RSS

भाषा विवादका कारण एमाले-माओवादी बैठक निष्कर्ष विहीन

27 Jun

प्रधानन्त्रीले गर्ने सम्बोधनको भाषामा राष्ट्रपति र प्रधानसेनापति शब्द उल्लेख गर्न सत्तारुढ एमालेले अस्वीकार गरेपछि अवरुद्ध व्यवस्थापिका संसद् सुचारु गर्ने विषयमा माओवादी-एमाले सहमति शुक्रबारपनि हुन सकेन ।
बैठकमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश र प्रमुख सचेतक पोष्टबहादुर बोगटी तथा एमालेबाट नेताहरू विष्णु पौडेल, प्रमुख सचेतक भीम आचार्य, प्रदीप ज्ञवाली र रघुजी पन्त लगायतको सहभागीता थियो । कांग्रेसले भने वैठकमा सहभागिता जनाएन ।
बैठक स्रोतका अनुसार संसद्बाट प्रधानमन्त्रीले सम्बोधन गर्ने भाषामा माओवादीले प्रस्तावित गरेको भाषामा एमालेले असहमति जनाएको थियो । माओवादीले ‘माओवादीलगायतका पार्टीले राष्ट्रपतिले प्रधानसेनापतिका बारेमा चालेको कदम, संविधानको कार्यान्वयन र नागरिक सर्वोच्चताको बारेमा उठाएको विषयलाई यथाशीघ्र समाधान गर्न पहल गरिने’ बेहोराको प्रस्ताव गरेको थियो । तर, एमालेका नेताहरूले सम्बोधनको ड्राफ्टमा राष्ट्रपति र प्रधानसेनापति भन्ने शब्द उल्लेख गर्दा कांग्रेससहितका दलहरूले सहमति नजनाउने र त्यसले सरकारलाई नै अप्ठ्यारोमा पार्ने बताएका थिए ।

माओवादीले चाँडो सदनको अवरोध हटाउन चाहेको उल्लेख गर्दै  माओवादी वरिष्ठ नेता प्रकाश भन्नुहुन्छ  ‘हामीले जुन विषयलाई लिएर संसद्मा संकल्प प्रस्ताव गर्‍यौँ, र सदन अवरुद्ध गरिरहेका छौँ, त्यसलाई सम्बोधन नगरिकन सहमति हुन सक्दैन ।’ बैठकमा सहभागी एमाले नेता भीम आचार्यले पनि माओवादी प्रस्तावलाई सहमतिका आधारमा समाधान गर्न आफ्नो दल प्रतिबद्ध रहेको बताए । ‘प्रधानमन्त्रीले सदनमा के-के बोल्ने भन्ने बारेमा सहमति भएको छैन, माओवादीको प्रस्ताव पनि कडा छैन,’ आचार्यले भने, ‘केही विषयमा सत्तारुढ दलहरूसँग पनि बसेर टुंगो लगाउनुपर्छ । हामी सहमतिका लागि पहल गरिरहेका छौँ ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: