RSS

सभासदहरूको हिन्दि मोह

14 Jun

मधेशी दलहरुले तराईमा विभिन्न भाषा वोल्ने जनताहरूबीच सम्पर्क भाषाको रूपमा रहेको हिन्दी भाषालाई नेपालीसरहको दर्जा दिनुपर्ने अडान राखेपछि संविधानसभा सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्माण समितिको बैठकले आफ्नो अवधारणापत्र र प्रारम्भिक मस्यौदा तयार गर्न सकिरहेको छैन । विवादकै कारण समितिले अध्यक्षबाट तोकिएको समय जेठ २४ मा मस्यौदा पेस गर्न सकेन । उक्त समितिमा नयाँ संविधानमा हिन्दी भाषालाई नेपाली सरह सरकारी कामकाजको भाषाको मान्यता दिने वा नदिने भन्नेबारेमा तीव्र मतभेद भएपछि प्रतिवेदन समयमै बुझाउन नसकिएको हो ।

समितिका बहुमत सभासद्ले मुलुकमा एक प्रतिशतभन्दा कमले मात्र बोल्ने हिन्दी भाषालाई संविधानमा कुनै पनि हालतमा नेपाली सरह सरकारी कामकाजी भाषाको मान्यता दिन नसकिने तर्क राखेका छन् । तर मधेशी दलका सभासदहरू भने कुनैपनि हालतमा राख्नैपर्ने लिंडेढिपीमा छन् । “हिन्दी फिल्म मन पराउने । हिन्दी ‘सिरियल’ भनेपछि हुरुक्कै हुने । हिन्दी भाषाका साहित्य र राजनीतिक पुस्तक पनि पढ्ने र हिमाल पहाड र तराईका सबै जिल्लामा प्रयोग हुने अनि देशभित्र यति लोकप्रिय भाषालाई सरकारी कामकाजको भाषाका रुपमा संविधानमा उल्लेख गर्नु के को आपत्ति ?” भन्ने उनिहरूको एउटै तर्क रहेको छ ।

हिन्दी भाषालाई नेपालीसरह सरकारी कामकाजको भाषाको मान्यता नदिए ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनीपनि ति सभासद्हरुले दिएका छन् । आइतबार बिहान बस्ने समितिको बैठकले यस विषयमा निर्णय लिनसक्ने सम्भावना रहेको वताइएको छ ।

 हिन्दीलाई सरकारी कामकाजको भाषा र ‘एक मधेश एक प्रदेश’ को अडान राख्दै आएका विभाजित मधेशी जनअधिकार फोरमका दुई समूह, तराई मधेश लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टी लगायतका सभासद्हरु यो विषयमा भने एकजुट भएका छन् । भने एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, एमाले लगायतका गैरमधेशी दलका सभासद्हरु बहुभाषिक राष्ट्र भनेर उल्लेख गर्ने, कुन भाषालाई कस्तो स्थान दिने भन्नेबारे निर्णय गर्न ‘राष्ट्रिय भाषा आयोग’ गठन गर्ने, आयोगले भाषाका बारेमा निरन्तर अध्ययन र निर्णय गर्दै जाने भन्ने विषयमा सहमत छन् ।

भाषा उपसमितिका संयोजक गोपाल ठाकुर भने केन्द्रले तोकेको सरकारी भाषाभन्दा एक कदम अगाडि बढेर प्रान्तले नै केन्द्रसँग सम्पर्क गर्ने भाषा तोक्नपनि सक्ने व्यवस्था गर्न सक्ने वताउंछन् । यसअघि समितिमा भाषाका सवालमा धेरै प्रयासका बाबजुद पनि सहमति जुट्न नसकेपछि  उत्पन्न विवाद सुल्झाउन ठाकुरको संयोजकत्वमा उपसमिति गठन भएको थियो । उपसमितिले हिन्दीसँगै अरु पाँच-सातवटा भाषालाई पनि सरकारी कामकाजको भाषाका रुपमा राख्न सुझाव दिएपछि यो विषय झनै विवादित वनेको थियो ।

 तत्कालीन सात दल र माओवादी विचको सहमति अनुसार अन्तरिम संविधानमा ‘नेपालमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन्’ भन्ने उल्लेख गरिएको छ । संविधानमा ‘देवनागरी लिपिमा नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ’ भन्नेपनि उल्लेख छ । अन्तरिम संविधान अनुसार स्थानीय निकाय तथा कार्यालयमा मातृभाषा प्रयोग गर्न पाउने र उक्त भाषालाई राज्यले सरकारी कामकाजको भाषामा रुपान्तर गरी अभिलेख राख्ने व्यवस्था गरिएको छ ।

जनगणना २०५८ अनुसार नेपालमा वोलिने भाषा, जनसंख्या र सो भाषा वोल्ने कूल जनसंख्या प्रतिशत यसप्रकार रहेको पाइन्छ —

 

क्र.सं

भाषा

जनसंख्या

प्रतिशत

नेपाली

१,०१,५३,२५५

४८.६१

मैथिली 

२७,९७,५८२

१२.३०

भोजपुरी

१७,१२,५३६

७.५३

थारु

१३,३१,५४६

५.८६

तामाङ

११,७९,१४५

५.१९

नेवार

८,२५,४५८

३.६३

मगर

७,७०,११६

३.३९

अवधि

५,६०,७४४

२.४७

वान्तवा

३,७१,०५६

१.६३

१०

गुरुङ

३,३८,९२५

१.४९

११

लिम्बू

३,३३,६३३

१.४७

१२

बजिका

२,३७,९४७

१.०५

१३

उर्दू

१,७४,८४०

०.७७

१४

राजवंशी

१,२९,८२९

०.७७

१५

शेर्पा

१,२९,७७१

०.५७

१६

हिन्दी

१,०५,७६५

०.४७

यस तथ्यांकअनुसार हिन्दीलाई मातृभाषाका रुपमा बोल्ने जनसंख्या करिब १ लाख ६ हजार छ । यो कुल जनसंख्याको ०.४७ प्रतिशतमात्र हो । यसअनुसार यो भाषा जनसंख्याका हिसाबले सोह्रौं स्थानमा पर्छ । दोस्रो भाषाका रुपमा हिन्दी बोल्ने जनसंख्या पनि करिब ६६ हजारमात्र रहेको तथ्यांक जनगणनाले देखाएको छ ।

जनगणनाअनुसार सबैभन्दा बढी ४८.५ प्रतिशत नेपालीको पहिलो भाषा नेपाली हो । त्यसपछि मैथिली, भोजपुरी, थारु, तामाङ लगायतका भाषा पर्छन् । नेवार मगर अवधि बान्तवा गुरुङ लिम्बू उर्दु राजवंशी र शेर्पा भाषाभन्दा निकै पछाडिमात्र हिन्दी मातृभाषी नेपालीको जनसंख्या पर्छ । यसर्थ नेपालमा राजनिती गर्ने भारतभक्त सांसदहरूले ‘रोटी र बेटी’ को सम्बन्ध देखाएर हिन्दी भाषालाई मान्यता दिनैपर्ने अडान राख्नुको कुनै औचित्य देखिदैन ।

भारतले नेपाली भुमी मिच्दा चुंसम्म नवोल्ने, सीमा क्षेत्रवाट नेपालीहरू जवरजस्ति धपाइंदा वास्ता नगर्ने यि सभासदहरूको हिन्दि भाषाप्रति वढेको यो मोहवाट तपाइं कस्तो महशुष गर्नुहुन्छ ? कतै यो नेपालमा विहारीकरणको पछिल्लो प्रयास त होइन ?

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: