RSS

माओवादीले जनविद्रोह र सत्ता कब्जा नगर्ने भो

17 Jun

शान्तिप्रकृयामा आइसकेपछि पनि माओवादीले जनविद्रोह मार्फत सत्ता कब्जा गर्छ भनि चलाइएको हल्लालाइ निराधार सावित गर्दै हालै राजधानीमा शुरु भएको माओवादी पोलिटब्युरो बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रपति रामवरण यादवको कदम सच्चिए माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न पहल गर्ने प्रस्ताव गर्नुभएको छ । उहांद्वारा प्रस्तुत ‘वर्तमान परिस्थिति र सर्वहाराको दायित्व’ नामक १९ पेज लामो राजनीतिक प्रतिवेदनमा त्यस्तो प्रस्ताव गरिएको हो ।

गत वैशाख २४ गतेदेखि सुरु भएको पोलिटब्युरो बैठकमा मौखिक रूपमा प्रस्तुत गरिएको १३ बुँदाको मौखिक प्रतिवेदनलाई नै व्याख्या गरी लिखित रुपमा १९ पृष्ठको वनाइएको यस प्रतिवेदनमा माओवादी नेतृत्वको सरकारको नौ महिने कार्यकालको संक्षिप्त समीक्षा गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको मुल्यांकन सहित माओवादीको भावि रणनिती तय गरिएको छ ।

माओवादी नेतृत्वको सरकारले राम्रो काम गर्न खोज्दा प्रमुख प्रतिपक्ष कांग्रेसभन्दा सत्तामा रहेरै एमालेले विरोधीको भूमिका खेलेको र प्रतिगामीहरूले चारैतिरबाट घेराबन्दीमा  पारेको ठहर सहित अहिले वनेको कांग्रेस-एमाले गठबन्धन सरकारलाई अनधिकृत ढंगले बनेको कठपुतली सरकारको संज्ञा दिंदै सरकार निर्वाचित नभई बाह्य शक्तिको आडमा बनेको प्रतिवेदनमा उल्लेख छ । ‘अहिलेको सरकार बाह्य शक्तिको उक्साहटमा बनेको कठपुतली सरकार हो’ प्रतिवेदनमा भनिएको छ । उक्त प्रतिवेदनमा सत्ताधारी दलहरूबीचमै आन्तरिक द्वन्द्व भएकाले वर्तमान सरकारको आयु लामो नहुने विश्लेषण गरिएको छ भने सरकारले अन्तरिम संविधान उल्लंघन गरेको र विदेशीको इसारामा चलेको आरोप लगाइएको छ ।

प्रतिवेदनमा तोकिएकै समयमा संविधान निर्माण गर्न र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन जननिर्वाचित सरकार नै आवश्यक पर्ने उल्लेख गरिएको छ । तर सरकार निर्माणका लागि भने सेनापतिका विषयमा राष्ट्रपतिको कदम सच्चिन अनिवार्य हुने वताइएको छ । आन्दोलनबाटै नागरिक सर्वोच्चता स्थापना गरी राष्ट्रिय सरकार वनाउनुको विकल्प छैन भन्दै राष्ट्रपतिको कदम सच्याउन सडक र सदनबाट आन्दोलन गर्ने तर यसबीचमा सहमति खोज्ने प्रयत्न पनि जारी राख्ने निती प्रतिवेदनले लिएको छ ।

पार्टी संगठनवारे विश्लेषणमा पार्टी एकीकरणपछि संगठन फराकिलो बन्दै गए पनि गुणको हिसाबले भने कमजोर हुँदै गएको टिप्पणी गर्दै शान्तिप्रकृयामा आएलगत्तै पार्टिको संगठनात्मक पद्धति खुकुलो हुँदै गएकाले संख्या बढ्ने, गुण घट्ने तथा कार्यशैलीमा अराजकता बढेको र कम्युनिस्टमा पार्टीमा हुने पार्टी पद्धति कमजोर हुँदै गएकोले पार्टीभित्र मजबुत एकता कायम राख्न अनुशाषनको लागी कडाइ गर्नुपर्ने उल्लेख गरिएको छ ।

संविधान निर्माण, शान्ति प्रक्रिया र राष्ट्रियतालाई प्रमुख मुद्दाका रूपमा अगाडि सारिएको यस प्रतिवेदनमा यी तीनवटै मुद्दाले मूर्तरूप पाउन नागरिक आन्दोलन जरुरी रहेको वताइएको छ । राष्ट्रपतिको कदम र सीमा अतिक्रमणविरुद्ध वामपन्थी र  देशभक्तबीच मोर्चाबन्दी हुनुपर्नेमा जोड दिंदै यसका लागि कांग्रेस, एमालेभित्रका देशभक्तका साथै तिनका भ्रातृ संगठनहरूसँग पनि संयुक्त मोर्चा बनाएर अघि वढ्नुपर्ने तथा नेपाली राष्ट्रियता संकटमा परेकोले राष्ट्रियताको आन्दोलन घनीभूत ढंगवाट अघि वढाउदा आन्दोलनबाटै राष्ट्रिय सरकारको आधार तयार हुने विश्लेषण प्रतिवेदनमा गरिएको छ ।

जनविद्रोह र जन संविधानका लागी मुलुकको वस्तुगत स्थिति तयार रहे पनि आत्मगत स्थिति भने अझै कमजोर नै रहेको मुल्यांकन गरिएको प्रतिवेदनले जनविद्रोहवाट नभइ संविधानसभा मार्फत् नै नयाँ संविधान निर्माण र शान्ति स्थापना गर्ने नीति तय गरिएको छ ।

प्रतिवेदनमाथि अन्य पोलिटव्युरो सदस्यहरूले टिप्पणी गर्ने क्रम जारि छ ।

 
१ टिप्पणी

Posted by on जुन 17, 2009 in HOME

 

One response to “माओवादीले जनविद्रोह र सत्ता कब्जा नगर्ने भो

  1. hamiNepali

    जुन 18, 2009 at 2:25 बिहान

    कसैले शंकै नगरे हुन्छ, वर्तमान समयमा माओवादी, नेपालको सबभन्दा सफल र सशक्त नेतृत्व भएको संगठित, अनुशासित र प्रभावशाली दल हो । माओवादीभित्रका जटिल समस् याहरू त्यसको नेतृत्वले अनौठो खुबीका साथ समाधान गर्ने गरेको छ । सशस् त्र विद्रोहमा संलग्न दल यति लामो समयसम्म नफुट्नु आफैँमा एउटा अतुलनीय उदाहरण हो । रवीन्द्र श्रेष्ठ र मातृका यादवहरूको पलायनले दलमा कुनै तात्त्विक असर पार्न सकेन । नारायणकाजी श्रेष्ठलाई पार्टीमा भित्र्याएर एकैचोटि संसदीय दलको उपनेता बनाउँदा पनि त्यसले दलीय अनुशासनमा कुनै असर पारेन । संविधानसभा निर्वाचनका बेला होस् या प्रचण्ड प्रधानमन्त्री हुँदा, सो दलभित्र कहिल्यै हास्यास्पद हानथाप देखिएन । देशको विकास गर्न सबभन्दा पहिले देश हाँक्छु भन्ने दल र त्यसका नेताहरूमा अनुशासन र प्रतिबद्धता चाहिन्छ । ती दुवै गुण मूलधारका राजनीतिक दलहरूमध्ये माओवादीमा मात्र देखिएको छ ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: