RSS

राजमार्गमै फुटवल प्रतियोगिता

12 Jun

चितवन / 

राष्ट्रपति डा. रामवरण यादवको कदमका बिरुद्ध आन्दोलनमा उत्रीएको एकिकृत नेकपा माओवादी चितवनले आज आफ्ना कार्यकर्ताहरुले राजमार्गमै फुटवल खेलाएको छ ।

प्रधानसेनापतिलाई काममै रहन राष्ट्रपतिले दिएको निर्देशनको बिरुद्ध चरणबद्ध आन्दोलनमा उत्रीएको माओवादीले आफ्ना कार्यकर्ताहरुलाई नारायणगढको सडकमा फुटवल खेलाएको हो । प्रतिगमन र अग्रगमन बीचको खेलमा अग्रगमन १ का बिरुद्ध चार गोलले विजयी भएको छ । माओवादीको भातृ संगठन गणतान्त्रिक खेलकुद महासंघको आह्वानमा नारायणगढको पुल्चोक देखि सहिदचोक सम्मको सडकमै विहान १० वजे देखि १२ बजे सम्म फुटवल खेलाईएको थियो । खेलमा पार्टी र जनबर्गीय संगठनका कार्यकर्ताहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो ।

यसैबीच माओवादीको भातृ संगठन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले नारायणगढमा आज २ घण्टा चक्काजाम गरेको छ । नारायणगढको पूल्चोकमा उपस्थित मोर्चाका कार्यकर्ताहरुले राष्ट्रपति बिरुद्ध चर्का नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।

यसैविच बजार क्षेत्रमा अराजक गतिविधि रोक्न भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढको संगमचोकमा प्रहरी विट स्थापना गरेको छ । बिषेश गरिकन बैंकिङ् क्षेत्र वरपर हुने गरेका अपराधिक घटना नियन्त्रण गर्नका लागि भन्दै प्रहरी विट स्थापना गरेको प्रहरी उपरिक्षक ज्ञान बिक्रम शाहले जानकारी दिनुभयो । नारायणगढ क्षेत्रमा हाल तीन दर्जन भन्दा बढि बैंकहरु रहेका छन् । प्रहरी विट स्थापना भएपछि बजार क्षेत्रमा हुने गरेका अराजक गतिविधिमा कमि आउने विश्वास चितवन प्रहरीले लिएको छ । सो विटको शुक्रवार विहान एक कार्यक्रमका बीच उद्टन गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हवल्दारको कमाण्डमा चार जना जवान सहित पाूच जना सो विटमा खटिने प्रहरीले बताएको छ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: