RSS

अर्थमन्त्रीलाइ परिक्षामा चिट

18 Jun

विश्वविद्यालयमा अर्थशाष्त्रको अध्ययन गर्दै गरेका अर्थमन्त्री सुरेन्द्र पाण्डेले कस्तो वजेट ल्याउलान् ? सरकार बनेको दिनदेखि बन्द र हड्ताल बढेको वढ्यै छ, उद्योगधन्दा फस्टाउन सकिराखेको छैन, दैनिक उपभोग्य वस्तुको मूल्य उच्च दरले बढेको छ, यसवाट उद्योगपति तथा व्यापारिवर्गहरू आंशिक प्रभावित भएका छन् भने निम्न आयस्तरका जनताहरू पुर्ण प्रभावित भएका छन् । यस्तो अवस्थामा कस्तो वजेट ल्याइने हो, राहतका कस्ता अवधारणाहरू आउलान् ?  यो सवैको चासोको विषय भएको छ ।

झण्डै डेढ दशक अघि एमालेको नौ महिने शाषनकालमा ल्याइएको वजेटले राम्रै प्रशंशा वटुलेको थियो । त्यतिवेलाको वजेटले ग्रामीण क्षेत्रलाइ समेटेर ल्याएको वितरणमुखी कार्यक्रमले समग्रमा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भएपनि अहिलेको परिवर्तित परिस्थितिमा मुलुकको अर्थतन्त्रले कोल्टे फेरिसकेको हुंदा  त्यहि निति अहिलेको लागु हुनसक्ने अवस्था छैन । अघिल्लो सरकारमा बौद्धिक व्यक्तित्व डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा आर्थिक क्षेत्र उत्साहित भएको थियो, मुलुकको विषम राजनैतिक परिवेशका कारण सो वजेटले अन्य उल्लेख्य कार्य गर्न नसकेपनि वित्तिय अवस्थालाइ सुदृढ वनाउने कार्य भने सफलतापुर्वक सम्पन्न गरेको छ । तर त्यो नितीपनि भनाइ र गराइविचको अन्तरविरोधमा फसेकाले दीगो  हुन सकेन ।

तरल राजनैतिक अवस्था र अस्थिर अर्थनितिका कारण मुलुक झन् झन् गरिविको खाडलमा फसिरहेको छ । यसर्थ पार्टी कार्यकर्तालाई खुसी बनाउने भन्दापनि विगतको गलत परिपाटिलाइ तोड्दै दिगो विकासलाइ मुल लक्ष्य वनाइ वजेट ल्याउन सकेमा अहिले सम्मका फुच्चे अर्थमन्त्रीका रूपमा हेरिएका उनको उचाइ ह्वात्तै वढ्नेमा कुनै शंका छैन । यिनै कुराहरूलाइ मध्यनजर गर्दै अर्थशाष्त्रको  पहिलो परिक्षामा सामेल हुन लागेका अर्थमन्त्रिलाइ वुंदागत रूपमा यो चिट प्रष्तुत गरिएको छ , चोर्ने नचोर्ने उनकै हातमा — 

१) मुलुकको आर्थिक वृद्धिको मुख्य श्रोत लगानी प्रवर्धन नै हो । यसर्थ आन्तरिक पुंजीको परिचालन गर्दै उपलव्ध स्थानीय श्रोत साधन र उत्पादनशील जनशक्तिलाई स्वदेशी श्रम वजारमा खपत गर्न घरेलु तथा साना उद्योग, जडिवुटिजन्य उत्पादन तथा प्रशोधन, पशुपालन तथा दुध, मासु, अण्डा आदिको उत्पादन र व्यवस्थापनमा जोड दिने । साथै वाहृय पुंजिको लगानीलाई उचित ढङ्गवाट व्यवस्थापन गर्न एक छुट्टै लगानी प्रवर्द्धन वोर्ड गठन गरि  ठुला औद्योगिक विकास निर्माणका कार्यहरुमा मात्र वाहृय पुंजिको परिचालन गर्ने ।

२) उद्योगधन्दाहरुको विकास तथा विस्तार गर्न उर्जा सवैभन्दा प्रमुख श्रोत हो । तसर्थ स्थानीय स्तरमा साना तथा लघु जलविद्युत आयोजनाको विकासका लागी सामुहीक सहभागीतालाई प्रश्रय दिने खालका योजनाहरु ल्याउनुपर्ने देखिन्छ । यसका साथै ठुला आयोजनाहरुमा पनि सरकारी तवरवाट लगानीको वातावरण वनेमा गैर आवासिय नेपालीहरुवाट सहभागितामुलक शेयरका आधारमा लगानी  भित्र्याउने वातावरण वन्न सक्छ । त्यसैगरि उर्जाको अर्को श्रोतका रुपमा नविकरणीय तथा वैकल्पिक उर्जा प्रवर्द्धन वोर्डलाई थप अधिकार प्रदान गरि यस्ता उत्पादनमा अनुदान दिने निति ल्याईनुपर्दछ ।

३) मुलुक शिक्षा र स्वास्थ्यमा समयभन्दा निकै पछाडी परिसकेको छ । २१औं शताव्दिको अनुकुल शिक्षा प्रणाली लागु गर्न नसक्दा शिक्षण संस्थाहरु शैक्षिक वेरोजगारी वढाउने थलोको रुपमा चिनिन थालेका छन् । यसवाट प्रतिभा पलायनजस्तो विकराल स्थिति आउन थालीसकेको छ । यसर्थ यस्तो विकराल स्थितितर्फ समयमै सचेतता अपनाउदै प्राविधिक शिक्षाको विकास तथा वैज्ञानीक शिक्षाप्रणालीमा जोड दिईनु पर्दछ । यस अलावा मुलुकको तत्कालको आवश्यकतालाई परिपुर्ति गर्ने खालका जनशक्ति छिटो भन्दा छिटो उत्पादन गर्न सरकारी स्तरवाटै सिपमुलक र प्राविधिक शिक्षालयहरु खोलि प्रविधि र प्रतिभाको परिचालनमा जोड दिईनु पर्दछ ।

४) सरकारी कार्यालयहरुको वेरुजु , फजुल खर्च, वक्यौता रकम असुली, भ्रष्टाचार  तथा ढिलासुस्ति जस्ता क्रियाकलापहरु राष्ट्रिय समृद्धिको वाधक भएकोले यसको नियन्त्रणलाई कडाईका साथ पालना गराई सरकारी सेवालाई चुस्त र पारदर्शी प्रशाषनयन्त्रको रुपमा विकास गर्दै सरकारी कर्मचारीलाई जनताको सच्चा र ईमान्दार सेवकका रुपमा परिचित गराउनुपर्ने देखिन्छ ।

५) मुलुकको समग्र आर्थीक विकासका लागी विकास निर्माणका काम अघि वढाउनु अत्यावश्यक भएकाले  अनुत्पादक  रुपमा खेर गईरहेको नेपाली सेना तथा जनमुक्ति सेनाजस्ता कर्मठ र उत्पादनशील जनशक्तिलाई निश्चित कार्यक्षेत्र तोकी सडक निर्माण, सरकारि भवन तथा पुल पुलेसाहरुको निर्माणमा लगाउनु लाभदायक हुन्छ ।

६) शहरि क्षेत्रले सुचनाप्रविधिमा फड्को मारेपनि ग्रामीण क्षेत्र अझै पहुंच वाहिर रहेकाले यहांका सम्भावनाहरुले मुर्तरुप लिन सकिराखेका छैनन् । यसको एउटा नराम्रो पाटो हालै सरकारले ल्याएको स्वरोजगार कार्यक्रमकोलागी आवेदन विवरण भर्ने वेलामा सवैले देखेकै कुरा हो ।  विश्वव्यापीकरणको नारा अनुसार सिङ्गो विश्व एकै गांउको अवधारणा आएपनि शहर केन्दि्रत यो नारा नेपालको परिप्रेक्ष्यमा कोरा सपनामात्र भएको छ । तर यसलाई नेपाली परिवेश अनुसार गांउकेन्दि्रत योजनाको रुपमा विकास गरि अभियानकै रुपमा “मुलुकभित्रका सवै ठाउं – एउटै गांउ” भन्ने नाराका साथ एक वृहद योजना निर्माण गर्न सकेमा पिछडिएका गांउहरुलाई विश्वव्यापी पहुंच विस्तार गर्ने भरपर्दो उपाय हुनसक्छ । यदि विशेष तयारीका साथ यो योजना कार्यान्वयन गर्ने हो भने ग्रामीण सुचना प्रविधिमा मुलुकले एउटा फड्को मात्र मार्दैन विश्वमै अनुकरणीय उदाहरण पनि वन्न सक्छ । 

 
5 टिप्पणीहरु

Posted by on जुन 18, 2009 in BLOG

 

5 responses to “अर्थमन्त्रीलाइ परिक्षामा चिट

  1. सिताराम छत्कुली

    जुन 18, 2009 at 8:06 बिहान

    सँपादक ज्यु तपाइंको चिट चोर्लान् र अर्थमन्त्रिले ? खै मैले त पत्याइन ।

     
  2. Priya Shrestha

    जुन 18, 2009 at 1:05 बेलुका

    Khai maile ta patyaina. Sarkar nai phel hola jasto chha ke ko artha mantri lai cheat dine ???

     
  3. ARjun MAlla

    जुन 18, 2009 at 8:13 बेलुका

    मुलुकको तत्कालको आवश्यकतालाई परिपुर्ति गर्ने खालका जनशक्ति छिटो भन्दा छिटो उत्पादन गर्न सरकारी स्तरवाटै सिपमुलक र प्राविधिक शिक्षालयहरु खोलि प्रविधि र प्रतिभाको परिचालनमा जोड दिईनु पर्दछ, प्रतिभा पलायन रोक्नुपर्दछ ।
    यो तथ्यलाइ हरेक सरकार र जनताका नाममा राजनिति गर्ने तथा अाफ्नो राजनैतिक स्वार्थ पुर्ति गर्न सडकमा युवालाइ उफार्नेहरूले मनन गर्नैपर्ने कुरा हो ।

     
  4. MaYa BaSnEt

    जुन 19, 2009 at 8:14 बेलुका

    खै यस्ता सुझाव दिने, चिट चोराउने त धैरै नै होलान् जस्तो छ
    आफ्ना आसेपासेले भनेको मान्न छाडेर तपाइंकै पछि लाग्लान् र अर्थमन्त्री ?

     
  5. अनीता घले

    जुन 21, 2009 at 9:22 बिहान

    “बजेटमा धेरै कुराहरु समेटिएर आउन भन्ने अपेक्षाहरु धेरैका छन् तर हामी सवैका धेरै कुरा राख्न सक्ने अवस्थामा छैनौं । समावेशीको अवधारणालाई समेट्ने र राजनीतिलाई ठिक ठाउँमा राख्ने गरेर बजेट आउँछ।”
    यस वर्ष पनि शिक्षाका लागि प्राथामिकताका साथ बजेट विनियोजन हुनेछ तर रकम भने अत्याधिक नै रहनेछ, विद्यालय सुधार र दरबन्दी थप जस्ता कार्यक्रमका लागि शिक्षामा अधिक बजेट विनियोजन गर्नु पर्ने आवश्यता छ, विभिन्न विश्वविद्यालय स्थापना र प्रमाणपत्र तह विस्थापनमा पनि पैसा खर्च हुने भएकाले पनि शिक्षालाई धेरै बजेट पर्ने भएको हो ।
    यही असारको २५ या २६ गते नयाँ वर्षको बजेट आउने छ ।
    तपाइंका सल्लाह सुझावहरूलाइपनि हामीले मनन गरेका छों ।
    उहि अर्थमन्त्रि सुरेन्द्र पाण्डे ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: