that no reports have been registered with them in this regard either.

The Embassy categorically rejects, the allegations carried in some sections of the Nepalese media on the above mentioned incidents as baseless and motivated by vested interests in an attempt to vitiate the friendly and cordial relationship between India and Nepal.

The Embassy reiterates that the Government and people of India remain fully committed to strengthen and enhance the traditionally strong bilateral relationship with Nepal, including and especially between the people of both our countries.

No: Kat/32/2009
Date: 5th June 2009

यतिवेला नेपालको नालायक सरकार भने भारतीय विज्ञप्ति हेरेर आनन्दसंग मुलुकमा अतिक्रमण भएकै छैन भन्दै वसेको छ । राष्ट्रमाथि यत्रो हस्तक्षेप भइरहंदा बोलाइएको सर्वदलीय बैठकमा आफुलाइ लोकतन्त्रको हिमायती ठान्ने नेपाली काङ्ग्रेस तथा मधेसवादी दलहरूले उपस्थित हुन आवश्यक देखेनन् । उनिहरूको यस उदासीनता र लाचारीपनले हरेक स्वाभिमानी जनतालाई लाजले शीर निहुराउन वाध्य पारेको छ । आफूलाई मधेसवादी भन्नेहरू र मधेसको हितको लागि सङ्घर्ष गर्नेहरूले तराई–मधेसमा भएको सीमा अतिक्रमण र त्यहाँका जनतामाथि गरिएको यसप्रकारको उत्पीडन र खेदाइलाई बेवास्ता गर्नुले उनीहरूको मधेश एक प्रदेशको नारा र  विदेशीहरूको हस्तक्षेपलाई आशीर्वाद ठान्ने प्रवृत्तिप्रति स्वाभाविक रूपमा प्रश्नहरू उठेका छन् ।

यसैगरि, वास्तविकतालाइ पन्छाएर भारतीय दुतावासको यो वक्तव्यलाइ आधार मान्ने हो भने नेपालका सम्पुर्ण मिडियाहरू ( भारतीय लगानीमा सञ्चालीत समेत ) ले आधारहीन र कपोलकल्पित समाचार सम्प्रेषण गरि नेपाल र भारतविचको सुमधुर (?) मित्रतामा खलल पुर्याउने कार्य गरिरहेका छन् ।  के भारतमाथी चिन पाकिस्तान या नेपाली पक्षवाटै पनि यस्तो अत्याचार भएको भए भारतले चुपचाप सहेर वस्थ्यो होला  त ? जो होचो उसकै मुखमा घोचो भन्ने न्याय सिद्धान्त अनुसार नेपालमाथी भइरहेको यो अतिक्रमणलाइ कतिञ्जेल सहेर वसिरहने हामीले ? यसरि खुल्लेआम नेपाली राष्ट्रियता वलात्कृत भइरहदा पनि घटनाहरूलाइ ढाकछोप गर्न स्वतन्त्र मिडियाहरूमाथि समेत जथाभावी आक्षेप लगाउने सुदको पछिल्लो कदमलाइ भारतीय ज्यादतीको चरम रूप नभनेर के भन्ने त ?  

सत्य तितो हुन्छ तर वाङ्गो हुदैन,  सुद महोदय ! कतै भारतीय सर्वोच्चता स्विकार नगर्ने सरकारलाइ हुत्याएर हरूवा चरूवाहरूको कठपुतली सरकार वनाए जस्तो भारतीय अतिवाद नसहने जनतालाइ पनि हुत्याएर विहारी राष्ट्रवादीहरू ल्याउने कार्ययोजना त होइन यो ? यदि त्यसो हो भने पनि अलि संभव नहोला की ? तपाइंकै वोलीमा लोली मिसाउदै आफ्नो छदा खांदाको वास छाडेर नेपालीहरू रहरले सुकुम्वासी भए भन्दै हिड्ने हाम्री सुदा’ता जोष्ट मैंसाप जस्ता जनताहरू छैनन् भन्नेपनि पक्कै वुझ्नुभएको होला ।

यस प्रकरणले मुलुक जोगाउन युवाहरूलाइ अनिवार्य सैनिक तालिमको प्रस्ताव गर्दा यसको विरोध गर्नेहरूको वास्तविक नियतपनि उदाङ्गो भइसकेको छ । आफ्ना जनताहरू कुटिंदा, लखेटिंदा र राष्ट्रिय सीमा उखेलेर फालिँदा समेत विदेशी मालिक रिसाउला वा सत्ता गुम्ला भनेर चुपचाप रहनेहरूले राष्ट्र, राष्ट्रियता र जनताको सुरक्षा कसरि गर्लान्  खै ?

 
3 टिप्पणीहरु

Posted by on जुन 11, 2009 in BLOG, NEWS

 

3 responses to “यो ज्यादती नभएर के हो त ?

  1. जिवनप्रेम

    जुन 11, 2009 at 10:05 बिहान

    तथ्यांकअनुसार सबैभन्दा बढी सीमास्तम्भ गायब भएका जिल्लामा पर्सा र बारा छन् । यी दुई जिल्लामा क्रमशः १ सय ९० र १ सय ८३ सीमास्तम्भ गायब छन् । पर्सामै ८९ सीमास्तम्भ अत्यन्त जीर्ण अर्थात् ससाना ठुटामा मात्र सीमित छन् ।
    सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागकका अनुसार तराईका १८ जिल्लाको सीमास्तम्भ यसप्रकार छन्ः
    जम्मा ३५२९
    दुरुस्त २३५८
    मर्मत गर्नुपर्ने ४५३
    अत्यधिक जीर्ण २४४
    खोलाले बगाएका ६७
    हराएका ४०७
    यस्तो अवस्थामा हाम्रो नालायक सरकार के रमीता हेरेर वसेको होला ।

     
  2. काली

    जुन 11, 2009 at 10:10 बिहान

    नेपालमा यतिखेर या त सहमतीय राजनीति या सर्वनाशः दुईमध्ये एक विकल्प रोज्नुपर्ने स्थिति आएको छ । देश र जनतालाई माया गर्ने सबै दलका कार्यकर्ता, जागरुक नागरिक र जनमुखी मिडिया एकढिक्का भएर फेरि पनि प्रमुख तीन दलः माओवादी, कांग्रेस र एमालेलाई आ-आफ्नो भागको गल्ती महसुस गर्न-गराउन सके, सहमतीय राजनीतिको परिस्थिति फेरि पैदा गर्न सके वैदेशीक हस्तक्षेपबाट अझै देशलाई बचाउन सम्भव छ । त्यो सम्भव हुन सकेन भने नेपाली राजनीति मात्र होइन, सिंगो देशलाइ दुर्घटनाग्रस्त हुनबाट बचाउने कुनै उपाय रहने छैन ।

     
  3. Venilla

    नोभेम्बर 11, 2009 at 5:55 बिहान

    यसले कठपुतली माकुने सरकारलाइ के फरक पार्छ त ? जनता सवै भाडमा जाउन् !!!

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: