RSS

संविधानसभामा साँस्कृतिक र सामाजिक ऐक्यबद्धता समितिको मस्यौदा प्रस्तुत

22 Jun

संविधानसभाको सोमबारको बैठकमा  साँस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समितिका सभापति नवोदिता चौधरीले बैठकमा सो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सभापति चौधरीले प्रतिवेदन प्रस्तुत गर्दै मुलुकमा मौजुदा तमाम जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय र भौगोलिक क्षेत्रका नेपालीलाई बिनाभेदभाव समान रुपमा विश्वव्यापी मानवीय मूल्य मान्यतामा आधारित प्रजातान्त्रिक अधिकारको सुनिश्चित गर्न सङ्घीय शासन प्रणाली सफल हुने विश्वास व्यक्त गर्नुभयो ।  
प्रस्तुत अवधारणापत्रमा उल्लिखित सशस्त्र द्वन्द्व शब्दको सट्टा जनयुद्ध राख्नुपर्दछ भन्ने एकीकृत नेकपा माओवादी सम्बद्ध सो समितिका सभासद्हरूको प्रस्ताव अस्वीकृत भएको थियो ।  
यसैगरी सरकारी कामकाजको भाषा देवनागरी लिपिमा हुने प्रस्ताव प्रति फरक मत राख्दै तराई मूलका केही सभासद्हरूले केन्द्रीय सरकारको सरकारी कामकाजको भाषाका रुपमा देवनागरी लिपिका खस र हिन्दी भाषालाई पनि समावेश गर्नुपर्ने माग गर्नुभएको थियो ।  
सभासद् लीलाकुमारी बगाले (सोमई)ले प्रतिवेदनमा शिक्षा र आदिवासी जनजातिसम्बन्धी हकमा परिमार्जनको मागसहित फरक मत राख्नुभएको छ।  
सभाअध्यक्ष सुवास नेम्बाङले सो प्रतिवेदनमाथि यही असार ११, १२, १४, १७ र १८ गते दलीय आधारमा संविधानसभाको बैठकमा छलफल हुने जानकारी दिनुभयो ।  
संविधानसभाको अर्को बैठक आगामी असार ११ गते बिहीबार ३:०० बजे बस्ने वताइएको छ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: