RSS

मध्यमर्स्र्याङ्दी परियोजना बन्द गर्ने चेतावनी

12 Jun

विनोद ढकाल /

७० मेगावाट क्षमताको मध्यमर्स्र्याङ्दी जलविद्युत परियोजनाको मुख्य ठेकेदार कम्पनी डीडीसी जेभीले परियोजना बन्द गर्ने चेतावनी दिएको छ । काम सकेपनि भुक्तानी नपाएको भन्दै डीडीसीजेभीले परियोजना बन्द गर्ने चेतावनी दिएको हो । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको मध्यमर्स्र्याङ्दी जलविद्युत परियोजना संचालनमा आएपनि हस्तान्तरणका लागि निर्माण कार्यको अन्तिम भुक्तानी नपाएपछि ठेकेदार कम्पनी सो चेतावनी दिएको हो ।

परियोजनाको सवै काम सकिएपनि बक्यौता रकम नदिएकाले अन्तिम चेतावनी स्वरुप विल भुक्तानी गर्न प्राधिकरणलाई ताकेता समेत गरेको डीडीसीजेभीले जनाएको छ । परियोजनाको निर्माणकार्य सम्पन्न गर्न मुख्य ठेकेदार कम्पनी डीडीसीजेभीले कास्की लेखनाथस्थित सिभिल डेभलोपर्स प्रालिलाई जिम्मा दिएको थियो । प्राधिकरणले मुख्य ठेकेदार कम्पनीलाई रकम भुक्तानी नगरेपछि सिभिल डेभलोपर्सले पनि रकम नपाएको गुनासो गरेको छ ।

विद्युत प्राधिकरणले विल भुक्तानी नगर्दा डीडीसी जेभी र सिभिल डेभलोपर्स आन्दोलनमा उत्रेपछि मध्यर्मस्र्याङ्दी परियोजना बन्द हुने अवस्थामा पुगेको छ । ठेकेदार कम्पनीका अनुसार प्राधकरणले ७९ लाख युरो अर्थात १२ करोड नेपाली रुपैया बक्यौता तिर्न बांकी रहेको छ । आफूले पाउनुपर्ने बक्यौता रकम उठाउनका लागि एक सातादेखि प्राधिकरणमा धाउंदा पनि केही नलागेपछि परियोजना नै बन्द गर्ने चेतावनी दिएको डीडीसीजेभीले जनाएको छ ।  श्रोतका अनुसार ठेकेदार कम्पनीको ७६ औं पटकको बिल प्राधिकरणले भुक्तानी गरेपनि ७७ औा पटकदेखि विल भुक्तानी गरेको छैन । ठेकेदार कम्पनीको विल भुक्तानीका लागि प्राधिकरण बोर्ड बैठक राख्न जलश्रोतमन्त्री नभएकाले अप्ठ्यारो परेको प्राधिकरण श्रोतको भनाई छ ।

अनुमान गरिएको भन्दा तेब्बर लगानी र दोब्बर समय लागेर निर्माण गरिएको मध्यमर्स्र्याङ्दी जलविद्युत परियोजना निर्माणकार्य शुरु भएदेखि पटक-पटक बन्द र हड्ताल हुंदै आएको छ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: