RSS

यौटा कटु यथार्थ … …

24 Jun

       – प्रमोद खनाल 

मुलुकमा दैनिक हत्या हिंसा वढिरहेको छ, चोरी अपहरण लगायतका आपराधीक क्रियाकलाप दिनानुदिन मौलाईरहेको छ । शान्ति सुरक्षाको स्थीति नाजुक वन्दै गएको छ भने राज्यको उपेक्षा र गरीवीको चपेटामा मर्माहित नेपाली जनता विदेशी अतिक्रमणको पिडाले समेत आक्रान्त भएका छन् । विश्वमा शान्ती क्षेत्र भनेर चिनिने देश नेपाल हालका दिनहरुमा सत्ताका  हिमायतीहरुको घृणित स्वार्थका कारण विश्वकै अशान्त र गरिवीको पर्यायका रुपमा चित्रण भईरहेको हामी देख्न सक्छौ । देशको शाषकीय वागडोर सम्हाल्ने होडवाजीमा राजनितिक दलहरु नागरिक सरोकार र जनचाहनाका विषयलाई एकातिर मिल्काएर स्वार्थलोलुपताले प्रेरीत वन्दै एक अर्कामा खुट्टा तानातानको घृणित राजनितिक खेलमा लाग्नु र यहि घृणित आहालमा पौडीरहनु यसको ज्वलन्त उदाहरण हो । स्थापनाकाल देखिनै विस्तारवादको गिद्दे नजर परीरहेको नेपालमा आफ्नो हितानुकुल समयको पर्खाईमा रहेको विस्तारवाद र विश्वलाई नै आफ्नो अधिनमा राख्न चाहने साम्राज्यवादको नाङ्गो हस्तक्षेपको वढ्दो मात्रा हेर्ने हो भने आगामी दिनमा नेपाली जनताले नेपाली पहिचान वोकेर वांच्न गाह्रो पर्ने कुरा पक्का पक्की हुदै गएको छ । साम्राज्यवाद र विस्तारवादको तलुवामा आफ्नो अस्तीत्व देख्नेहरु सरकारमा वहुमतको खोल ओडेर स्वाभीमानी नेपाली जनताहरुलाई छकाईरहेका छन् । आफ्नो अस्तीत्वलाई वचाउन कुनैपनि निच कार्य गर्न तत्पर रहने ति राजनितिक दलहरुले विभिन्न वहानामा नेपाली जनतालाई सदैव धोकाको भुमरीमा पारिरहेका छन् ।

अहिले विदेशी साम्राज्यवादको कठपुतली र यथास्थितिवादको छोटे तानाशाहहरु वाट फेरी पनि नेपाल र नेपाली जनताको भावनामा तिखो संगिन प्रहार गरिएको छ । नेपाली जनताले इतिहासको गौरव, १० वर्षे शशष्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनवाट फासिस्ट तानाशाह र आततायी वंशको हालीमुहाली समाप्त गरेपनि वचेखुचेका छोटे तानाशाहहरु फेरी मृतात्मा व्युंताउने पतित कार्यमा लागीपरिरहेका छन् । विस्तारवादको वफादार पाल्तु नेपाली कांग्रेस र उसको पुच्छर वनेर आफ्नो प्राण धानिरहेको कम्युनिष्ट नामको कलंक एमालेले पुनः नेपाल र नेपालीको अस्तित्वलाई नामेट पार्न कम्मर कसेर लागीपरीरहेको यथार्थ हालै विकसित घटनाक्रमले चित्रण गरेको छ ।

भेंडा भेंडासंग वाख्रा वाख्रासंग भनेझैं अहिले मुलुकमा यथास्थीतिवादी र अग्रगामी धारविच नागरिक सर्वोच्चताका विषयमा आआफ्नो कित्ता छुट्टिदै गएको छ । संविधान सभाको चुनावपछिका दिनहरुमा मुलुकले अग्रगामी छलाङ्ग मार्ने आशामा रहेका नेपाली जनतालाई लोप्पा ख्वाउंदै सिमित व्यक्तिहरुले राष्ट्र र राष्ट्रियता विपरित नितान्त व्यक्तिगत र निच स्वार्थवाट चुनावको अस्तीत्व नै नामेट हुने गरी खिल्ली उडाई दिए । चुनावको वास्तविक परिभाषावाट निकै पर क्षितिजमा विलाएको एमाले हाल सरकार संचालनको अग्रमोर्चामा छ । निर्वाचन परिणाममा जनताले धुलो चटाई दिएको लज्जास्पद ईतिहास ताजै छ तर संविधान सभाको चुनावले पातालमा पुर्‍याएको स्थीति विर्सेर एमालेले दलगत अहंकारले प्रेरित वन्न खोज्नु आफैमा लाजमर्दो कार्य हो । आगामी दिनमा नेपाली जनताको सार्वभौमीकता कस्तो तवरले सुरक्षित वन्ला भन्ने कुरापनि यसैवाट प्रस्ट हुन्छ । तर विस्तारवादको ईशारामा मुलुकलाई यथास्थीतिवादमै जकडिराख्न यो सरकारले निकै राम्रो पुलको काम गर्ने भने निश्चीत छ । यस कुरालाई प्रष्ट्याउने गरि हालै विस्तारवादले नेपालका विभिन्न ठांउमा गरेको सिमा आक्रमणमा सरकारको नपुंसकता देख्न पाएका छन् नेपाली जनताले । उचित अवसरको पर्खाईमा रहेको विस्तारवादले जव आफ्नो ईशारामा चल्ने कठपुतली सरकार गठन गर्न सफल भयो, तव आफ्नो सिमा विस्तारको अभियान सुरु गर्‍यो । यता एमाले गठवन्धनको सरकारलाई शपथको हतारोसंगै भारतीय प्रभुहरुलाई पनि सीमा विस्तारको चटारो पर्‍यो ।

राजनितिक दलहरु विगतमा जव आफ्नै अकर्मण्यताका कारण तात्कालीन राजा ज्ञानेन्द्रको निरङकुशताको शिकार वने तव उनिहरु भिरमा अड्केर अस्तित्वको अन्तिम घडीमा आफ्नो प्राण रक्षाको खातीर त्राहि त्राहिको चित्कार गरिरहेका थिय । त्यस्तो विषम परिस्थितिमा माओवादीको शरणवाटै आत्मगत स्थिती दह्रो वनाई नवजिवन प्राप्त गर्न सफल भइसकेपछि अझैपनि चेत नखुलेर आफ्ना पुरानै हर्कतहरु दोहोर्‍याउन लागिपरेका छन् । उनिहरु माओवादीलाई राजनितीको मुलधारवाट अलग गरि फेरी पनि उहि पुरानै व्यवस्थामा फर्कने जस्तो खतरनाक सोचाइमा हिड्दैछन्, माओवादी विरोधी गठवन्धन वनाउन भरमग्दुर प्रयासरत छन् । कोईराला परिवारको प्राईभेट कम्पनिले प्रायोजन गरेको माधव नेपाल नेतृत्वको सरकारको गठनपछि दिउंसै लाजै पचेका यि नांगा अवस्था देख्दा आंखा छोप्न वाध्य छन् नेपाली जनता ।

जनताको प्रत्यक्ष मतवाट सत्तामा आएको माओवादी सरकारले विस्तारवादी र साम्राज्यवादीका अगाडी झुक्नु भन्दा सरकार वाहिर वसेर राष्ट्रियता र नागरिक सर्वोच्चताका पक्षमा जनतालाई सुसुचित वनाउनुपर्ने ठानेर सरकारवाट सडकमा आईपुग्यो । यो अहिले मुलुकको वास्तविकता हो, जसले नेपाली जनतालाई राष्ट्रियताका पक्षमा एकजुट वन्न प्रभावकारि अस्त्रको कामपनि गरेको छ । नागरिक सर्वोच्चतालाई खिल्ली उडाउदै जन निर्वाचित सरकारलाई षडयन्त्रपुर्वक घेरावन्दी गर्दै अपदस्थ गर्ने र देशलाई वर्वादिको खाडलमा पुर्‍याउन उद्दत तत्वहरुको गतिविधि हेर्दा नेपाली राजनितीमा कुनैपनि वेला हत्या हिंसा र रक्तपात मच्चाई सैन्य अतिवाद आउन सक्ने देखिन्छ । यसले सिंगो मुलुकलाई नै भिषण दुर्घटनातर्फ लैजाने निश्चित प्रायः छ । यसका विरुद्द नेपाली जनता फेरी अर्को आन्दोलनको लागी एकजुट हुनुपर्ने देखिएको छ ।

नेपाल एक स्वतन्त्र गौरव र पहिचान वोकेको देश हो, कसैकोपनि पारिवारिक अधिनमा राखिएको घर होईन । त्यसकारण देशको वागडोर सम्हाल्न जनमत अनुसारको सक्षम व्यक्तिको नेतृत्व चाहिन्छ । हारको पीडाले आफु आफैमा लाजले थिचिएका माधव नेपाललाई साम्राज्यवादको डक्टरद्धारा विस्तारवादको स्लाईन पानी लगाउदै कसैले नेपाली जनतासामु सरकार सक्षम रहेको झुठ छरिरहन चाहन्छ भने यो झनै कुरीकुरीको विषय हो । आफ्नो अस्तित्वको लाजलाई ढाक्न यो सरकार भुईंको टिप्न खोज्दा पोल्टावाट ईज्जत खसिरहेको थाहा पाउन नसक्ने चेतमा पुगिसकेकोमा शंका छैन ।

व्यक्तिवादको नशामा यथस्थितिवादको क्यान्सरले विस्तारै एमालेलाई पनि गलाउदै लगेको छ, त्यसैको परिणाम स्वरुप विस्तारवादको तलुवा चाट्दै कांग्रेसको लहलहैमा वलिको वोका वन्दैछ भन्नेकुरा सम्पुर्ण नेपालीले वुझिसकेका छन् । ”दुम्सीलाई न्याक्दा कहां न्याक्ने भनेर कुकुरलाई सकस” परेझै सरकार चलाउन माधव नेपाललाई सकस परिरहेको कुरा त मन्त्रिमण्डल गठनको रडांको हेरेर जोसुकैले सजिलै वुझ्न सक्छन् । सेनाको विषयमा भ्रामक प्रचार र छलकपटको सहारा लिई माओवादी नेतृत्वको सरकारलाई अपदस्थ गर्न सफल भएको कोईराला एण्ड कम्पनिले सरकारको नेतृत्व माधवलाई दिएर जनमतको उपहास गर्न सफल वनेको छ । तर परजिवी शैलिमा गठित यो सरकार कुनै पनि वखत ओरालो लाग्ने निश्चित छ, त्यसपछि भने देखावटि रुपमा माधव नेपालको नेतृत्वमा रहेको सरकारको स्थिति फ्यांकिएको थाङ्नो सरह हुनेछ । यो दृष्यावलोकन गर्ने दिन धेरै पर नभएको कटु यथार्थ हो ।             

                                                – pro_2007k@yahoo.com

 
3 टिप्पणीहरु

Posted by on जुन 24, 2009 in HOME

 

3 responses to “यौटा कटु यथार्थ … …

  1. Nabina Magar

    जुन 25, 2009 at 4:41 बिहान

    Herda ta writer ta Maoist ko spokeman hunu parne kata ho khai ?? Yo bivas.wordpress.com pani maoist ko po ho ki keho ??

     
  2. anjali

    जुन 25, 2009 at 7:38 बिहान

    यो कट्टु यथार्थ … … लाइ दौरा सुरूवाल लगाउने हरेक नेताहरूले मनन गर्नुपर्ने हो खै

     
  3. ABSAR CHAUHAN

    जुन 25, 2009 at 9:07 बेलुका

    व्यक्तिवादको नशामा यथस्थितिवादको क्यान्सरले विस्तारै एमालेलाई पनि गलाउदै लगेको छ, त्यसैको परिणाम स्वरुप विस्तारवादको तलुवा चाट्दै कांग्रेसको लहलहैमा वलिको वोका वन्दैछ भन्नेकुरा सम्पुर्ण नेपालीले वुझिसकेका छन् । ”दुम्सीलाई न्याक्दा कहां न्याक्ने भनेर कुकुरलाई सकस” परेझै सरकार चलाउन माधव नेपाललाई सकस परिरहेको कुरा त मन्त्रिमण्डल गठनको रडांको हेरेर जोसुकैले सजिलै वुझ्न सक्छन् ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: