RSS

बेल्जियममा नेपालीहरूविच ब्यापक अन्तर्किया कार्यक्रम हुने

16 Jun

pasang१६ जुन ०९, दधिराज घिमिरे, बेल्जियम / एकीकृत नेकपा माओबादीका सचिवालय सदस्य तथा जनमुक्ती सेना नेपालका डेपुटी कमाण्डरद्धय नन्द किशोर पुन -पासाङ्ग र चन्द्र प्रकाश खनाल -बलदेब यसैसाता देखी नेपालबाट यूरोपको दुई साता लामो भ्रमणमा जांदै हुनुहन्छ । जर्मनीको एक हप्ता लामो वसाइमा मुख्य गरी पुर्बी जर्मन र पश्चिम जर्मनको एकिकरण पश्चात त्यहां रहेका सेनालाई कसरी संयोजन गरीएको थियो भन्ने बिषय लगायत बिभिन्न बिषयमा हुने कार्यक्रमा सहभागी हुने उहांहरूको कार्यक्रम रहेको छ । बेल्जियममा पनि बिभिन्न मुलुकमा भएको सेना समायोजन संबन्धि अन्तरकृया कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ ।

त्यस्तै बेल्जियममा रहेका प्रवाशी नेपालीहरुद्वारा नेपालको बर्तमान राजनितीमा भएको घटना राष्ट्र माथि बिदेशीहरुका हस्तक्षेप लगायत बिगतमा जनमुक्ति सेनाले देखाएको सौर्य र बिरताका बिषयका साथै  बरीष्ठ नेताहरुको महत्वपुर्ण बिचार प्रत्यक्ष सुन्न र अन्तरकृया गर्ने ब्यापक मागलाई स्वीकार्दै उहांहरूले नेपाली जनप्रगतीशिल मञ्च, बेल्जियमको आयोजनामा हुने ब्यापक अन्तरकृयामा प्रमुख अतिथीका रुपमा भाग लिनु हुनेछ । युरोपकै राजधानी मानीने ब्रसेल्समा हुने उक्त कार्यक्रममा सहभागी हुनकालागी नेपाली जनप्रगतीशिल मञ्च, बेल्जियमले सम्र्पुर्ण नेपाली तथा अन्य जनसमुदाय तथा संघ संस्थालाई यही जुन २८ आईतवार दिनको ११ बजे Rue bd. Lemonnier – 171 , १००० ब्रसेल्सस्थित वर्कर पार्टी बेल्जियमको अफिसहलमा उपस्थीतीका लागी  हार्दीक अनुरोध समेत गरेको छ ।

 तमुवान राष्ट्रिय मुक्ति मोर्चा बेल्जियम गठन

 आदिवासी जनजातीको मुक्तिको लागी आत्मनिर्णयको अधिकार सहितको स्वायत्त शासन र तमुवान राष्टिृय मुक्ति मोर्चाको आवश्यकतालाई महशुस गर्दै विदेशमा पनि तमुवान राष्टिय मुक्ति मोर्चाले आफ्नो संगठन विस्तार गरेको छ । यसै शिलशिलामा करिव १० दिने राजनैतिक  भ्रमणमा यूरोप आउनु भएका एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य, तमुवान राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष तथा गोर्खा जिल्लावाट एकीकृत नेकपा माआवादीका तर्फवाट निर्वाचित संविधानसभा सभासद श्री अमर तमुको उपस्थितिमा गमबहादुर गुरुङ्गको संयोजकत्वमा १९ सदस्यीय तुमवान राष्ट्रिय मुक्ति मोर्चा बेल्जियम भेला आयोजक समिति गठन गरिएको छ । जसमा रामबहादुर गुरुङ्ग, मनिष जङ्ग गुरुङ्ग, जीतबहादुर गुरुङ्ग, होम गुरुङ्ग, मेख गुरुङ्ग, कुशल गुरुङ्ग, ओम गुरुङ्ग, राम गुरुङ्ग, काजी गुरुङ्ग, राम घले, श्रीप्रसाद गुरुङ्ग, भीम गुरुङ्ग, निश्मा गुरुङ्ग, विन गुरुङ्ग, आशबहादुर गुरुङ्ग, सुभाष गुरुङ्ग, गंगाबहादुर गुरुङ्ग, गडुल ध्वज गुरुङ्ग रहनु भएको छ ।

उक्त भेला आयोजक समितिले निकट भविष्यमा संगठन विस्तार गरि मोर्चाको सम्मेलन गरी कार्यसमिति चयन गर्नेछ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: