RSS

माओवादीले गरेको निर्णय उल्टियो

18 जुन

पुर्ववर्ति सरकारको हरेक निर्णयलाइ एकपछि अर्को गर्दै उल्टाउदै आएको वर्तमान सरकारको मन्त्रिपरिषद बैठकले राष्ट्रपति डा. रामवरण यादवले गरेको निर्णयलाइ संवैधानिक ठहर गर्दै माओवादी सरकारले प्रधानसेनापति रुक्माङग कटवाललाई बर्खास्त गर्न गरेको निर्णयलाई बदर गरी पुनर्बहाली गर्ने निर्णय गरेको छ ।

माओवादी सरकारले  हटाएपनि मध्यरातमा राष्ट्रपतिले कटवाललाइ पदमै वहाल रहन दिएको निर्देशनलाइ अविलम्ब फिर्ता लिन प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष अनुरोधका साथ पत्राचार गर्ने निर्णय गरेको थियो, बिहीबारको मन्त्रिपरिषद्ले त्यसलाई पनि उल्टाइदिएको छ ।
बैठकले माओवादी सरकारले कायममुकायम प्रधानसेनापति राखिएका कुलबहादुर खड्काको निर्णयलाई पनि फिर्ता गरेको सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले जानकारी दिए ।बिहीबारको बैठकले सरकारका प्रवक्तामा सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेललाई नियुक्त गरेको छ भने तराईमा रहेका विभिन्न सशस्त्र समूहलाई वार्तामा आउन आग्रह गदै शान्ति मन्त्री रकम चेम्जोङको संयोजगत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ भने अन्य वार्ता टोलीका सदस्यहरुको नामावली दिन बाँकी रहेको जनाएको छ ।

Advertisements
 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: