RSS

भारतले नेपाली भूमि अतिक्रमण गरेकै रहेछः अनुसन्धान टोली

13 Jun

सीमा अतिक्रमण भए नभएको वुझ्न दाङ गएको सर्वलीय टोलीले भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण भएको ठहर गरेको छ । एकीकृत नेकपा माओवादीका नेता अमिक शेरचन नेतृत्वको सर्वदलीय टोली र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिका सभापति पद्मलाल विश्वकर्मा नेतृत्वको संसदीय टोलीले आज दाङको लमहीमा पत्रकार सम्मेलन गरी सीमा अतिक्रमण भएको जानकारी दिएका हुन् ।

टोलीले अनुगमनका क्रममा नेपाल भारत सीमा क्षेत्रमा रहेका ७९ वटा सीमा स्तम्भहरु मध्ये ७८ वटा सीमा स्तम्भहरु जीर्ण अवस्थामा रहेका र भारतीय पक्षबाट नेपाली भूमीको ठाउँठाउँमा अतिक्रमण गरी दशगजा क्षेत्रमा खाडल खनिएको र भारतीय सीमा सुरक्षा बलले स्थानीयबासीहरुलाई सताउने गरेको समेत जनाएको छ । अनुगमनका क्रममा सीमा क्षेत्रमा राज्यको उपस्थिति नहुँदा स्थानीयबासी असुरक्षित रहेको, भारतीय सुरक्षाकर्मीहरुले दैनिक उपभोग्य बस्तुहरु समेत नेपाल ल्याउन नदिएको र ४८ नम्वरको एउटा पिलर पहिरोका कारण हराएको सर्बदलीय टोलीका संयोजक अमीक शेरचनले जानकारी दिए ।

सीमाबासीले भारतिय पक्षबाट नेपाली महीलाहरुमाथी हातपात एबम् दैनिक दुख दिने लगायत समस्या भोग्नुपरेको टोलिलाई स्थानीयवासिले जानकारी दिएका छन् । टोलिले सीमा नाकाको अबस्था हेर्दा राज्यले त्यस क्षेत्रमा सुरक्षा लगायतका आधारभुत आबश्यकताको ब्यबस्था नगरेसम्म त्यस क्षेत्रबाट बिस्थापित भएर देउखुरीको कर्री सामुदायिक वनमा बसेका बिस्थापितहरु लाई फर्काउन सक्ने अबस्था नरहेको समेत जनाएको छ । सीमा बिबादबारे टोलीले समग्ररुपमा सरकारलाई प्रतिबेदन बुझाउने भएको छ ।

अपडेट : 

कञ्चनपुर, १७ पुस २०६६,

सविधानसभा, अन्तर्राष्ट्रियसम्बन्ध तथा मानवअधिकार समितिको संसदीय टोलीले कञ्चनपुरको सीमा क्षेत्रको अवलोकन गरेको छ।  
संसदीय समितिका सभापति पदमलाल विश्वकर्माको नेतृत्वमा रहेको टोलीले विवादास्पद टनकपुर बाँध, ब्रह्मदेव, शारदा ब्यारेज क्षेत्रको अवलोकन गरेको छ।
टोलीले आज दक्षिणी क्षेत्रको परासनको प्याराताल, बेलौरी, खड्डाकंकड, झिलमिला, पचुई सीमा क्षेत्रको अवलोकन गरेको छ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठसम्मिलित आठजना सभासद्सहित १३ सदस्यीय टोलीले बिहीबार र शुक्रबार सीमा क्षेत्रको अवलोकन गरेको हो।  
सीमाविद श्रेष्ठले महाकाली नदीले धार परिवर्तन गर्दा भारतले सीमा सार्दै आएको र टनकपुर क्षेत्रमा रहेको सीमा स्तम्भ नं. ३ फेला नपरेको बताउनुभयो।
सुगौली सन्धिमा महाकाली नदी नेपालभित्रै पर्ने बताइए पनि भारतले एकलौटी प्रयोग गरेको टोलीको ठहर छ।  
प्याराताल, खड्डाकंकडलगायतका केही क्षेत्रमा रहेका पुराना सीमास्तम्भसमेत फेला नपरेको र भारतले दश गजा क्षेत्रसमेत मिचेको बताइएको छ।
टोलीमा सभासद् पुरन राना थारु, लीला भण्डारी, नजिर मियाँ, पार्वती महत, मोहम्मद सिद्दिकी, सीमा नेपाली र कमला थापा छन्।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: