RSS

दुतावासका कर्मचारी नै अवैध धन्दामा

12 Jun

कतार स्थित नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्काले सरकारि पदको दुरूपयोग गर्दै दुतावासवाटै अवैध धन्दा गरि आएको खुलासा भएको छ । हिजो ( विहिवार ) प्रकाशित जनदिशा दैनिकका अनुसार निज खड्काले पदीय मर्यादा विपरित दोहामा रहेका ठग र दलाल प्रवृत्तिका नेपाली व्यवशायीहरूसंग मिली अवैधानिक रूपमा नक्कली लाइसेन्स तथा ट्राभल डकुमेण्टको व्यापार गर्ने र मानव तस्करिको धन्दामा सहयोग गर्ने गरेका छन् । समाचारमा उनले पिडितहरूले न्यायको ढोकासम्म पुग्न सक्ने एकमात्र वैधानीक वाटो दुतावासवाटै न्यायको ढोका वन्द गराइ पिडित नेपालीहरूलाइ थप समस्यामा पार्ने गरेको समेत वताइएको छ ।
प्रस्तुत छ जनदिशाको लेख जस्ताको तस्तैः
 

 दूतावासमै अवैधानिक काम गर्छन् सचिव रामकाजी खड्का  

जनदिशा संवाददाता
कतार, २७ जेठ
रोजगारीका सिलसिलामा विदेशीएका नेपाली नागरिकहरूलाई दूतावासका कर्मचारीबाट नै ठगिएको पाइएको छ । कतारस्थित नेपाली दूतावासका प्रथम सचिव रामकाजी खड्काले त्यसरी ठगेका हुन । Nakkali Lisence

उनले कतारमा व्यवसायीका रूपमा रहेका डीके डङ्गोल (देवकाजी डङ्गोल)संग मिलेमतो गरेर त्यहां पुगेका नेपालीहरूलाई ठग्ने गरेका हुन् । इन्टरनेसनल ट्रेडिङ्ग एण्ड ट्रान्सपोर्टका पिताम्बर पराजुली र हिमालयन कन्ट्रसकक्सन कम्पनीका खम्मे कामीलाई ११/०५/२००९ को मितिमा अवैधानिक रूपमा ट्राभल डकुमेन्ट बनाइ दिएपछि दूतावासका प्रथम सचिव रामकाजी खड्काले ठग दलालहरूसंग मिलेर नेपाल तथा कतारको सरकार दुवैलाई ठग्ने गरेको तथ्य खुलेको हो ।

सचिव खड्काले अधिकारको दुरुपयोग गर्दै नक्कली लाइसेन्स समेत प्रमाणित गर्ने गरेका छन् । (हेर्नुहोस खड्काद्वारा प्रमाणित गरिएको नक्कली लाइसेन्सको प्रतिलिपी) ।
उनीद्वारा प्रमाणित गरिएको जितेन्द्र केसीको लाइसेन्समा जारी मिति इस्वी संवत् २००५-११-१२ लेखिएको छ र जारी गरिएको लाइसेन्समा नेपाल सरकार श्रम तथा यातायात मन्त्रालय उल्लेख गरिएको छ । जबकी त्यतिबेला नेपाल सरकार नभई श्री ५ को सरकार लेखिने गर्दथ्यो । नेपाल सरकार त २०६३ को पश्चात मात्रै लेखिएको हो । जारी मिति विक्रम संवत्अनुसार २०६२ साल कात्तिक २६ गते हुन आउंछ ।

दूतावासका सचिव खड्काकै प्रत्यक्ष सहयोगमा व्यवसायी डङ्गोलले आफ्ना कम्पनीका कामदारहरूको पासपोर्ट लापत्ता पारी घर न घाटको बनाएर राखेको पीडितहरूको दुखेसो छ । यसरी गैरकानुनी बनाएर राख्दा कामदारहरूको जीवन तथा स्वास्थ्य बीमा नहुनुका साथै न्यायका लागि श्रमअदालत जाने ढोका समेत बन्द हुन्छ । अर्को कुरा भिषा बापत कतार सरकारलाई वार्षिक रूपमा तिर्नुपर्ने करिब १३०० रियाल पनि तिर्नुपर्दैन ।
पीडित नेपालीका अनुसार डङ्गोलले कम्पनीमा गैरकानुनी बनाएर काम गराइरहेका शिरध्वज लिम्बुको मृत्यु भएपछि उनको शव नेपाल पठाउने कामसमेत गरेका छैनन् । त्यस्तै पासपोर्ट हराएको भनेर नेपाली दूतावासबाट नयां पासपोर्ट बनाएर लगेको झापाका पिताम्बर पराजुलीको फेरि पनि पासपोर्ट गायव बनाएर डङ्गोलले जेलमा हालेको आरोप कामदारहरूको छ । पराजुली अहिले जेलको चिसो छिंडीमा नेपाल फर्कन पाउने झिनो आशामा दिनहरू व्यतीत गर्न बाध्य छन् भने सोही कम्पनीमा कार्यरत खोटाङका योगबहादुर राई, धनुषाका रामचन्द्र कापर, ताप्लेजुङका देवमान लिम्बु, बाग्लुङका टीकाराम कंडेल, ओखलढुङ्गाका खम्मे कामीलगायत कैयों नेपालीहरूलाई पनि यस्तै अवस्थामा राखिएको छ । डङ्गोलले बारम्बार पराजुलीजस्तै जेल पठाइ दिने धम्की दिने गरेको बताउंछन् कामदारहरू ।

डङ्गोलका अपराधबारे पीडितहरूले दूतावासमा उजुरी गरेपछि नेपाली व्यवसायीहरूले नेपालीमाथि नै चरमरूपमा शोषण गर्ने गरेको रहस्योद्घाटन भएको थियो । पीडितहरूले डङ्गोललाई दूतावासकै सचिवको सहयोग रहेको उल्लेख गरेपछि वैधानिक व्यक्तिले नै अवैधानिक रूपमा काम गर्ने गरेको र अवाञ्छित तत्वहरूलाई संरक्षण दिएको थाहा हुन आएकोले प्रथम सचिव खड्कालाई २ जुन २००९ को मितिमा स्पष्टीकरण सोधिएको दूतावास स्रोतले जनाएको छ ।
यो तथ्य बाहिर आएपछि नियोग प्रमुखले रामकाजी खड्कालाई लिखित रूपमा स्पष्टीकरण सोधेको १२ घण्टा नबित्दै डङ्गोलले आफैं दूतावासमा आएर आफ्ना कम्पनीमा कार्यरत सम्पूर्ण कामदारहरूलाई पासपोर्ट बनाइ दिनुका साथै तलब तथा सम्पूर्ण पाउनुपर्ने सुविधाहरू उपलब्ध गराई सम्मानजनक रूपमा नेपाल फर्काउने लिखित कागज गरेका थिए । यसबाट पनि कतारमा रहेर धन्दा गर्ने तमाम ठग, दलाल तथा मानव तस्करहरूको नाइके सरकारी कर्मचारीको खोल ओढेर बसेका रामकाजी खड्का नै हो भन्ने पुष्टि भएको पीडितहरू बताउंछन् ।
त्यसैगरी त्रिकोण म्यानपावरबाट आएका १६० जनाभन्दा बढी कामदारहरूलाई दश महिनासम्म पनि तलब सुविधा नदिएपछि न्यायको ढोका ढकढक्याउन दूतावास आइपुगेका पीडितहरूलाई खड्काले न्याय दिलाउनुको सट्टा ‘मलाई पिटयो’ भन्ने कपोलकल्पित आरोप लगाई पुलिस बोलाएर उल्टै जेल पठाउनेसम्मको काम गरेको पीडितहरूले बताएका छन् ।

यसअघि दोहावाट प्रकाशन हुने कान्तिपुरको कतार संस्करणले पनि १४ जेठ २०६६ मा “विना भिषा नेपालीलाइ काममा लगाउदा समस्या” र २१ जेठ २०६६ मा “ट्राभल डकुमेन्ट छानविन शुरू” शिर्षकमा यसै सम्वन्धि समाचार छापेको थियो ।
विदेशमा रहेका नेपालीहरूका अभिभावक भनेर चिनिने दुतावासका कर्मचारी र समाजसेवाको खोल ओढेर वसेका नेपाली व्यवसायीहरु नै यसरि चरम शोषणमा लागेपछि प्रवासी भुमीमा दुःख पाएका श्रमीकहरूले कस्तो न्यायको आशा गर्ने त ? त्यसमाथी कतार जस्तो मुलुक जहां तिन लाखको हाराहारीमा नेपालीहरू सस्तो मुल्यमा श्रम वेच्न विवश छन्, हजारौंको संख्यामा कम्पनी विहीन भइ अवैधानीक रूपमा काम गर्न वाध्य छन् तर यस्तो अवस्थामा रहेरपनि उनिहरूले दिनरात केहि नभनी ५० / ५५ डिग्रीको चर्को घाममा आफ्नो रगत र पसिनासंग साटेर राष्ट्रिय अर्थतन्त्र धान्ने रेमिटान्स पठाइरहेका छन्, यसैवाट देश चलिरहेको छ । यिनै नेपाली कामदारहरूको हकहितको संरक्षण गर्नभनी पठाइएका सरकारी अधिकारीहरूले नै रोजिरोटीका लागी विदेशीएका नेपालीका विरूद्ध पदीय मर्यादा विपरित यस्ता कार्य गर्दै जाने हो भने नेपाल सरकारले मनग्ये सेवा सुविधा र तलव खुवाएर कर्मचारीलाइ विदेशमा खटाउनुको कुनै अर्थ रहन्छ र ?

 
15 टिप्पणीहरु

Posted by on जुन 12, 2009 in BLOG, NEWS

 

15 responses to “दुतावासका कर्मचारी नै अवैध धन्दामा

  1. chhetry.vishnu@leetrading.com

    जुन 12, 2009 at 8:31 बेलुका

    १० महिनादेखी पाउनपर्ने तलव र सुविधाबाट बञ्चित गरी कम्पनीले विचल्लीमा पारेपछि न्यायका लागी दूतावासको शरणमा पुगेका वेलामा उल्टै हमीलाइ नै कतारी प्रहरी बोलाई दुतावास परिसरबाटै पक्राएर मुद्धा लाईदिन खोज्ने यै डांकु हो ।
    यसलाइ नेपाल सरकारले कहिले फिर्ता वोलाउला ?

     
  2. bibash qatar

    जुन 13, 2009 at 6:20 बिहान

    अन्धसंस्कारको सिकार भई लम्पट, सङ्कीर्ण, क्षुद्र र नर-पीडक मतिको अँध्यारो गुफामा कैद भएका कट्टरपन्थी बिष्टहरू जडवत् धार्मिक सत्तामा मात्र छैनन् । ती शोषणकारी आर्थिक सत्तामा पनि छन् । ती उच-निचको रोगबाट ग्रस्त सामाजिक सत्तामा पनि छन् । राजनीतिक सत्तामा त तिनको उपस्थिति झन् सलहको बथानझैँ देखिन्छ । तिनको देखिने मुलायम अनुहार एउटा छ, तिनको नदेखिने निर्मम संस्कार अर्कै छ । तिनको देखाउने सुन्दर दाँत एउटा छ, तिनको चपाउने कुरूप दाँत अर्कै छ । लाग्छ, तिनको पाखण्डपूर्ण आवरणभित्र घातक सर्पले बास गरेको छ, जसले यत्र, तत्र र सर्वत्र क्षण-प्रतिक्षण अपसंस्कृतिको विष छरिरहन्छ ।

     
  3. ARPAN@RAMKAJI

    जुन 13, 2009 at 6:21 बिहान

    यी बिष्टहरूलाई वनकालीको वनबाट विनयशील वचनमा कसैले सोध्यो — हे बिष्टगण ! पशुपतिको मन्दिर भ्रष्टाचारमुक्त, पारदर्शी र कञ्चन हुनुपर्छ, होइन ? बिष्टहरूबाट उमङ्गसाथ समवेत स्वरमा आज्ञा भयो — हो, हो, हुनैपर्छ । उसोभए सन्मान्य बिष्टगण ! पशुपतिको भ्रष्ट, अपारदर्शी र फोहोर परम्परामा क्रमभङ्ग हुनुपर्छ, होइन ? न, न, सनातनी परम्परालाई छुनु हुँदैन, भयङ्कर अनिष्ट आइलाग्छ । बिष्टगणको दुईजिब्रे जबाफ सुनेर अरू त के पशुपतिका बाँदरहरूसमेत पनि जिल् परे

     
  4. dangali nepai

    जुन 13, 2009 at 2:35 बेलुका

    ‘हामीलाई नेपाल हाम्रो देश त हो भनेर शंका लाग्न थालेको छ । नेपाली नागरिकता र नेपाली स्कुलबाहेक हामीलाई नेपालबाट कुनै सेवा-सुविधा प्राप्त छैन ।’

     
  5. bir gorkhali

    जुन 13, 2009 at 2:36 बेलुका

    नेपाली कांग्रेसको यस निर्णयले स्वयं नेपाली कांग्रेसको भावी जीवनलाई लोकतान्त्रीकरण गर्नेछ भन्नेमा कुनै आशा गरिहाल्नु हतार मात्र हुनेछ । भर्खरै सभापति-पुत्री सुजाता कोइराला र उनको मन्त्रीमण्डलीय टिमको छनोटका वेला पार्टीको केन्द्रीय कार्यसमिति, पार्टी सभापति कोइराला र उनीपछिका वरिष्ठ नेता शेरबहादुर देउवाले जुन ढंगले निर्णय गरे, त्यसले कांगे्रसलाई लोकतन्त्रतिर लैजाँदैन । यस्तो निर्णय-प्रक्रियालाई नजिकबाट हेर्ने जो-कोहीलाई पनि थाहा भइसकेको छ ः कांग्रेस आधारभूत लोकतन्त्र र त्यसका निर्णयप्रक्रियालाई विश्वास गर्ने पार्टी होइन । संविधानसभामा दोस्रो र कमजोर दलका रूपमा जनताले एकप्रकारको सजाय दिँदासमेत उसले जनादेशलाई पालना गर्ने आवश्यकता देखेन । माओवादी नेतृत्वको सरकारले प्रधानसेनापतिमाथि कारबाही गर्दा उसले त्यसको विरोध मात्र गरेन, बरु राष्ट्रपतिलाई असंवैधानिक काम गर्न उक्साएर लोकतान्त्रिक शासन-व्यवस्थामा आजसम्म प्रचलित शक्ति-पृथकीकरण र जनताको सर्वोच्चताका मान्यताको खिल्ली उडाउने काम नै गर्‍यो । र, सुजाता प्रकरणमा पनि उसले त्यही परम्परालाई पछ्यायो जुन सामान्यतया एसियाका राजनीतिज्ञहरू गर्ने गर्छन् । कोरियाका किमहरू, बंगलादेशका हसिना र जियाहरू, भारतका गान्धी वा स्तालिनहरू, पाकिस्तानका भुट्टोहरू यसै परम्पराका किस्सा हुन्, जसलाई हाम्रा लोकतन्त्रका मसिहा गिरिजाप्रसाद कोइरालाहरूले अनुुसरण गरिरहेछन् ।

     
  6. bir bahadru thapa

    जुन 13, 2009 at 2:38 बेलुका

    समय खोला हो । म यसमा माछा मार्छु ।
    – हेनरी डेभिड थोरो

     
  7. मुखिया कान्छो

    जुन 13, 2009 at 7:36 बेलुका

    घूस खाएकै थियौ, बजेट खाएकै थियौ, भत्ता त एक पेट खाने न हो ― अघाउँजी खाऊ पहिले पनि त खाएकै हौ भत्ता खाएर सिद्धिने होइन रहेछ ।
    विचार तिम्रै हो ― बेच, मनलाग्दो बेच गरीव नेपाली नै हुन् वेचिने होइन र ?
    कुकुरले त बिस्टा मात्र खान्छ ― अर्काको तिमीले त आफ्नै ……. छि,
    भन्न पनि लाजलाग्दो सुँगुरले जस्तै …………..
    कुन्नि के पो खायौ त्यतिले नपुगेर अझ के खोज्दैछो ?

     
  8. गाउँले यात्री

    जुन 14, 2009 at 8:45 बिहान

    हमारा भारतको सीमाना हिमालसम्म हो कि ?
    दाङको भारतीय सीमा क्षेत्रमा पर्ने नाकाहरुबाट सयौं बासिन्दाहरु विस्थापित भएका छन्- भारतीय ज्यादती र हस्तक्षेप सहन नसकेर । सीमाबासी पीडा सुनाउँछन्- ‘हाम्रा चेलीबेटीहरु बलात्कृत भए, मारिए, अपहरण गरी बेपत्ता पारिए । खसी, बाख्रा, कुखुरा त कति लुटिए कति एकीन नै छैन । घरको जायजेथादेखि चेलीबेटीको इज्जतसम्म केही बाँकी रहेन ।’ उनीहरु भन्छन्- ‘भारतीयहरु हामीलाई यी नाकाका बस्तीहरुबाट भाग भन्दै धम्काउँछन्, लुट्छन्, पिट्छन्, अचाक्ली अत्याचार भो भारतीयहरुको, हामी नाकामा बस्न सकेनौं, घरबास छोडि आयौं ।’
    उता बारा, पर्सर्ाारको कहानी पनि उस्तै छ । हजारौं विघा जमिन अतिक्रमण, गाउँ-गाउँमा आगजनी, लुटपातजस्ता भारतीय ज्यादतीका थुप्रै घटनाहरु पुष्टि भइसकेका छन् । सीमा क्षेत्रका गाउँहरु भारतीय ज्यादती र अतिक्रमणको शिकार भएका छन् । गाउँकै छेऊमा बसेको यो गाउँलेले गाउँको यो बेहाल टुलुटुलु हर्ेर्दै कराउनुभन्दा अरु के नै गर्न सक्छ र – तर, केही गर्न सक्ने भनेका, देशकै ठेक्का लिएर शहर पसेका ठेकेदारहरु शहरतिर अर्कै खेलमा मस्त छन्-देशलाई अस्तव्यस्त पारेर ।
    शहरतिर माधव नेपाल भन्ने सरकारका प्रधानमन्त्री भएका छन्, भर्खरै । उनले आफूजस्तै हरुवा विद्या भण्डारी र सुजाता कोइरालालाई पनि मन्त्री बनाएका छन्- आप\mनो सरकारको । उसो त उनको सरकारले अझै पर्ूण्ाता पाएको छैन । सीमामा भारतीयहरुको ज्यादती बढिरहँदा, नेपाली चेलीबेटी बलात्कृत भइरहँदा र सीमा मिचिरहँदा पनि कर्ुर्सर्ीीे लागि उनीहरु तँछाडमछाड गरिरहेका छन् । सीमाबासीहरु लुटिदा सरकारहरुलाई दुख्दैन अरे सायद सीमाबासीहरु यो देशका नागरिक नै होइनन् उनीहरुका लागि ।
    खै, के भन्नु र – कोही पार्टर्ीी त भन्थे यो सरकार कठपुतली हो, विदेशी प्रभुहरुको निगाहमा बनेको छ । गाउँलेलाई कुरा बुभ\mन अलि गाह्रो पर्छ सधैं । यो कठपुतली सरकार हो, विदेशी प्रभुहरुबाट सञ्चालित छ भनेको के हो – शुरुमा बुभ\mनै सकिन । अहिले पो थाहा भो, यता आप\mनो गाउँ तिनै विदेशीहरुले कप्लक्क निल्न लागिसके तर सरकार बोल्दै बोल्दैन, हाम्रा कुरै सुन्दैन । त्यै कठपुतली भएर त नबोलेको रहेछ । यता सीमामा हामीलाई किच्ने, काठमाण्डौंमा गएर सरकार चलाउने तिनै हमारा भारतीयहरु रहेछन् अनि हाम्रा माकुनेजी के भनेर बोलून् – हुन त भारतीय पत्रिकाले ‘भारतीय मुल के माधव नेपाल बने गे नेपाल के नयाँ प्रधानमन्त्री’ भनेर लेखिसकेको छ, माकुने नेपालका भए पो थरमात्रै रहेछ नेपाल ।
    त्यसैले माकुनेज्यू ! हमारा भारतको सीमाना उत्तरको हिमश्रृंखलासम्म हो कि यसो अध्यादेश ल्याएर घोषणा गर्दिए सब खतम । हामी सीमा मिचियो भनेर कहिल्यै कराउने नै छैनौं । कि कसो सुद भैयाजी ?

     
  9. काजी कटुवाल

    जुन 14, 2009 at 8:50 बिहान

    पुरानो सरकारका जनपक्षीय र नागरिक सर्वोच्चता स्थापना गर्ने निर्ण्र्ाारुलाई एकपछि अर्को गर्दै धमाधम उल्टाएर माधव नेपालले जङ्गी अड्डा र विदेशी प्रभुहरुलाई खुसी त तुल्याउँदै गएका छन् त्यति नै उनी राष्ट्रका कुलङ्घार अपराधी सावित पनि हुँदैछन् । यसैले माधव नेपालको सरकारले शनैः शनैः सैनिकीकरण तर्फधकेल्न थालेको मुलुकलाई बचाउन र अग्रगमन तर्फडोर्‍याउन प्रचण्डपथीय धु्रवलाई बलियो बनाउनु पर्ने जरुरी भएको छ । बरु यहीँनेर अलिकता आशंका कतै माओवादीले पनि सहमति र सहकार्यको सुगा रटानमा परेर प्रचण्डपथीय अग्रगमनको यात्रालाई संसदपथीय यथास्थितिवादी धारातर्फविर्सजन गराउने त होइन भन्ने भय पनि यदाकदा उत्पन्न हुन थालेको छ । एकातिर व्रि्रोहको आवश्यकता महसुस गर्ने र अर्का तर्फआप\mना राजनीतिक अडानलाई साधु बनेर संसदवादीहरुले प्रयोग गर्दै आएको संसदीय खेललाई नयाँ कलेबर दिनर्ुपर्छ भन्ने नाममा एमालेकै स्खलनको बाटो पछ्याउने त होइन भन्ने चिन्ता पनि इमान्दार जनतामा देखा पर्न थालेको छ । यसतर्फपनि माओवादी पार्टर्ीीत्र वैचारिक बहस सिर्जना गर्दै देशलाई प्रचण्डपथीय गन्तव्यतर्फनै डोर्‍याउनु पर्छ । त्यो बेला तपाईले कुन बाटो रोज्नुहुन्छ प्रचण्डपथ या कटवाल पथ ?

     
  10. विमलकान्त नेउपाने

    जुन 14, 2009 at 8:52 बिहान

    पाखण्डको पर्याय बनेको ज्ञानेन्द्रीय मकरतन्त्र गोपिक्याँच भयो । शाही सिंहासन गल्र्यामगुर्लुम ढल्दाको थर्कोसँगै जनजनका स्पन्दनशील मनमा नयाँ आशा र उमङ्गको उत्ताल ज्वार उठेको थियो । अब भने त्यो करकाप, भय, दमन, आतङ्क र पाखण्डको पीडाबाट मुक्त हुने भइयो । अबलाई सदाका लागि गए ती काला दिन ! तर चिताइएको एक थोक थियो, भयो अर्कै थोक । श्रीपेच लाउने एकजना राजा लखेटिएर खाली भएको ठाउँमा त टोपी लाउने अनेक राजा पो प्रकट भए बा ।
    यस्ता माफियाहरूको दिन कैल्यै नजाने भो ।
    हाम्रा दुःखका दिन कैल्यै नजाने भो ।

     
  11. Jasmine Chhetri

    जुन 15, 2009 at 10:34 बिहान

    ओ बिभासका सम्पादक महोदय
    हाम्रा रामकाजी खड्का दाइले तपाइको त ठगेका थिएनन् नी ठगे होलान् २ / ४ हजार नेपाली को ५ /१० करोड फेरी कतारमा त त्यत्रा मान्छे छन् ३ लाख जना फेरी दाइले एक्लै पनि त खाएका होइनन् अरु दाइ भन्दा साना दलाल छन् नी तिनीहरुले पनि कमिसन त माग्छन् । दाइ त मुख्य मान्छे हो अनि दाइलाई नै बेइजत गर्छन त यसो दाइका छोटे पार्टनरहरुलाई तर्साएको भए भइहाल्थ्यो नी । दाई को कति नै महिना बाकी छ र अब त्यो कतारमा १ बर्ष जती दाईलाई आनन्द संग मोज गर्न देउ न दाइलाई अहिले निन्द्रा नै लाग्दैन भनेको क्या फेरी यस्तै भयो र दाई सुइके भने ?
    जय रामकाजी खड्का जी की जय भष्टचार माता की

     
  12. sushil khadka

    जुन 15, 2009 at 8:07 बेलुका

    Well done! keep it up.

     
  13. james

    जुन 15, 2009 at 8:17 बेलुका

    sale basesahar ma labour ko paisa khayara moist banera pachauna dubai gayes ra bhairawa ma kine ko ghar gadiree ma pani hamroo blood pasina pare ko cha afno aang ma jumra nadekene arka ko ang ma baffalo tero dad bhaisepati le jaay sikayoo tahi vanchas sale nepali labour le liscne nikalera 500 ko satta 1200 saya kamauda talahi k ko tauko dukhyoo ramkaji khadka thar thar milna le kaheen tero jaar ta haina.natra bhaye kina Simple maanche ko yetro khedo khanchaas.
    Tero Subha chintak Jems.

     
  14. baba

    जुलाई 20, 2009 at 9:59 बिहान

    Amrit Gurung,”AAdibasi President” le pane Mesaied maa kaam lagayera salary dine bela maa CEID lai inform gari tini haru bicharalai jail halera,karib 100 janako 3 mahina ko salary jhwam pareka thiye.
    Most of the “called” social worker in doha are just making money from Nepali only.

     
  15. baba

    जुलाई 20, 2009 at 10:02 बिहान

    indian ko hotel maa Qatari riyal 1(ONE) ma pepsi ,coke paainchha.
    DANGOL ra aru nepali ko hotel maa QRS.1.5 , Kina ?
    what for ?
    any special hospitality from their hotel ?
    muglin ra bato chheu ko hotel ko bhanda pane tallo star ko hospitality bhayeko hotel chha. nepali khana khan bhanera gayo, kunai sodh puchha nai hudaina, lagchha uni haru qatar ko minister hun.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: