RSS

के गर्दैछन् ओली दिल्लीमा ?

18 Jun

kp oliनियमित स्वास्थ्य परीक्षणको लागि दिल्ली भ्रमणमा गएका एमाले नेता खड्गप्रसाद ओली त्यहां स्थित वरिष्ठ विषेशज्ञहरूमार्फत स्वास्थ्य सल्लाह लिंदैछन् । उनलाइ सल्लाह दिनेहरूमा हालसम्म भारतका विदेश सचिव एसएस मेनन, विदेश मन्त्री एसएस कृष्ण, विपक्षी दलका नेता लालकृष्ण आडवाणी लगायतका रहेका छन् भने वांकिसंग भेटघाटको कार्यक्रम तय हुंदैछ ।

भनिन्छ ओलीको वर्तमान दिल्ली भ्रमण नेपालका माओवादीलाई सक्रिय राजनीतिबाट एक्ल्याएर किनारा गर्ने रणनीति तय गर्ने उद्देश्यले अभिप्रेरित रहेको छ । यहीकारणले गर्दा नै ओलीले आफ्नो दलका अध्यक्षलाई वास्ता नगरेता पनि दिल्ली भ्रमणमा जानुपूर्व ओलीले गिरिजाप्रसाद कोइराला तथा सूर्यबहादुर थापासंग भने भेट गरेका थिए । भेटमा भारतीय पक्षले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा आक्रोस पोख्दा ओलीले धेरै दललाई मिलाउनुपर्ने भएको कारण केही ढिलाइ भएको र यसलाई अन्यथा रूपमा नलिन आग्रह गरेका थिए । सुपर्दगी सन्धिमा हस्ताक्षर गर्ने वातावरण मिलाउन ओलीलाई भारतीय नेताहरूले दिएको आदेश शिरोपर गर्ने भएका छन् ।

 भेटवाट प्रजातान्त्रिक मोर्चाको नाममा सञ्चालन गरिने माओवादी विरोधी अभियानलाई भारतको साउथ ब्लकको सहयोग जुट्ने पक्कापक्कि भएको छ । नेपालका लागि भारतीय राजदूत राकेश सूदले आफ्नो अन्तर्वार्तामा नेपालका माओवादीको खुलेर विरोध गर्नु त्यही अभियानको एउटा अंगको रूपमा लिएको छ ।

नेपालमा आफ्नो हित अनुकुलको कठपुतली सरकार गठन गर्न सफल भएपछि भारतीय विस्तारवादले सीमा अतिक्रमणदेखि लिएर सबै क्षेत्रमा आफ्नो हैकम लाद्ने काम जोडतोडले अगाडि बढाउन थालेको छ र यो कदमलाई निरन्तर रूपमा अगाडि बढाउने उसका गतिविधिले प्रमाणित गरिसकेको छ ।

नेपालको सिमानामा भारतले गरेको अतिक्रमण तथा सीमा क्षेत्रका बासिन्दालाई दिएको सास्तीको समाचारमा सत्यता नभएको भनी राष्ट्रविरूद्द काम गर्नेमा भारतभक्त दलालहरू सरकारमा छंदै छन् । 

ओलीले यस बाहेक भारतमा कुन-कुन डाक्टर संग भेट गर्ने हुन् र कस्तो स्वास्थ्य लिएर नेपाल भित्रिने हुन् त्यो त समयले नै देखाउला ।

 
१ टिप्पणी

Posted by on जुन 18, 2009 in HOME

 

One response to “के गर्दैछन् ओली दिल्लीमा ?

  1. gnaqtr

    जुन 18, 2009 at 1:02 बेलुका

    Oh OLI Lai Utai Goli khuwauna parne kina Nepal return garne ???

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: