RSS

सिचाँई आयोजनाको काम चौबिस बर्षसम्म अधुरो

12 जुन

यमन पौड्याल, पर्वत, २८ जेष्ठ   

स्थानीय खेतीयोग्य जमिनमा सिचाई सुविधा उपलब्ध गराउने उद्धेश्यले २०४२ साल बाट निर्माण कार्य सुरु भएको पर्वतको माझफाँट सिचाँई आयोजनाको काम अहिले सम्म अधुरै रहेको छ । पर्वत जिल्लाको माझफाटँ र बासखर्क गाविसमा निमार्ण कार्य थालिएको मल्लाज सिंचाई योजना चौबिस बर्षसम्म पनि सम्पन्न हुन नसकेको हो ।

सरकारले वर्षेनि प्रयाप्त मात्रामा बजेट अपुग हुनेगरी छुट्याउंदै आएकोले सो सिचाई आयोजना पुरा हुन नसकेको बताईको छ । करिव साढे १३ किमी टाढावाट नहर वनाउनुपर्ने सिाचाई योजनाको झण्डै नौ किलोमिटर काम पुरा भएको र अझै ४ किलोमिटर पुरा हुन बाँकी रहेको बताईएको छ । १ करोड ४० लाख रुपयां आयोजना सम्पन्न गर्नको लागि माग भए पनि ४० लाख रुपयाँ मात्र बिनियोजित भएपछि काम अपुरै रहेको हो ।यस योजनामा पर्वत र म्याग्दी जिल्लाको  सिमानामा पर्ने पुङ्गदी खोलाबाट प्रतिसेकेण्ड १२ सय लिटर क्षमतामा पानी ल्याईने लक्ष्य रहेको बताईएको छ । पर्वतमा रहेको पश्चिमाञ्चल सिचाई सब डिभिजन नं २ का अनुसार सिंचाई आयोजनाले माझफाँट र बासखर्कको ४ सय २० हेक्टर जमिन सिाचाई गर्ने लक्ष्य रहेको जनाइएको छ ।

कुल ७ करोड ६८ लाख रुपयाँ लागत लाग्ने योजनाको लागि ६ करोड खर्च भैसकेको जनाइएको छ । करिव ३० लाख रुपयाँ बराबरको श्रमदान गर्नु पर्नेमा सो योजनाको लागि स्थानियबासीन्दाले ७० प्रतिशत श्रमदान गरिसकेकोले गाह्रो काम पुरा भएको र सजिलो काम बांकी रहेको डिभिजन कार्यालय पर्वतले जनाएको छ ।

गाह्रो काम पहरोबाट पानी ल्याउने कार्य पुरा भैसकेको डिभिजन कार्यालय पर्वतले जनाइको छ । कार्यालयका अनुसार ‘अव सजिलो काम मात्र बाँकी रहेको र रकमको अभाव भएकोले काम रोकीएको जनाएको छ । १ करोड ४० लाख माग भएकोमा ४० लाख मात्र स्वीकृत भएकोले पुरा हुन नसक्दा २४ बर्षसम्म सिंचाइको आशै आशमा रहेको स्थानीय उपभोक्ता बताउंछन् ।

वर्षौ देखि सिाचाई योजना सुरु गरिएको भए पनि पानिको अभावमा मल्लाजको माझफाटँ र बांसकखर्कमा धान खेतीको लागि आकाशे पानीको भरमा काम गर्नु परेको स्थानीयवासीहरुको भनाइ छ । सरकारले यतिका बर्ष देखि सञ्चालन थालेको योजनालाई प्राथमिकता नदिनाले  पुरा हुन नसक्दा खेती योग्य जमिनमा पनि सोचे जस्तो उब्जनी हात पार्न नसकेको गुनासो रहदै आएको छ । यदि सम्बन्धित निकायको समयमानै ध्यान पुगेमा चौबिस बर्ष देखि निर्माण थालिएको मल्लाज सिंचाई योजना पुरा भए कृषक लाभान्ति हुनुका साथै उब्जनी बढ्ने  उपभोक्ता बताउंछन् ।

Advertisements
 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: