RSS

भारतीय सुरक्षाकर्मीद्वारा अर्को ज्यादतिः व्यापारीमाथि हातपात

16 Jun

मदिरा सेवन गरेर आएका १२ भारतीय सुरक्षाकर्मीले आइतबार साँझ ब्रह्मदेव बजारमा तोडफोड गरे पछि नेपाल-भारत सीमामा फेरि अर्को तनाव उत्पन्न भएको छ । देशका अन्य नाकामा समेत भारतीय मनोमानी बढेको बेला भारतीय सुरक्षाकर्मीले कन्चनपुरको ब्रह्मदेव बजारमा तोडफोड गर्नको साथै ब्यापारी र प्रहरीमाथि हातपात समेत गरेका छन् । विवादपछि टनकपुर नाका भएर गरिने नेपाल भारत आवत-जावतमा रोक लगाइएको छ ।

बजारको एउटा होटलमा मदिरा सेवन गरेपछि उनीहरुले अभद्र ब्यवहार समेत गरेको ब्यापारीहरुले बताए । झडपको स्थिति साम्य पार्न आएका नेपाली प्रहरीलाई समेत उनिहरूले हातपात गरेको बताइएको छ ।

तोडफोड गर्ने सबै जना भारतीय गढवाल रेजिमेण्टका रङरुट सिपाही हुन् । टनकपुरमा तालिम लिंदै गरेका उनीहरु आइतबार विदा मनाउन नेपाल आएका थिय ।

यता आफ्ना सुरक्षाकर्मी प्रहरीको नियन्त्रणमा रहेको खवर पाएपछि आइतवार मध्यराती भारतीय सुरक्षाकर्मी हतियार सहित नेपाल पसेका थिए । ‘हतियार सहित आउन पाइन्न भन्दै फिर्ता जान दवाव दियौं’ ब्रह्मदेव वजार ब्यवस्थापन समितिका अध्यक्ष परमानन्द जोशीले भने -‘टनकपुर नाकावाट फिर्ता भएका भारतीय सुरक्षाकर्मी बनवासा हुंदै गड्डाचौकी नाका भएर राती नै व्रहमदेव आए ।’ गाडीमा हतियार सहित आएका सुरक्षाकर्मीलाई ब्यापारीले रातभर घेरावन्दीमा हालेको अध्यक्ष जोशीले बताए – ‘मौन रहंदा भारतीय ज्यादती बढेको हो ।’ हतियार सहित भारतीय सुरक्षाकर्मी विगतमा नेपालको गाउंमा पसेर सर्वसाधारणलाई त्रसित वनाउंदै आएको उनको भनाइ थियो ।

विशेष कारणले मात्रै बन्द गरिने अन्तर्राष्ट्रिय नाका आजकल भारतीय सुरक्षाकर्मीले मनोमानी ढंगले बन्द गर्ने गरेका छन् । चुनाव वा अन्य विशेष परिस्थितीमा नाका बन्द गर्दा नेपाल र भारतको प्रशासन तथा सुरक्षा अधिकारीहरु बीच आपसि छलफल र सहमतिमा दुवै देशका नागरिकलाई अग्रीम सुचना दिएर मात्र नाका बन्द गर्ने गरिने परम्परा रहि आएको छ । यसरि विना जानकारि एक्कासी सीमा बन्द गर्ने कामले दुइ देशको पारस्परिक संवन्धमा खलल पुर्याउने मात्र होइन, पुनरावलोकन गर्नुपर्ने समेत प्रष्टिएको छ ।

आफ्ना सुरक्षाकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि भारतीय सीमा सुरक्षा बल एसएसवीले टनकपुर नाकामा नेपाल-भारत आवत जावत बन्द गरेका छन् । नाकामा नेपाली र भारतीय दुवैलाई आवत जावत गर्न बन्देज गरिएको छ । बन्देज पछि टनकपुरमा सयौं नेपाली अलपत्र परेको वताइएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: