RSS

भारतिय विदेश सचिव मेनन के सन्देश वोकेर आए नेपाल ?

20 Jun

प्रधानमन्त्री माधवकुमार नेपालको साथमा भारतका विदेश सचिव शिवशंकर मेनन ।

प्रधानमन्त्री माधवकुमार नेपालको साथमा भारतका विदेश सचिव शिवशंकर मेनन ।

बिहान ९:५५ मा त्रिभुवन विमानस्थलमा उत्रिएका भारतीय विदेश सचिव शिवशंकर मेननले शनिबार राष्ट्रपति रामवरण यादव, एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग छुट्टाछुट्टै भेट गरेका छन् ।

मेननले प्रधानमन्त्री माधव नेपाल नेतृत्वमा रहेको  वर्तमान सरकारलाई भारत सरकारको सक्दो समर्थन र सहायता रहने  बताएका छन् । दुई दिने नेपाल भ्रमणका लागि शनिबार बिहान राजधानी आइपुगेका उनले प्रधानमन्त्रीसँगको भेटमा नेपालमा शान्ति प्रक्रियालाई  टुंगोमा पुर्याउन भारतले सक्दो सहयोग गर्ने बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक घण्टा लामो भेटमा मेननले प्रधानमन्त्री नेपाललाई भारत भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री र मेननबीच नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल गर्ने सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् । ‘द्विपक्षीय हितका विषयमा छलफल गर्न’ आएका मेननले भेटमा सरकार गठनमा भइरहेको ढिलाइ, एकीकृत माओवादीको आन्दोलनले नेपालको संविधान निर्माण र शान्तिप्रकृयामा पार्ने प्रभावबारे प्रधानमन्त्रीसँग चासो व्यक्त गरेका थिए ।
गत मंसिरमा विदेशमन्त्री प्रणव मुखर्जीको भ्रमणको बेला संगै आएका मेननको विगत सात महिनामा यो तेस्रो नेपाल भ्रमण हो । पछिल्लो पटक उनले फागुन पहिलो साता आउंदा दलहरुको सहमतिका आधारमा शान्ति र परिवर्तनको जनचाहना पूरा गर्न आग्रह गरेका थिए । भारतीय दूतावासले मेननको यो भ्रमणलाई ‘नियमित उच्चस्तरीय भ्रमण’ भनेको छ ।
मेननले विशेषगरी प्रधानमन्त्री माधवकुमार नेपालको दिल्ली भ्रमणको तिथि र त्यसका एजेण्डाबारे नेपालका अधिकारीसँग छलफल गर्नेछन् । साथै उनले जारी शान्ति प्रक्रियामा ‘भारतीय दृष्टिकोण’ राख्ने स्रोतहरुले बताएका छन् । मेननसँगै भारतीय विदेश मन्त्रालय ‘साउथ ब्लक’ का नेपाल डेक्स प्रमुख सतिश मेहता पनि रहेका छन् ।
भ्रमणको एजेण्डा प्रधानमन्त्री नेपालको दिल्ली भ्रमणसमेत भएकाले उनले नेपाली अधिकारीसँग यसबारेमा पनि छलफल गर्नेछन् । दिल्ली भ्रमणमा द्विपक्षीय सम्बन्धका बारेमा थाती रहेका विषयमा छलफल हुनुका साथै नेपाल-भारत व्यापार सन्धि नवीकरण हुने बताइएको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै नेपाललाई भारतीय समकक्षी मनमोहन सिंहले दिल्ली भ्रमणका लागि राजदूत राकेश सुदमार्फत् आमन्त्रण गरेका थिए । नेपाललाइ भारतीय पक्षले ११-१३ असारमा भ्रमण गर्न प्रस्ताव गरे पनि मितीभने तय भइसकेको छैन । तर दुवै देशका अधिकारीहरुले असार पन्ध्रभन्दा अगावै भ्रमणका लागि तयारी गरिरहेका वताइएको छ । नेपालको दिल्ली भ्रमण गत वर्ष तत्कालीन प्रधानमन्त्री प्रचण्डको दिल्ली भ्रमणकै बेला भएका सम्झौता र सहमति कार्यान्वयनमा बढी केन्द्रित हुने बताइएको छ ।

मेननले उपप्रधानमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री भीम रावल, परराष्ट्र मन्त्री सुजाता कोइराला, रक्षामन्त्री विद्या भण्डारी र परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यसँग भने आइतबार भेट्नेछन् । मधेसी जनाधिकार फोरमका नेताहरु, तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभावना अध्यक्ष राजेन्द्र महत्तोसँग पनि भेट गर्नेछन् ।
गृहमन्त्री रावलसँग मेननले नेपाल-भारत सुपुर्दगी सन्धि र विवादास्पद सीमा अतिक्रमणबारे छलफल हुने बताइएको छ ।
यसैविच नेपालको दुई दिने भ्रमणका लागि शनिबार बिहान काठमाडौं आइपुगेका भारतीय विदेश सचिब शिवशङ्कर मेननलाई एकीकृत नेपाल राष्ट्रिय मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । बिहान दश बजे अन्तराष्ट्रिय विमानस्थलको मुख्य गेटमा मोर्चाका कार्यकर्ताहरुले भारतीय हस्तक्षेपको बिरोध र ग्रेटर नेपालको पक्षमा मेननलाई कालो झण्डा देखाएको बताए ।

कालो झण्डा देखाउनेक्रममा प्रहरीले हस्तक्षेप गरी मोर्चाका अध्यक्ष एवम् ग्रेटर नेपाल अभियानका अगुवा फणिन्द्र नेपालसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा उपाध्यक्ष बिएन शर्मा, सचिब सुजित केसी, सदस्य अनिल योगी र अरुण पोख्रेल (नेपाली) रहेका मोर्चाका अध्यक्ष नेपालले जानकारी दिए । पक्राउ परेका सबैलाई तीनकुने प्रहरी कार्यालयमा राखिएको वताइएको छ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: