RSS

सीमामा अझै ज्यादती

26 Jun

सीमा क्षेत्रमा भारतीय पक्षको ज्यादती तीव्र भएपछि विस्थापित भएका नाकाबासीहरुलाई पुनर्स्थापना गरिनसक्दै भारतीय सुरक्षा बलले फेरि पनि ज्यादती शुरु गरेको छ । यसअघि भारतीय सीमा सुरक्षा बल र लुटेराहरुको ज्यादती सहन नसकेर देउखुरीको सतबरियास्थित कर्रि सामुदायिक वनमा बस्दै आएका नाकाबासी सर्वसाधारणलाई सर्वपक्षीय बैठकले सीमा क्षेत्रमै पुनस्थार्पित गर्ने निर्णय गरेको थियो ।

बैठकमा सडकतर्फ एक हप्ताभित्र गढवा-कोइलाबास सडक सञ्चालनका लागि जिविसले काम शुरु गर्ने, कोइलाबास-भौवा सडकको लागि सडक डिभिजन कार्यालयले डोजरबाट निर्माण कार्य शुरु गर्ने र भौवा-खांग्राको सडकका लागि केन्द्रमा माग गर्ने, सुरक्षातर्फ ३ दिनभित्रै डगमारा र गौरिया नाकामा सीमा प्रहरी चौकी स्थापना गर्ने र कोइलाबासमा सीमा सुरक्षा सशस्त्र प्रहरी बलको लागि केन्द्रमा माग गर्ने तथा स्वास्थ्यतर्फ भैसाही र खांग्रानाकामा उपस्वास्थ्य चौकीको व्यवस्था गर्ने, कोइलाबासमा औषधी र आवश्यक जनशक्ति पूर्ति गर्ने, कोइलाबास, भैसाही र खांग्रा नाकामा स्वास्थ्य शिविर सञ्चालन गर्ने, ८ वटा नाकामा उपस्वास्थ्य चौकी राख्न पहल गर्ने र १२ वटा नाकामा १/१ जना स्वास्थ्य स्वयंसेविकाको व्यवस्था गरी जिल्ला जनस्वास्थ्य कार्यालयले औषधीको व्यवस्था गर्ने निर्णय गरिएको  थियो ।

नाकाबासी नेपालीहरुलाई नागरिकताको लागि गाविस सचिवहरुमार्फत् नागरिकता वितरण गर्ने, सीमाक्षेत्रको सम्बन्धमा अध्ययन गर्नको लागि सीमा विशेषज्ञहरुको टोली सीमा क्षेत्रमा पठाउने र भारतीय पक्षद्वारा एकपक्षीय रुपमा बनाइएका संरचनाहरुको अध्ययन एवं पुनरावलोकन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने, नाका क्षेत्रमा बस्दै आएका नागरिकहरुले भोगचलन गर्दै आएको जग्गाजमिन नापजांच गरी लालपूर्जा दिनको लागि नापी विभाग र भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा अनुरोध गर्ने तथा शिक्षातर्फ नाकाबासीले माग गरेका स्थानमा विद्यालयहरु सञ्चालनका लागि अनुमति दिने, स्वीकृति भइसकेपछि शिक्षा कार्यालयले दरबन्दी कायम गर्ने निर्णय समेत भएको थियो ।

खाद्यतर्फ भौवा, भैसाही, कपमरी, सुनपत्री, डगमारा, गौरिया, खांग्रा, कल्याणपुर, पटौली, सिरिया, गुरुङनाका र भौरीसालमा गरी १२ स्थानमा सामुदायिक खाद्य पसल स्थापना गर्न गणेश केकेको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला सहकारी कार्यालय, माओवादीका नारदमणि पोख्रेल, एमालेका वीरबहादुर केसी, नाकाबासी प्रमोद घर्ती र दलपति विक सम्मिलित सामुदायिक खाद्य पसल व्यवस्थापन समिति पनि गठन गरिएको थियो । साथै, यसका लागी प्रत्येक नाकामा उपभोक्ता समितिको गठन गरी सामुदायिक खाद्य पसल सञ्चालन गर्नका लागि जनसंख्या र भूगोलको आधारमा जिविसले तत्काल २० देखि ७० हजारसम्म निर्ब्याजी रुपमा रकम उपलब्ध गराउने निर्णय पनि गरिएको थियो ।

खानेपानी र सिंचाईतर्फ सबै नाका क्षेत्रमा सर्वेक्षण गरी साना योजना तत्काल शुरु गरी खानेपानी र सिंचाई उपलब्ध गराउने र ठूला योजनाको लागि केन्द्रमा माग गर्ने तथा विद्युततर्फ पूर्वको मुसीनाका कोइलाबासदेखि पश्चिमतर्फ विद्युत् विस्तारको लागि विद्युत कार्यालयले आगामी आर्थिक वर्षमा सम्भाव्यता अध्ययन गर्ने र अर्को आर्थिक वर्षमा विद्युत विस्तारको लागि सम्बन्धित निकायमा कार्यक्रम पेश गर्ने, वैकल्पिक उर्जा र वायोग्यांसको लागि जिविसले पहल गर्ने निर्णय गरिएको थियो ।

त्यस्तै सञ्चारतर्फ खंग्रा र भैसाही नाकामा तत्काल सिडिएमए फोनको व्यवस्था गर्ने, भैसाही, भौवा र सुनपत्रीको लागि निपाने डांडामा मोबाइल टावर स्थापनाको लागि नेपाल टेलिकमले सम्भाव्यता अध्ययन गर्ने तथा आय आर्जनतर्फ सबै नाकामा पशु स्वास्थ्य कार्यकर्ता तालिम उपलब्ध गराउने र खंग्रानाकामा पशु सेवा उपकेन्द्र स्थापनाको लागि केन्द्रमा माग गर्ने, महिला विकास कार्यालयले किशोरी शिक्षा तालिमको व्यवस्था गर्ने, वन कार्यालयले यसै आर्थिक वर्षमा भौवा नाकाको सिमगजेरी सामुदायिक वनको २० हेक्टर जग्गामा वेत वृक्षारोपण गर्ने र नाका अन्य क्षेत्रमा वृक्षारोपण गर्ने, सीमा लाइन र खाली जमिनमा खयर वृक्षारोपण गर्ने लगायतका निर्णयहरु गरिएको थियो ।

वैठकले सीमा क्षेत्रका समस्या समाधान र विकासका लागि गरिएका सहमति कार्यान्वयन, अनुगमन र सञ्चालनका लागि सीमा क्षेत्रका २२ नाकाबाट एक/एक जना र संघर्ष समितिका ३ जना गरी २५ जनाको टोली सदरमुकाम घोराहीमै बस्ने र उनीहरुको भरणपोषणको व्यवस्था प्रशासनले लिने निर्णय पनि गरेको थियो ।

तर विस्थापितहरु सीमा क्षेत्रमा फर्किएलगत्तै गत सोमबार मात्र सुनपत्री नाकामा बस्ने भिमबहादुर केसी र गोरे घर्ती, खिड्की नाकाका लोकेन्द्र चन्द, गोर्खे चन्दलगायतलाई भारतीय पक्षबाट ज्यान मार्ने धम्की आएपछि उनीहरु नाका क्षेत्रबाट पुनः विस्थापित भएको वताइएको छ ।

भारतीय सीमा सुरक्षा बलले सर्वसाधारणलाई असार २० गतेसम्म नाका नछोडे ज्यान मार्ने धम्की दिनुका साथै सीमा क्षेत्रमा ‘प्रवेश वर्जित है’ लेखेका बोर्डहरु राखिसकेको पनि वताइएको छ ।

सीमा क्षेत्रमा फेरि भारतीयहरुको ज्यादती शुरु भएपछि नाका सुकुम्बासी व्यवस्थापन संघर्ष समिति दाङ देउखुरीका अध्यक्ष रोशन पुनले वक्तव्य प्रकाशीत गरि प्रशासन, राजनैतिक दल, नागरिक समाज, पत्रकार सबैको ध्यानाकर्षण गराउनु भएको थियो । उहांले असार ६ गते भएको सर्वपक्षीय बैठकको निर्णयमा पुनर्विचार गर्न पनि सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । यहि असार ६ गते भएको सर्वपक्षीय बैठकले एक हप्ताभित्र सबै विस्थापितहरु सीमा क्षेत्रमा फर्किसक्नुपर्ने निर्णय गरेपनि सीमा क्षेत्रमा फेरि पनि ज्यादती बढ्न थालेको खवर पाएपछि झण्डै ५ सय विस्थापितहरु अझै सीमा क्षेत्रमा फर्किएका छैनन् ।

 
6 टिप्पणीहरु

Posted by on जुन 26, 2009 in HOME

 

6 responses to “सीमामा अझै ज्यादती

  1. रोशनी पुन

    जुन 26, 2009 at 12:37 बेलुका

    Yestai ho Nepal ma . Sarkar Nai nalayak bhaye pachhi k garne janata matrale garera kehi hune wala chhaina.
    सीमा क्षेत्रमा ‘प्रवेश वर्जित है’ हैन अव नेताहरूलाइ गांउ गांउ वाट ‘प्रवेश वर्जित’ गर्नुपर्छ तव मात्र देशलाइ केहि गर्न पर्ने रै छ भन्ने चेत खुल्छ कि ?

     
  2. random luv

    जुन 26, 2009 at 7:07 बेलुका

    गृहमन्त्री रावलले नागरिक समाजबाट अपराध नियन्त्रण गर्न सरकारलाई सहयोग भएमा शान्तिसुरक्षा कायम गर्न सजिलो हुने बताउनुभएको छ।
    अव सहयोग गर्ने हैन त ?

     
  3. JP. GURUNG

    जुन 26, 2009 at 8:22 बेलुका

    BHO BIVASH ZI, YESTA KURA JATI GARE PANI TESTAI HO. KUKUR KO PUCHHAR 12 SAL DHUNGROMA RAKHE PANI SOJHIDAINA BHANTHE TESTAI HO HAMRA NETAHARU KO CHALA.

     
  4. rAj mAhAto

    जुन 26, 2009 at 9:58 बेलुका

    yo Indian ko Jyadati bare padhera ra sunera pani ma ta dikka bhaisaken.
    Aba sabai nepali milera INDIA – NEPAL boarder ma parkhal lagauna parchha. taba balla thik hunchha. Natra sadhai ustai ho .

     
  5. sushil khadka

    जुन 27, 2009 at 7:27 बेलुका

    ITS ENOUGH ! WE WANT TO GET OUT INDIANS FROM KATHMANDU. I WANT TO REQUEST ALL NEPALEASE PEOPLE FOR NOT TO USE INDIAN PRODUCTS, SHOUT DOWN THE TV CHANELS & REJECT THE INDIAN VEHICLES.
    BASTER INDIANS GO BACK !!!!!!

     
  6. laxmi nakarmi

    जुलाई 4, 2009 at 1:43 बिहान

    Sinha laai bakhra purya-i dine syaal na-maare samma bheda-bakhra,kharaayo haru-ko dukha Metindaina.Yi syal haru nai Nepali Neta hunn.hamra neta bhanaune Syal haru le nai bharat laai nepal ko simana bujhayeka hunn, Line laai ke dosh? Jani – jani Kukkur laai masu dine ko po dosh ho ni. Bharat kai rajdoot(Rakesh sood) ko kothama basi Simana Micheko chhaina bhanne Sujata ko dosh ho,Mahakali,koshi samjhauta ko naam ma bechne BP,Girija,Emale aadi ko dosh ho,Mero Desh Nepal timi leu malaai Nargish ra 2 karod rupaiya deu bhanne Paapi laachhi tribhuwan ko dosh ho,Janata ko yesto Krandan bedana sunera pani nidaune,Singh durbaar bhitra lukne Pradhaan Mantri ko dosh ho,kathmandu ko galli bhitra matrai ufrane nepali neta budhhijibi bhanaune haru ko dosh ho,Simana ghumna jane,Piknik manaauna jane ,Ani Bharat ka SSB dekhe pachh puchhchhar lukaayera bhagne-Sansad ko dosh ho,Nepal rastra ko simana bachauna nasakne Nepal ko kanoon ko dosh ho.
    Bharat ta yo south Asia ko nimti Pagal kukuur nai ho,Tara pagal kukkur laai masu saapat dine Nepali neta,nepal ra Nepali ko nimti mahaa shatru ho, pahila yiniharu laai taha lagaau.Nepali Neta haru le Aafu mantri banna bharat laai nepali simana Upahaar ma diyo bharat le liyo.Yo snasaar ma diye pachhi naline ko chha?. Chha bhane tyo murkha ho.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: