RSS

जनमुक्ती सेनाका कमाण्डर यूरोपमा

25 Jun

दधिराज घिमिरे / बेल्जियम, २५ जुन ०९

artilaryएकीकृत नेकपा माओबादीका सचिवालय सदस्य तथा जनमुक्ती सेना नेपालका अध्यक्ष क. पासाङ्ग र एकीकृत नेकपा माओबादीका पोटिब्यूरो सदस्य तथा जनमुक्ती सेना नेपालका डेपुटी कमाण्डर क.बलदेब जर्मनिको एक हप्ता लामो कार्यक्रममा भाग लिई बेल्जियम पुग्नु भएको छ । जनदीशा दैनिकका यूरोप प्रतिनिधी दधिराज घिमिरेसंगको कुराकानिमा उहांहरुले आफुहरुको जर्मनि भ्रमण अत्यन्त फलदायी रहेको वताउनुभयो । भ्रमणमा उहांहरूले पुर्बी र पश्चिम जर्मनीको एकीकरण पछी त्यहांका दुइ सेनालाई कसरी समायोजन गरिएको थियो भन्ने बिषयमा पुर्बी र पश्चिम दुवै जर्मनीका भुतपुर्ब सैन्य जनरलहरु र बहालवाला सैन्य जनरलहरुसंग छलफल भएको र छलफल उपलब्धीमुलक भएको बताउनु भयो । कार्यक्रमकै सिलसिलामा कमाण्डरद्धय अनिवार्य सैनीक संबन्धि कार्यक्रममा सहभागी हुनु भएको थियो । उहांहरुले जर्मनीमै प्रतिरक्षा सम्बन्धी हेडक्वाटरमा भएको गोष्ठीमा भाग लिनुका साथै आर्टिलरी कलेज संबन्धि जानकारी लिनु भयो । भ्रमणमा जर्मनीको वर्न सहरमा आयोजना गरिएको आर्थिक सहायता तथा सहयोग मन्त्रालयका पदाधीकारीहरुसंग पनि छलफल भएको जनाइएको छ । उहांहरूले जर्मनीमा रहेको सैन्य संग्रहालयको भ्रमण गर्नुका साथै जर्मनीमै आयोजना गरिएको जिटीजेडको अन्तर्राष्ट्रिय सेमिनारमा पनि भाग लिनु भएको थियो । त्यसैगरि आज बिहान बेल्जियममा बेल्जियम पार्लियामेन्टमा हुने कार्यक्रममा भाग लिने तथा त्यसपछि त्यहांका पुर्ब रक्षामन्त्रिसंग भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ । उहांहरु बेल्जियममा आउनासाथ त्यहांस्थीत नेपाली जनप्रगतीशिल मञ्च, बेल्जियमको आयोजनामा स्वागत कार्यक्रम भएको थियो । कार्यक्रममा कमाण्डरद्वयले नेपालको बर्तमान राजनैतिक परिस्थीतीका बारेमा जानकारी दिनुभएको थियो । सोहि मञ्चको आयोजनामा जुन २८ मा मुलुकको समसामयिक बिषयमा हुने अन्तरकृया कार्यक्रममा प्रमुख अतिथीको रूपमा सम्मिलीत भइ कमाण्डरद्धय ३० जुनमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: