RSS

ख्याति हत्या र सामाजिक अपराधको श्रृंखला

24 Jun

कालिमाटीस्थित जुबिलियन्ट कलेजमा कक्षा १२ मा अध्ययनरत ख्याती श्रेष्ठको हत्याले अहिले मुलुकमा नागरिक सुरक्षा सम्वन्धि एउटा टड्कारो वहस श्रृजना गरिदिएको छ । उनि अपहkhyat-finalरितमात्र भइनन्, उनको परिवारले चर्को मानसीक, शारिरिक तथा आर्थिक सास्ती व्यहोर्यो तर सत्र दिन पश्चात वलात्कार पछि विभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा उनको शव भेटियो । यस घटनाले आम विद्यार्थी तथा अभिभावक जगतमा थप असुरक्षाको भावना पैदा गरिदिएको छ भने सरकारले शान्ति सुव्यवस्था कायम गर्नेमा शंका उव्जाइदिएको छ । यस जघन्य अपराधले राजधानीमा मात्र नभएर मुलुकभर व्याप्त शान्ति सुरक्षाको दुरावस्थाको दृष्टान्त पेश गर्नुका साथै हाम्रो देशको सुरक्षा संयन्त्र सामाजिक अपराध नियन्त्रण गर्ने मामिलामा कतिसम्म कमजोर रहेको छ भन्ने कुरा प्रष्ट देखाएको छ ।       

समाजमा अहिले अपहरण, वलात्कार, हत्या तथा लुटपाटजस्ता सामाजीक अपराधका घटनाहरू व्यापक रूपमा वढिरहेका छन् । यस्ता थुप्रै अपराधहरूको  अनुसन्धान गरि अनुभवी भइसकेको भन्ने ठानिएको नेपाल प्रहरीको अनुसन्धान र निगरानी प्रकृया अत्यन्त फितलो रहेको प्रमाण अहिले ख्याती हत्या बनेको छ । अपहरणकारीले उनकै मोबाइल प्रयोग गरी फिरौतीका लागि परिवारसंग संपर्कमा रहेको कुरा प्रहरीलाई थाहा नभएको होइन, पिडित परिवारले शुरूदेखि नै प्रहरिसंग नियमित संपर्कमा रहि अनुसन्धान प्रकृयामा सक्दो सहयोग पुर्याएकै थिए । तर प्रहरी तत्काल अपराधीसम्म पुग्न सकेन यसरी अपराधी भन्दा प्रहरी कमजोर वा निरीह ठहरिनु गृहप्रशासनको लागी लज्जास्पद चुनौती हो ।

ख्याति हत्या त एउटा प्रतिनिधि घटनामात्र हो, मुलुकमा अहिले यस्ताखाले सामाजीक अपराधको श्रृंखला नै वनिसकेको छ भने प्रहरी प्रशाषन क्रमशः कमजोर सावित हुंदै गएको छ । एउटा सानो घटनाको अनुसन्धानका लागि हुलै वांधेर सडक वन्द गर्नुपर्ने संस्कृतिको  विकास भइकेको छ । सामाजिक सुरक्षाको यो भन्दा निरीहता अरू के हुन सक्छ ?  समाजमा यस्ता कैयों घटनाहरू घटिरहेका छन् जसमा प्रहरी प्रशाषन अपराधीका सामु लुते ठहरिएको छ । नेपाल प्रहरीको अनुसन्धान प्रकृया अझैसम्म चुस्त वन्न सकिरहेको छैन, घटनावारे वेलैमा जानकारी पाएपनि त्यसलाइ तत्काल नियन्त्रण गर्नेतर्फ कदम चाल्न सकेको देखिदैन । यसबाट प्रहरीको अनुसन्धान प्रकृया, सुरक्षा सतर्कता, कार्यदक्षता र निपुर्णतामाथि स्वतः प्रश्न चिन्ह उठेको छ, यसवारे उच्चतहवाटै आवश्यक छानवीन र समीक्षा हुनु अपरिहार्य देखिएको छ ।

गृहप्रशाषनले ख्याति हत्याको घटनामा संलग्न अपराधीलाई कानुनी कारवाहीको घेरामा ल्याउनुमात्र ठुलो कुरा होइन, समाजमा विकसित हुंदै गएको अपहरण, वलात्कार, फिरौतीका लागि रकम माग गर्ने तथा क्रूरतापूर्वक ज्यानै समेत लिने घटनाहरूको श्रृंखलालाइ नियन्त्रण गर्न तथा प्रशाषनीक चुस्तता वढाउनका लागि अव तत्काल एक छुट्टै कार्ययोजना र नयां सुरक्षा निती ल्याउनु अत्यावश्यक भइसकेको छ भने सुरक्षा निकायले यो दुःखद प्रकरणवाट पाठ सिक्दै भावी दिनहरूमा यस्ता घटनाहरूलाइ निरूत्साहित गर्न तथा सामाजिक सुव्यवस्था कायम राख्नका लागि विद्यमान कार्यशैली र अनुसन्धान प्रकृयामा सुधार ल्याइ सुचनाप्रविधीको अधिकतम प्रयोग तथा परिचालनमा जोड दिंदै आफुलाइ शशक्त र सक्षम ठहर्याउनु  जरूरी भइसकेको छ ।

 
6 टिप्पणीहरु

Posted by on जुन 24, 2009 in BLOG

 

6 responses to “ख्याति हत्या र सामाजिक अपराधको श्रृंखला

  1. suresh Pande

    जुन 24, 2009 at 8:01 बिहान

    hattria lai fasi lagnu parcha .

     
  2. Roshani Pun

    जुन 24, 2009 at 8:04 बिहान

    यस्ता हत्यारलाई पुलिसले पक्रेर मात्र के गर्नु ? बिचरो पुलिसले कानूनी प्रकृया पुरा गरेर अदालतमा पेस गर्ने सम्म हो । अदालतमा कहिले यस्तो केस आउला र टन्न भुँडी भरुन्जेल पैसा घिच्न पाउला भनेर बसेका “कालो कोट धारी ब्वाँसाहरु” हुन्छन अनी पैसाको लागि त्यो हत्यारलाई निर्दोश साबित गरिदिन्छन । कानुनले सजाय देला भनेर आशा गर्नु यो देशमा अब एउटा दिवा सपनामात्रै हो । तेसैले हामी जनताले नै केही गर्नु पर्छ। त्यो मास्टर र त्यो केटीलाई पुलिस को हातबाट खोसेर जनताहरुले थिची थिची चिमोटी चिमोटि चिथरी चिथरी मार्नु पर्छ । ल साथी हो यो पटक देखी यो अभियान सुरु गरौ । भीडले मारे पछी मारेको मारेइ हुन्छ । कानूनले फासी देला भनेर आशा गर्नु ब्यर्थ हो । Yo pani Arajakta ko Namuna ho Bhannu hola Tit For Tat nabhaye samma Nepalma Yesto Aparadh Rokidaina.

     
  3. Deepa Bhatta

    जुन 24, 2009 at 8:07 बिहान

    जनताका लागि राजनीति गरेको भन्ने दलका नेताहरुले एक शब्द बोल्न आवश्यक ठानेनन्। मानौँ, सारा नेपालीलाई मनमा छोएको यो घटनाले उनीहरुको गैँडे छालालाई भेदन सकेको थिएन। कारण, ख्याति कुनै दलकी सदस्य थिइनन्!

     
  4. नीता पाठक, चितवन

    जुन 24, 2009 at 9:34 बिहान

    आयो अपहरण गर्यो, विभत्स भो, खोजेर पक्रन नसक्दा त्यो ।।
    नेता, मन्त्रि होलान आफन्त उसका कारबाही गर्न नसक्ला पो ।।
    हार्दिक श्रन्द्धाञ्जली ख्याती तिम्रो आत्माले चिर शान्ती पावस ।
    समाजले अव यस्ता धमीराहरूको विनाश गर्दै जावस ।।

     
  5. zehad

    जुलाई 7, 2009 at 10:00 बिहान

    Yi aparadhi haru lai ta Fasi ko sajaya pani 2 /3 palta dina parne ho k garne ra ?

     
  6. Anjita

    जुलाई 8, 2009 at 7:11 बिहान

    खै ! छिट्टै नयां सुरक्षा निती ल्याउने भनेको कैले हो, घटना घटेपछि २ / ४ दिन तातेजस्तो मात्रै गर्छन् अनि जस्ताको तस्तै ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: