RSS

पीत पत्रकारीताको यो नमुना

22 Jun

भारतीय पक्षवाट निरन्तर सिमा क्षेत्रका नेपाली वासिन्दामाथी हुंदै आएको ज्यादती सहन नसकी स्थानीय वासिन्दाहरु वर्षौंदेखी वसिआएको आफ्नो थातथलो छाडेर दाङ्गको सतवरिया स्थित कर्री सामुदायीक वनमा आई वसेको घटना आम नेपाली जनतामा ष्पष्ट भईसकेको छ । तर आफुलाइ ठुलो मिडिया हाउस दावी गर्ने एक पाक्षीक खवरपत्रीकाले सो घटनालाई माओवादी योजनामा  भन्ने शिर्षक दिइ सम्प्रेषण गरेको एक रिपोर्ट पढेपछि सो पत्रिकाले भन्ने गरेको राष्ट्रियता र समाचारको निष्पक्षतामाथी नै दया लागेर आयो । उक्त रिपोर्टमा भारतीय राजदुत राकेश सुद र उनकै अनुयायी तथा वर्तमान कठपुतली सरकारकी परराष्ट्र मन्त्री समेत रहेकी सुजाता जोष्टकै शैलीमा यो घटना एनेकपा माओवादीद्धारा प्रायोजित भारत विरुद्धको षडयन्त्र हो भनीएको  रहेछ । सो रिपोर्ट अनुसार यो घटना भारतविरुद्धको योजनावद्ध प्रहार र दुइ देशविचको सुमधुर सम्वन्धमा खलल पुर्‍याउने प्रयास मात्र हो । स्थलगत भनिएको उक्त रिपोर्टमा लेखिएको छ –  

” ……. वनक्षेत्रमा आएका राजपुरवासीले भारतीय सुरक्षाकर्मीले लखेटेकाले गाउँ छाड्नु परेको बताएका थिए । तर पछिल्लो समय भारतीय सुरक्षाकर्मी वा नागरिकबाट दाङका सीमावर्ती गाउँमा कुनै अप्रिय घटनाको खबर नआएको हालै सीमावर्ती खाङ्ग्रा नाका पुगेर आएका जिप्रकाका कानून अधिकृत उमाकान्त पौडेल बताउँछन् । उनी भन्छन्, विगतमा भारतीय पक्षबाट ज्यादती भएको गुनासो आएपनि पछिल्लो समय त्यस्तो केही भएको पाइएन ।उनको भनाइमा राजपुरका नाकावासीलाई भारतीय सुरक्षाकर्मीले लखेटेको पनि पुष्टि भएन ।”

यो  उद्धरणले के भन्न खोजेको हो ? वर्षौंदेखी प्रताडित जनतामाथि भारतीय अत्याचारले सीमा नाघिसक्दा वास्ता नहुने, जनताहरु विस्थापीत भएर त्यत्रो हलचल आउंदापनी कुनै खवर नपाउने कानुन अधिकृतको जानकारिमा उल्लेखित पछिल्लो समय भनेको कुन समय हो ? मलाई त ठम्याउनै गाह्रो पर्‍यो ।

जनताका काम गर्नुभन्दा नेताका पछि दगुर्ने र चाकडिकै भरमा जागिर जोगाउने वांदरे प्रवृत्तिका यस्तै केहि राष्ट्रघाती कर्मचारीहरुका कारण मुलुकमा जति आन्दोलन भएपनि व्यवस्था परिवर्तनको रटो जति लाएपनि जनताले कुनै परिवर्तनको आभाष पाउन नसकेका हुन् ।  आफुलाइ राष्ट्र र जनताको सेवक होइन, केवल नेता र सरकारको सेवक ठान्ने  वानीका कारण मुलुकको कर्मचारितन्त्र धराशयी वन्दै गएको छ भने जनविश्वासपनि गुमाउदै गएको छ । यसै कारण सच्चा राष्ट्रसेवक कर्मचारिले समेत शिर निहुराउनुपर्ने वातावरण वनिरहेको छ । राष्ट्रियतालाइ विदेशीको सामु समर्पण गर्न उद्दत यस्ता गिरोहहरुको परिचालन गरेर भारतीय विस्तारवादले आफ्नो गलत हर्कतलाइ  वैधानकिता दिने गरेको सत्य सवै नेपालीले नवुझेका पनि हुनसक्छन् तर  मुलुकको राजनितीलाइ अस्थिर वनाइ नेपाली भुमीमा पटक पटक भारतले देखाएको ताण्डव नृत्य सर्वविदितै छ । जनताले तिरेको करवाट शहरमा रजाइं गर्न पल्केकाहरुलाइ जनताका वास्तविक पीडाको कुनै वास्ता छैन, तर कसैले जनताका आवाज वोलेमा टाउको दुखाइको विषय वन्छ । आफुलाई नेपाली हुं भन्ने तर नेपाल र नेपालीको सार्वभौमिकतामाथी नै खेलवाड गर्ने यस्ता नमकहराम तत्वहरुलाई कस्तो कारवाही गर्ने हो त्यो अव जनताले छिट्टै निर्णय गर्नुपर्ने हुन्छ । 

विगतका दिनहरुमा जनताका नाममा राजनिती गर्नेहरुले जनतालाइ केवल भोट वैंक ठाने, त्यतिवेला जनताको महत्व कमसेकम चुनावमा मात्र भनेपनि हुन्थ्यो तर अहिले जनमतको पनि कुनै महत्व हुन छाडेको छ ।जो जनतावाट वढि तिरस्कृत छ, उसैलाइ खोजी खोजी भारतीय प्रभुहरुले देश चलाउने ठेक्का दिन थालिसकेका छन् । नेपाली स्वाभिमानमाथीको यो भन्दा ठुलो हस्तक्षेप अरु के खोज्ने ?

 

सो पत्रीकाले आफ्नो रिपोर्टलाई सत्य सावित गर्न प्रस्तुत गरेको अर्को हास्यास्पद तर्क यस्तो छ –

” नेपाली काङ्ग्रेसका कोइलाबास गाविस प्रतिनिधि पुरनचन्द्र शर्माको भनाइमा भारतीय अत्याचारको हल्ला चलाएर मावादीले दुई देशबीचको सम्बन्ध बिगार्न र सरकारलाई असफल बनाउन खोजिरहेका छन् । उनी भन्छन्, अतिक्रमणकै नियत हो भने त सीमावर्ती क्षेत्रबाट जनतालाई बसाइँसराइ गराएपछि भारतलाई त्यसो गर्न झ्न् सजिलो वातावरण बन्छ । यहाँ जनता भएनन् भने भारतले यहाँको ढुङ्गा, वन सम्पदामा लुट मच्चाउँछ र सीमा स्तम्भ पनि सार्छ ।

विस्थापित भएकाहरू आफैं चाहिँ सीमावर्ती गाउँहरूबाट १५ देखि २० जेठसम्म भएको घटनाक्रमलाई अधिकारको लडाइँ भन्छन् । वर्षौंसम्म बस्दा पनि जग्गाको लालपुर्जाका साथै स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी जस्ता आधारभूत सुविधा केही नपाएकाले सीमावर्ती गाविसका जनतामा व्याप्त नैराश्यतालाई मावादीले आफ्नो राष्ट्रियताको राजनीतिसँग जोडेर अघि बढायो ।”

भारतीय विस्तारवादको पृष्ठपोषण गर्नेगरि संप्रेषीत यो समाचारमा माओवादीले उठाएका हरेक जनहितकारी र सार्वजनीक महत्वका मागहरु गलत र राजनैतिक स्वार्थवाट नै अभिप्रेरित हुन्छन् भन्ने कुरा देखाउन खोजिएको छ ।

यहां सवाल माओवादीको समर्थन वा विरोधको मात्र होईन राष्ट्रियता, मुलुकको सार्वभौमीकता र जनजिविकासंग प्रत्यक्ष जोडिएको घटना हो यो । यस्ता घटनामा समाजको सुचनावाहक र चौथो अंग भनिनेहरुले विदेशी अतिक्रमणकारी र राष्ट्रघातीहरुसंग मिलेर नुनको सोझो गर्न यसरि गलत र भ्रामक समाचार सम्प्रेषण गर्न लाग्ने हो भने तिनीहरुलाई आफु यो देशको नागरिक हुं भन्नपनि लाज लाग्नुपर्ने हो ।

हामीकहां प्रेस स्वतन्त्रताको खुवै चर्चा हुने गर्दछ तर एउटा स्वतन्त्र संचार माध्यमले निभाउनुपर्ने भुमीका के हो भन्नेतर्फ भने धेरैमा जिम्मेवारीवोध देखिदैन । जे मनमा आउंछ त्यहि लेख्नुलाई स्वतन्त्रता भन्न मिल्दैन, यो त केवल अराजकता मात्र हो । आफ्नो अनुकुल मिले सवै जायज र प्रतिकुल भए नाजायज भन्ने प्रवृत्ति नत्यागेसम्म राष्ट्रियताको नारा जति फलाकेपनि हातलागी केवल शुन्य नै हुन्छ । त्यसैले अन्य मतभेद विर्सेर कमसेकम राष्ट्रियताको सवालमा चाहिं एकजुट हुन सिकौं, तवमात्र सार्वजनीक मिडियाको पनि सार्वजनीक महत्व हुनेछ । स्वतन्त्र पत्रकारिताको नाम वेचेर पीत पत्रकारिता गर्ने अधिकार यहां कसैलाई पनि छैन । सम्वन्धित मिडियालाई चेतना भया ।

 
6 टिप्पणीहरु

Posted by on जुन 22, 2009 in HOME

 

6 responses to “पीत पत्रकारीताको यो नमुना

  1. Ramita

    जुन 22, 2009 at 1:44 बेलुका

    Tyo reporter lai pani Bharatiya sud / Menan le dherai nai thulo bito diya holan ni ?

     
  2. आशीका शर्मा

    जुन 23, 2009 at 7:05 बिहान

    राज्यको चौथो अंग सञ्चार क्षेत्र भएकाले पनि जनताको पक्षपोषण त्यसको मूलधर्म हो । त्यो दल, सभासद् या सांसदजत्तिकै जनप्रतिनिधि हो । पार्टी, सांसद र पत्रकारको भूमिका उत्तिकै जिम्मेवार हुन्छ जनताको सन्दर्भमा ।
    तर यस्तो महत्वपुर्ण निकायको यसरि दुरूपयोग हुनु र जथाभावि जनताको मानमर्दन हुनु पक्कैपनि दुःखको कुरा हो ।

     
  3. Jasmine Chhetri

    जुन 23, 2009 at 9:17 बिहान

    प्रभुका दुत शिब संकर मेनन र राकेश सुदका तमाशेहरुलाई राष्ट्रियताका बारेमा जति पाठ पढाए पनि व्यर्थ हुन्छ । पैसाको लोभमा हिजो पनि बिकेका थिए र आज पनि बिकेका छन् । त्यस्ता पित पत्रकारिता र सम्बन्धीत रिपोर्टहरुलाई भण्डाफोर गर्दै बास्तबिक न्यायका निम्ति आवाज बुलन्द गर्नु अन्य पत्र पत्रिकाको मुख्य भुमिका हुन्छ ।

     
  4. rAj mAhAto

    जुन 24, 2009 at 8:09 बिहान

    दृष्य अदृष्य स्रोतबाट सञ्चालित वीग हाउस मिडिया र कथित् स्वतन्त्र, व्यवसायिक पत्रकारहरु नेपालको स्वाभिमान र नेपाली जनताको पीडामा राकेश सूद र सुजाताले अपमान गर्दा आंखा चिम्लन्छ, नागरिक सर्वोच्चतामाथि रामवरणले तरबार चलाउादा पीठ्यूं फर्काउंछ, कटवालले शान्ति प्रक्रियालाई चुनौति दिंदा झुलेर बस्छ, विद्या भण्डारी र माधव नेपालले न्यायालयमा विचाराधीन विषयमा बोल्दा, निर्णय गर्दा मुखमा सातु हुलेको छ । त्यो जमातलाई यतिबेला लेख्न र बोल्नको लागि सामग्रीको खडेरी छ किनकि यतिबेला प्रचण्डको छोराले रक्सी खाएको छैन । प्रचण्डले लाख वा हजारको पलङ किनेका छैनन् । हिसिला यमीले कर्मचारी नियुक्ति गरेकी छैनन्, बाबुराम र बादलले टाई बांधेका छैनन्, वाइसिएलले घर कब्जा गरेका छैनन्, किरणले छट्टै दस्तावेज पेश गरेका छैनन् । माओवादीहरु खरीपार्टीमा बाझाबाझ गरेका छैनन् र यतिबेला माओवादीहरुले एकै रंगको कालो टोपी पनि लगाएका छैनन्, अनि के लेखून, के बोलून विचरा स्वतन्त्र व्यवसायिक पत्रकारहरु ? 

     
  5. जिवनप्रेम

    जुन 25, 2009 at 7:41 बिहान

    पत्रकारिताका यस्ता कलंक हरूलाइ के भन्नु र खै ……

     
  6. जस्मीना

    जुलाई 8, 2009 at 8:41 बिहान

    यिनलाइ तपाइंको त्यो पत्रकारिताको पाठ एकपल्ट पढाउनै पर्ने भयो नि

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: