RSS

प्रदीप नेपाललाई खुल्लापत्र

23 Jun

आदरणीय प्रदीप नेपाल ज्यू ,

अभिवादन ।

यो दूरदेशवाट तपाईंलाई संझनैपर्ने त्यस्तो विशेष त केहि थिएन,  तरपनि राष्ट्रियता जताततै दुखेको वेलामा भर्खरै तपाईको एउटा लेख पढें, नयां पत्रीकामा । त्यहां पोखिएका तपाईका राष्ट्रवादी (?) चिन्ताहरु पढे, दशकौंदेखि वामपन्थि राजनितिमा लागेर तपाईंले आर्जन गर्नुभएको विद्धता पढें अनि केहि नलेखि रहन यो मनले धरै दिएन । तसर्थ यो सानो झिल्को तपाईंतिर तेर्‍स्याउदै छु , अलिकति पोलेमा नडराउनुहोला ।

पहिलो कुरो त तपाईलाई यतिका राष्ट्रिय अन्तर्राष्ट्रिय संचारमाध्यम हरुको स्थलगत र प्रत्यक्ष रिपोर्टिङ्गका सट्टा एउटा गजेन्द्र वोहराकै रिपोर्टिङ्ग मन परेकोमा मलाई खुसीको अनौठो अनुभुती भयो । किनकी तपाईंको लेख पढिसकेपछि कमसेकम तमाम नेपाली जनतालाई  अझैपनि गुमराहमा राखी भारतीय प्रभुसामु खुसामद गर्ने तपाईं र तपाईंको कथित वामपन्थि पार्टिलाई जनताले नग्न रुपमा देखे भन्ने लाग्छ भने वोहरालेपनि तपाईंहरुलाई नै मनपर्ने गरि त्यो रिपोर्ट तयार गरेको थियो भन्नेमा अव कसैलाई शंका गर्ने ठाउं वांकी रहदैन जस्तो लाग्छ ।  प्रतिकृयावादी दलालहरु र क्रान्तिकारि पंक्तिवीच तिव्र धु्रविकरण हुन लागेका वेला क्रान्तिकारि शक्तिमाथी यस्ता तत्वहरु एकजुट भै खनिनु एक हदसम्म स्वाभाविकै पनि हो । भारतीय विस्तारवाद र त्यसले नेपाली भुमीमा विगतदेखि नै गर्दै आएको ज्यादतिवारे चुपचाप रहने सर्तमा भारतीय प्रभुहरुकै कांधमा वसेर सत्ताको खुड्कीलो चढ्र्दा तपाईंहरुलाई कुनै जनमत नचाहिएपछि भारतको विरोध गरेर कसैले जनताको कुरा गर्दा रिस उठ्नु स्वाभाविकै पनि हो । जनताले नपत्याएपनि प्रभुको अनुकम्मपावाट सत्ताको रसास्वादन गर्न पाईरहेका वेला फेरि यो जनता नामको घांडो अघि सर्दा चित्त नवुझ्नु नौलो होईन तर यस्तो नमकहराम र कठपुतली पाराले कतिञ्जेल सत्तामा टिकिएला र नेता ज्यू ?

 

भारतले सिमा मिच्यो भन्दै गर्ने, ज्यादति गरेको छ भन्दै गर्ने तर त्यसको विरोध गर्नुपर्ने ठांउमा ”त्वं शरणम्” गर्ने परिपाटीलाई अझै कतिञ्जेल  निरन्तरता दिनुहुन्छ ? राष्ट्रियताका कुरा उठाउदा तपाई त्यसलाई आफ्नो हितमा मान्छे वेचेको देख्नुहुन्छ तर आत्मस्वाभीमान र राष्ट्रिय सिमा नै वन्धक राखेर तपाईं गौरवका साथ भन्दै हुनुहुन्छ – ”म स्वतन्त्र देशको स्वाभीमानी नागरिक हुं ।”  यो तपाईंको कस्तो वौद्धिक दरिद्रता हो ? तपाईं सिमा मिचिएको कुरा पनि गर्नुहुन्छ, भारत सामु प्रमाणसहित दवावमुलक कार्य गर्नुपर्छ पनि भन्नुहुन्छ, यदि त्यसो हो भने यसलाई व्यवहारमा पनि त उतार्नै पर्ला अहिले त तपाईंकै पार्टिले सरकार हांकिरहेको छ, भारतीयको प्यारो पनि छ, के तपाईं पार्टिभित्र त्यस्तो आवाज उठाउन सक्नुहुन्छ ? सक्नुहुन्छ भने आफैंले काम गरेर नै देखाई दिनुस् हैन भने जनताले ज्यादति सहन नसकेर विद्रोहमा उत्रदा र त्यसलाई अर्कोले ठिक हो भन्दैमा तपाईंलाई यतिसारो टाउको दुखाई किन ? तपाईं सम्वन्धित ठाउंमा पुगेरपनि मौनता सांध्नुहुन्छ, समाधान खोज्ने प्रयास नगरि सहमति गर्नुपर्छ मात्रै भन्नुहुन्छ भने नेपाली जनता तपाईंको मौन सहमतिमा संधै चुप लागेर वस्ने छैनन् । एकदिन सिमावाट हरेकले हात हातमा खुर्पा, वञ्चरो र भाला वोकेर उत्रनेछन् भारतीय ज्यादतिको विरुद्धमा त्यतिवेला तिनले तपाईं जस्ताको पनि चिनो वांकि राख्ने छैनन् । यो कुरा वेलैमा सोच्नु जरुरी छ ।

अरुपनि धेरै भन्ने मन थियो तर जति पढाएपनि सीता कसकी जोईं ? भन्ने सिद्धान्तवाट अभिप्रेरित तपाईंहरुलाई राष्ट्रियता र जनताका कुरा सुन्नासाथ रौं कम्पन शुरु हुन थाल्छ रे भन्ने सुनेको छु त्यसैले धेरै दुःख दिन चाहन्न पछि फेरि यस्तै मौका मिलेमा भेट्दै गरौंला । अहिलेलाइ जय हिन्दसलाम ।

 

उहि  परदेशी नेपाली

अवसर चौहान

दोहा, कतार ।

इमेलः absr4all@yahoo.com.

 
4 टिप्पणीहरु

Posted by on जुन 23, 2009 in HOME

 

4 responses to “प्रदीप नेपाललाई खुल्लापत्र

  1. sagar pundit

    जुन 24, 2009 at 8:12 बिहान

    Yinle Pani Paile Pita Patrakarita Garthe Aile Pita Rajnati Gardai chhan Yestako Pachhi lagera hUDAINA Desh Jogauna Sabai Ek jut Hunai Parchha.

     
  2. laxmiacharya

    जुन 30, 2009 at 9:13 बिहान

    Yi Uml ka Pendulam Neta le j bhane pani Kehi Lachharpato lagdaina .
    Kukur Bhukdai Garchha, Pina Sukdai Garchha.

     
  3. विश्व

    जुन 30, 2009 at 9:17 बिहान

    हाइ वरा यि एमालेका पिडित नेता हुन् खाली ठुलो भाग खोज्दा खोज्दै पेण्डुलम भैसके यिनलाइ पनि गरिखान दिनुस न यार । अहिले नै यसरि खोइरो खन्न थाले त यिनी हल्लन पनि नसक्लान नि ।

     
  4. laxmi nakarmi

    जुलाई 1, 2009 at 8:13 बेलुका

    Pradip Nepal ko barema Kati lekhnu hou?Unka salo le miti puryi dela ni,Chakre Milan Ka vena hun yini.Manchhe chinera matri….

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: