RSS

गोर्खाली सैनिकको बेलायत सरकारसंगको कानुनी लडाइ समाप्त

14 Jun

पोखरा ३१ जेठ ।

बेलायती सेना सरहको सेवा र सुविधाको माग गर्दै कानुनी लडाइं लड्दै आएका पूर्व गोर्खा सैनिकले स्थायी आवासीय भिसासहित समान सुविधा पाउने घोषणाले आफूहरूको बेलायत सरकारसंगको लडाइं सकिएको बताएका छन् ।

प्राप्त उपलब्धिको रक्षा गरी त्यसलाई व्यवस्थित गर्नु अबको चुनौती रहेको पूर्व गोर्खा सैनिकहरूले बताए । “बेलायतसंग गोर्खाली सेनाको आन्दोलनको मुद्दा अब छैन, पाएको हक अधिकारलाई व्यवस्थित ढङ्गले उपयोग गरी धेरै गोर्खालीलाई बेलायत लाने हो,” गोर्खा भूतपूर्व सैनिक सङ्घ, गेसोका अध्यक्ष पदमबहादुर गुरुङले भने ।

बेलायत सरकारका गृहमन्त्री ज्याक्यु स्मिथले जेठ ६ मा संसदमा कम्तीमा चार वर्ष सेवा गरेका गोर्खा सैनिकलाई आवासीय भिसा दिने घोषणा गरेपछि डेढ दशकदेखि समान अधिकारका लागि लड्दै आएको गेसोको आन्दोलनमा पूर्णविराम लागेको हो ।

नयां नीतिले एक जुलाई १९९७ अघि र त्यसपछि चार वर्ष पूरा गरेका पूर्व गोर्खाली सेना, तीनका श्रीमती र आश्रीतलाई बसोबासको लागि योग्य ठहराएको छ । यसबाट ३६ हजार बढी गोर्खा परिवारले बेलायतमा स्थायी बसोबास पाउने छन् ।

नेपालमा नियमित पेन्सन पाउने २६ हजार र कल्याणकारी सुविधा लिने दस हजार जति गोर्खा सेना छन् । हाल बेलायती सेनामा तीन हजार ५०० नेपाली कार्यरत छन् । तीनले गोरासरह तलब सुविधा पाउंछन् । बर्सेनि २५० देखि ३०० नेपाली बेलायती सेनामा भर्ती हुन्छन् ।

बेलायत जान पाउने ३६ हजारमध्ये २५ हजार जाने गेसोको अनुमान छ । केही वृद्ध भइसकेकोले नजान पनि सक्छन् । सन् १९९७ यताका ८० प्रतिशत उतै बस्ने अनुमान गरे पनि त्यस अघिका उमेर ढल्किंदै गएकोले वृद्धभत्ता, उपचार सुविधा, सन्ततिलाई राम्रो शिक्षा र अवसरका लागि धेरैभन्दा धेरै लाने गेसोको सोचाइ छ ।

 गेसोले बेलायत जाने प्रक्रिया असार १ गतेदेखि सुरु हुने जनाएको छ । हालसम्म दुई दर्जनले आवेदन गरेका छन् । प्राथमिकतामा यसअघि आवेदन गरेका एक हजार ३०० छन् । एक्लै जान चाहनेले बेलायतमा महङ्गो कानुनी प्रक्रिया लाग्ने भएकोले गेसोका वकिलमार्फत संस्थागत जांदा भिसालगायतका शुल्कका लागि ७८ हजार तिरे पुग्छ ।

“हामीले पोखरामा विजयसभा गरेर प्रक्रियाका बारेमा जानकारी दिएका छौ, दैनिक दस जना जतिको अन्तर्वार्ता हुन्छ,” मध्यपश्चिमाञ्चलका अध्यक्ष हर्कबहादुर पुनले भने  ।

गोर्खा सैनिक, श्रीमती र १८ वर्ष मुनिका सन्तानले बेलायत जान पाउंछन् । यस्तै बाबुको आश्रीत भएको प्रमाणित गरी अपाङ वा रोगी भएका र बा आमा असक्त छ भने त्यस्ता सन्तानले पनि त्यहां जान पाउंछन् ।

गेसोका अध्यक्ष गुरुङले धेरैजसो बुढा भइसकेकोले बस्नभन्दा पनि राम्रो भत्ता पाउने हुंदा त्यता जाने बताए । “पतिले ७०० र पत्नीले ३०० भत्ता पाउंछन, बस्ने घर, स्वास्थ्य सुविधा सरकारले दिन्छ,” दुई सय पाउण्ड खर्च भए पनि बांकी रु.८०/ ९० हजार मासिक नेपाल भित्रिने अध्यक्ष गुरुङको भनाइ छ । यसबाट ठूलो परिमाणमा रेमिटयान्स नेपाल भित्रिने छ ।

स्वास्थ्य उपचार राम्रो हुनाले धेरै बांच्ने र सन्ततिले राम्रो शिक्षा पाउने उनीहरूको दावी छ । “ज्यानको बाजी दिएर दुई सय वर्ष अघिदेखि लडेका गोर्खालीहरूले अधिकारको लडाइंमा पनि जितेको छ, आफ्नोभन्दा पनि अधिकतम सन्तानको भविष्यलाई बेलायत जान चाहन्छन्,” गेसो महिला सङ्घका मध्यपश्चिमाञ्चल अध्यक्ष सीता गुरुङ भन्छिन् ।

करिब १५ वर्षअघि गेसोको स्थापनासंगै पूर्व गोर्खा सैनिकहरूले बेलायती नागरिकसरह सेनामा समान सुविधा र अधिकार पाउने माग राख्दै बेलायती उच्च अदालतमा मुद्दा हालेपछि विभेदको यो कुराले अन्तरराष्ट्रियस्तरमा चर्चा पाएको थियो ।

पेन्सनको मुद्दामा सफलता मिलेन, तर उनीहरूले पहिलो चोटी तीन हजार ५००  युद्धबन्दीको मुद्दा जितेर जनही दस हजार पाउन्ड अर्थात् साढे १३ लाख रूपैयां क्षतिपूर्ति पाए, लगत्तै सिपाहीको पेन्सन चार हजार बढ्यो । सर्भिसवालालाई ब्रिटिससरह सुविधा पनि गेसो आन्दोलनकै उपज थियो ।

यसअघि सबैले आवासीय भिसा पाउने भनिए पनि त्यसको लागि तीन वर्ष लगातार बेलायतमा बसेको, भिसी, एमसी, डिएसओ, एमएमजस्ता तक्मा पाएका वा २० वर्ष नोकरी गरेको विभिन्न सर्तहरू तेर्साइए । जसबाट चार हजार तीन सयले मात्र यो सुविधा पाउनसक्थे । बेलयातले सन् २००४ मा सन् १९९७ जुलाई एक भन्दापछि अवकाश पाएकालाई मात्र यस्तो सुविधा दिएको थियो । त्यसअन्तर्गत छ हजार गोर्खा परिवारले स्थायी आवासीय भिसा पाइसके । 

सन् १९९७ अघिकाले पनि उक्त सुविधा पाउने माग राख्दै कानुनी लडाइं जारी राखियो । तद्अनुरूप वैशाख ११ गते बेलायतको हाउस अफ कमन्सले गोर्खालीको पक्षमा निर्णय गर्‍यो ।

 
१ टिप्पणी

Posted by on जुन 14, 2009 in NEWS

 

One response to “गोर्खाली सैनिकको बेलायत सरकारसंगको कानुनी लडाइ समाप्त

  1. suba pun

    नोभेम्बर 23, 2009 at 11:30 बिहान

    pansin and ree roalty gave every birtish gorkha army not old n coming genuration. told they birtish goverment………..
    what the hell weido n 18 over son-dugter of britsh armyyyyy

    i’m witting u’r answer

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: