RSS

राजनिति जटिल मोडमा, प्रधानमन्त्री अन्योलमा

25 Jun

प्रधानमन्त्रीको रुपमा आफुले शपथ ग्रहण गरेको एक महिनाभन्दा बढी समय बितिसक्दापनि प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रिमण्डललाई पूर्णता दिन सक्नुभएको छैन । विस्तारको चौथो किस्तासम्म आइपुग्दा मन्त्रिमण्डलमा अहिले ६ पार्टीका सत्ताइस मन्त्रीहरु पुगेका छन् । संविधानसभाको निर्वाचनबाट तेस्रो दलको मान्यता पाएको एमालेले काकतालीमा अप्राकृतीक तवरवाट सरकारको नेतृत्व गर्ने अवसर त पायो तर यहि छांटकांट अनुसार स्वयं अपुरो र अन्योलग्रस्त देखिएको मन्त्रिमण्डलले सरकार गठन भएको सयदिन पुग्ने वेलासम्म पनि पुर्णता पाउने देखिदैन । सरकार गठन भएदेखि गठवन्धन भित्रवाटै सरकार ढाल्ने खेलपनि शुरु भईसकेको वेला मन्त्रीमण्डललाई पुर्णता दिन नभ्याउंदै सरकारको आयु नै समाप्त त हुने होईन भन्ने प्रश्नपनि तेर्सिएकै छ ।

मुलुकमा अहिले सामाजिक अपराध, हत्या हिंसा, अपहरणको श्रृंखला वढ्दो छ, तर शान्ति सुव्यवस्था कायम गर्नु सरकारको प्राथमकिता भित्र परेको देखिदैन । वढ्दो राजनैतिक अस्थिरता र दिनहुंको वन्द हडतालका कारण केहि नाफाखोर व्यापारिहरु कमाउ धन्दामा सक्रीय भएका छन् जसको फलस्वरुप मुल्यवृद्धिले आकाश छोईसकेको छ । राजनैतिक रिक्तता र संकटका कारण संक्रमणकालले जटिल मोड लिंदैछ । यस्तो विषम परिस्थितीमा गठित सरकारले अहिलेसम्म न त जनतालाई आफ्नो दह्रो र भरपर्दो उपस्थितिको आभाष नै दिन सकेको छ, न त ष्पष्ट कार्यदीशा र निती तथा कार्यक्रम नै प्रस्तुत गर्न सकेको छ । मुलुक असुरक्षा र अन्योलताको भुंवरिमा फस्दै गइरहेका वेला गैरसांसद, हरूवाहरू र प्रत्यक्ष निर्वाचनमा लड्न डराएर समानुपातिकबाट सिट सुरक्षित वनाएकाहरूको जमात भेला गरेर गठित मन्त्रिमण्डल भने २०५२ सालमा शेरबहादुर देउवा र २०५४ सालमा सूर्यबहादुर थापाको पालामा जस्तै राज्यमन्त्री, सहायक मन्त्री, विनाविभागीय मन्त्री जस्ता पद श्रृजना गरि सबैलाई भाग पुर्‍याउदैमा व्यस्त छ । त्यसमाथी पनि मलाई यो चाहियो र त्यो चाहियो भन्ने जस्ता गलत संस्कार र व्यवहारका कारण अहिलेको मन्त्रीमण्डल कुनै जात्रा भन्दा फरक हुन सकेको छैन । संविधानसभालाई सफल वनाउन जतिसक्दो चांडो सेनासमायोजन र जनसंविधान निर्माणको काम पुरा गरि संक्रमणकालको अन्त्य गरिनुपर्नेमा सत्ता सहयात्री दलहरुविचको हानथापलाई मिलाउन छंदा खांदाका मन्त्रालयहरुको रौंचिरा पारि कसरी भागबण्डा मिलाउने भन्ने वहसले मन्त्रिपरिषदमा ठाउं लिएको छ । पूर्व प्रशासक र विज्ञहरूले सानो आकारको मन्त्रिमण्डल बनाउन सुझाइरहेको बेला उल्टै जम्बो मन्त्रिमण्डल बनाएर कीर्तिमान राख्न खोजिएको छ ।

विकास निर्माणका कार्यहरु ठप्प रहेका छन् तर सेवासुविधाको नाममा राज्यकोषवाट करोडौं रकम कुम्ल्याउन पहिलेदेखि नै आंखा गाडेर वसेकाहरु अहिले राष्ट्रिय ढुकुटि भरिएको र त्यसलाई राज्यले खर्च गर्न नसकि रहेको वेलामा खर्चका फेहरिस्त नै वोकेर सिंहदरवारमा ओहोर दोहोर गरिरहेका छन्, सत्तासाझेदार दलहरु भने दायित्व र हैसियत भुलेर यसैमा आ-आफ्नो मान्छेलाई सिफारिस गर्न लुछाचुंडि गर्दै छन् । 

संविधानसभा निर्वाचनमा सवैभन्दा वढि सिट जितेर टुप्पिएको माओवादीलाई साईजमा ल्याउन तथा राजनितीको मुलधारवाट एक्ल्याई माओवादी र गैह्रमाओवादी विचको ध्रुविकरणको शुरुवात गर्न गठन गरिएको भन्ने ठानिएको सरकारको यो हविगतले मुलुकलाई झनै अन्योलको भुंवरिमा धकेलीदिएको छ । राष्ट्रिय पराधीनता वढ्दै गएको छ । यता वर्तमान सरकारलाइ अवैधानीक र कठपुतलीको संज्ञा दिंदै राष्ट्रियता र नागरिक सर्वोच्चताको नारा वोकेर सडकमा उत्रेको माओवादीसामु कमजोर धरातलमा गठीत वर्तमान सरकार निरीह देखिएको छ । 

यसरि आफ्नो जिम्मेवारीलाइ एकातिर पन्छाएर झिनामसिना कुराहरुमा अल्झेको यो सरकारको कार्यशैली “कामकुरो एकातिर कुम्लो वोकि ठिमीतिर” भनेजस्तो मात्र भएको छ । विरोधीहरुको सरकार ढाल्ने खेललाई चुनौती दिन यस्तो लुते पाराले सफल हुनेमा स्वयं प्रधानमन्त्री नेपाललाइ पनि विश्वास छैन तर सरकारलाइ अग्रगति दिनपनि सकेका छैनन् उनले । त्यसकारण प्रधानमन्त्रीको अहिलेको प्रमुख दायित्व भनेको मुलुकमा शान्ति सुव्यवस्था कायम गराउनु र पहिले आफैं प्रमुख रहेको तर हाल रिक्त अवस्थामा रहेको संवैधानीक परिषदलाई सक्रिय गराउंदै नयां जनमुखी संविधान वनाउनेतर्फ सवैको ध्यान केन्द्रित गराउनु नै हो ।”मुलुकमा शान्ति आएन भने फलानाको दोष”, “समयमा संविधान वनेन भने ढिस्कानाको दोष” भन्ने जस्तो गैर जिम्मेवार र केटाकेटिपन मुलुकको कार्यकारी प्रमुखलाई सुहाउने अभिव्यक्ति होईन । पहिले आफुले ष्पष्ट दृष्टिकोण सहित काम शुरू गर्नुपर्यो तव मात्र अरूले भन्ने ठाउं पाउदैनन्, काम गर्ने कुनै मार्गचित्र नै वनाउन सकिएको छैन, साझेदारलाइ अंशवण्डामै चित्त वुझाउन सकिएको छैन, एकोहोरो अर्कालाइ दोष दिएर पन्छन मात्र खोज्नु आफ्नै नालायकिपन प्रदर्शन गर्नु वाहेक अरू केही होइन । मुलुकको राजनिती अहिले अत्यन्तै जटिल मोडमा आइपुगेको छ । एकातिर समयमे संविभान नवन्ला भन्ने डर छ, अर्को तिर वाह्य हस्तक्षेपको मात्रा वढ्दै छ । यतिवेला सरोकारवालाको सानोमात्र लापरवाहि वा गल्तिले पनि देशवाशीले चर्को मूल्य चुकाउनुपर्ने हुन्छ । तसर्थ प्रधानमन्त्री नेपालले सरकार कसरि टिकाउने भन्नेतर्फ भन्दापनि मुलुकको तत्कालको आवश्यकता र प्राथमिकतावारे गम्भिर ढंगवाट सोच्नुपर्ने वेला हो यो । किंकर्तव्य विमुढताको अन्योलमा रूमलिने वेला होइन ।

 
4 टिप्पणीहरु

Posted by on जुन 25, 2009 in HOME

 

4 responses to “राजनिति जटिल मोडमा, प्रधानमन्त्री अन्योलमा

  1. आशीका शर्मा

    जुन 25, 2009 at 8:59 बेलुका

    माधव नेपाल प्रधानमन्त्री बन्ने बेलामा आफूलाई सपोर्ट गरुन् भनेर सबैलाई ठूलो मन्त्रालय दिने वचन दिएका थिए होलान् । तर त्यो वचन पुरा गर्न नसक्दा यो समस्या आएको हुनुपर्छ । पार्टीभित्र पनि मतभेद छ । सरकारलाई आफ्नै पार्टीको सहयोग छैन । सत्ता सम्हाल्नकै लागि ठूलो चुनौती खडा भएको देखिन्छ अहिले । ठूलो पार्टीलाई धेरै मन्त्रालय र साना पार्टीलाई थोरै मन्त्रालय छुट्याइएकोले पनि कुरा नमिलेको हो कि ? सवै हरूवा भएपछि त वरावर नै हुनपर्यो नि है न र ?

     
  2. anishsagar

    जुन 26, 2009 at 8:58 बिहान

    मित्र ! तपाईंको ब्लग भित्र पस्दा आँखा अनी खाने । कस्तो चम्किलो रङ प्रयोग गरेको ? रातो लाई कालो गर्नु भए राम्रो हुन्थ्यो कि ! कपी पेस्ट नगरि पढ्नै गाह्रो ।

     
  3. himal magar

    जुन 26, 2009 at 9:53 बेलुका

    Bichara Madhav Nepal.
    jalle pani Haruwa bhanchhan hepchhan kasto din ma PM ko jagir khana pugechhan ni.

     
  4. Dhoon

    जुन 30, 2009 at 8:15 बिहान

    yin le k janeka chhan ra anyol ma naparnu ta ?
    Indian Bistarvad le je bhanyo tei manne manchhe Usko adesh napaunjel ta anyol ma parne nai bhaye ni .
    Indiako adesh payepachhi hernu na kati chhito kam garchhan.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: