RSS

माओवादी भारतमा आतंककारी घोषीत

23 Jun

बामपन्थी दलहरुको समर्थनबिनै कांग्रेसको नेतृत्वमा सरकार बनेको एक महिनापछि भारतको केन्द्रीय सरकारले विद्रोही माओवादीलाई आतंकवादी संगठनको घोषणा गर्दै औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ ।

भारतको प्रमुख माओवादी संगठन भारतीय कम्युनिष्ट पार्टी माओवादीलाई गैर कानुनी गतिविधि रोकथाम कानुनअनुसार आतंककारी सूचीमा सूचीकृत गरी प्रतिबन्ध लगाइएको हो ।

यो निर्णयले हि‌सात्मक गतिविधिमा सक्रिय नभएका माओवादी पार्टीका सदस्यलाई पनि सुरक्षा अधिकारीले पक्राउ गर्न सक्छन् । विद्रोहीबिरुद्धको संघर्ष अहिलेसम्म राज्य प्रहरीले मात्रै गर्दै आएको थियो तर यस घोषणाले भारतको पूर्वी मध्य तथा दक्षिणी क्षेत्रमा फैलिदै गएको माओवादी विद्रोहीविरुद्धको संघर्षका लागि राष्ट्रिय सेना परिचालन गर्ने वाटो खोलिदिएको छ । यससंगै भारतका ३४ वटा संगठनलाई आतंकवादी संगठन सूचीमा राखिएको छ ।

प्रधानमन्त्री मनमोहन सिंहले माओवादीहरुलाई भारत स्वतन्त्रपछिको सबैभन्दा ठूलो आन्तरिक सुरक्षा चुनौती रुपमा ब्याख्या गर्दै आएका छन् ।
भारतमा प्रभाव विस्तार गर्दै आएको माओवादीले कोलकाताबाट १ सय ७० किलोमिटर दक्षिणमा पर्ने लालगढ नगरलाई एक साताअघि मुक्त क्षेत्र घोषणा गरेका थिए । यसै विषयलाई लिएर सुरक्षाकर्मी र लडाकुबीच लालगढ क्षेत्रमा संघर्ष हुँदै आएको छ । माओवादीले लालगढमा सुरक्षाकर्मी कारबाहीको विरोधमा सोमबार र मंगलबार पाँच राज्यमा दुईदिने बन्द आह्वान गरेका छन् ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: