RSS

अपराधीलाइ जेलभित्रै प्रशिक्षण ?

27 Jun

अपहरणपछि परिवारसंग भनेजती फिरौती रकम असुलेरपनि विभत्स ढंगवाट मारिएकी ख्याती श्रेष्ठको हत्या प्रकरणसंगै मुलुकमा वढ्दो अपहरण र व्यक्ति हत्यासंग जोडिएको आपराधीक क्रियाकलाप रोक्न नागरिक र सरकारले गर्नुपर्ने कार्यवारे गम्भीर वहस शुरु भएको छ । यस्ता चर्चा वेलावेलामा उठ्छन् अनि विस्तारै सेलाउदै जान्छन् तर समाजमा विभिन्न रुप धारण गरेर छिपेका अपराधीहरु आफ्ना कुकर्म अझ वढाउदै सामाजीक आवरणको दोसल्ला ओढेर हाम्रैसामु ससम्मान छाती फुलाउदै हिड्छन् । मौजुदा कानुनमा रहेको छिद्र पत्ता लगाई जस्तोसुकै अपराधवाट पनि सजिलै उम्कने वानी परेका अपराधीहरु कुनै न कुनै राजनैतिक संगठनको संरक्षणमा रहनुले पक्राउपछि पनि विना कारवाही छोडिदिनुपर्ने वाध्यता व्यहोरेका प्रहरीहरु घटनाको जानकारी पाउनासाथ कारवाहीमा उत्रिहाल्न समेत हिच्किचाउनुपर्ने अवस्था रहेको वताउछन् । अपराधीको पहुंच कुन राजनैतिक दलको कति माथीसम्म छ भन्ने पत्ता लगाएरमात्र कारवाही प्रकृया अघि वढाउनु पर्ने स्थिती छ प्रहरी प्रशाषनमा ।

“पिडीतलाइ न्याय” को खिल्ली उडाउदै “चोरलाई चौतारो” को सिद्धान्त अनुसार पक्राउ परेका अपराधीहरु कि त छिटै निर्दोष सावित भएर छुट्छन् नभए जेलमा ज्वाईं पालेसरह पालिन्छन् । तर सर्वसाधारण जनताको स्थिती भने संधै भय र त्रासमै वितिरहन्छ । ईमान्दारीपुर्वक दिनभरि काममा जोतिंदा आधापेट मीठो खान नपुग्ने जनताहरु गांउदेखि शहरसम्म वग्रेल्ति भेटिन्छन् तर अपराधीहरु भने वाहिरै वसेपनि, जेलभित्रै रहेपनि ठांटमा साथ रहन्छन् । यो कस्तो विडम्वना हो ? हालै एउटा घटना सार्वजनीक भयो – उद्योगपति महेश सारडाको अपहरणका प्रमुख योजनाकार अमर टण्डन केन्द्रिय जेलमै रहेको छ । उ आफ्ना मानिसहरुलाइ हरेक अपराधको लागी जेलवाटै निर्देशन दिने गर्दछ । उ केन्द्रिय जेलमा आएका सामान्य आपराधीक सजाय पाएकाहरुलाई जेलभित्रै प्रशिक्षण दिन्छ र नामुद अपराधी वनाएर पठाउछ । यसले हाम्रो विद्यमान सजायंप्रणाली कति निरीह छ भन्ने एउटा उदाहरणमात्र प्रस्तुत गरेको हो यस्ता उदाहरणहरू खोज्ने हो भने अन्य कैयों भेटिन्छन् । समाजमा आपराधीक क्रियाकलापले उग्र र नांगोरुप धारण गरिसकेको छ, तर पहुंचवाला अपराधीले जेलै जानुपर्दैन, अलि कम पहुंचवाला साना अपराधी जेल पुगे भने भित्रैवाट प्रशिक्षण र अनुभव हासिल गरि खुंखार अपराधी वनेर निस्कन्छन् । यो कस्तो लज्जास्पद कुरा हो ? प्रहरी प्रशाषनको पुर्ण सुरक्षा घेराभित्रै अपराधी उत्पादन गर्ने कारखाना, केन्द्रीय जेलभित्रै अपराधी तालीम केन्द्र । अनि समाजमा कसरि अपराध नियन्त्रण हुनसक्छ ?

अपराध नियन्त्रणका लागी अहिले गम्भिर प्रकृतिका अपराधीहरुलाइ मृत्युदण्ड दिनुपर्ने आवाजपनि उठेको छ । तर मृत्युदण्डको सजायले यस्ता घटना रोकिन्छन् भन्ने विश्वासीलो कुनै आधार छैन । मृत्युदण्डको पनि आफ्नो ठाउंमा विशिष्ट महत्व छ, कतिपय अपराधलाई यस्तो सजायले निरुत्साहित पनि वनाउला तर यो भन्दा महत्वपुर्ण सवाल “ठुला” र “माथीका” हरुले अपराधीलाई गर्ने संरक्षण कसरि वन्द गर्ने भन्ने हो । यो प्रवृत्ति नसुध्रेसम्म प्रमुख अपराधी संधै चोखै रहन्छ र उसलाई सहयोग गर्न नयां नयां अनुहारका साना अपराधीहरु निरन्तर थपिईरहन्छन् । यस्तो अवस्थामा सजाय जतिसुकै कडा वनाईएपनि अपराध नियन्त्रण केवल नारामै मात्र सिमीत नहोला भन्न सकिन्न ।

यसका अलावा अपराधीले जेलभित्रै आरामदायी जिवन विताउन पाउने पद्धतिमा कहिले सुधार गर्ने भन्ने अर्को टड्कारो सवाल हो । विनाकाम आनन्दसंग वस्न पाएपछि मानिसले राम्रैमात्र कल्पना गर्छ भन्ने कहिल्यै हुदैन । त्यसमाथी पनि आपराधीक मानसिकतावाट प्रेरितहरुको सवाल नै वेग्लै हुने गर्दछ । एकपटक जेल गएपछि पुनः जेल जान नपरोस भन्ने छाप वसेमात्र आपराधीक घटनाहरुको न्युनिकरण गर्नपनि सजिलो हुन्छ । जेलभित्र विना परिश्रम आरामदायी जिन्दगी विताउन र नयां नयां योजना वनाउन पाइने परिस्थीति रहेसम्म अपराधीहरु निरुत्साहीत हुंदैनन् । अर्को कुरा, जेलमा काम नगरि ढुक्कसंग खान पल्केकाहरुलाइ समाजमा फर्केपछि काम गरि खानसमेत जांगर नलाग्ने प्रवृत्ति पनि देखिएकै छ । यस्तो अवस्थामा उनिहरु पुनः कम श्रममा धेरै आर्जन गर्न सकिने अपराध कर्ममै फर्कने गरेको उदाहरणपनि हामी सामु प्रशष्तै छन् । तसर्थ सवैखाले कैदीलाइ जेलभित्रै कमसेकम आठ घण्टा अनिवार्य श्रम गर्नुपर्ने व्यवस्था गरिनुपर्दछ । अपराधको प्रकृति हेरि सो भन्दा वढिपनि श्रम गराउने व्यवस्था हुनुपर्दछ । यसका लागी कारागार हाताभित्रै वसेर गर्न सकिने सामान्य श्रमदेखि कुनै सरकारी उद्योग नै स्थापना गरि काममा लगाउन सकिन्छ ।

यस्ता श्रमजन्य कैदवाट एकातिर कम लागतमा राष्ट्रिय आम्दानी र उत्पादन वढ्छ भने अर्कोतिर अपराध निरुत्साहीत गर्नपनि उल्लेख्य सहयोग पुग्दछ । यस प्रकारको सजायवाट विभिन्न अपराधको सजाय काटिरहेका कैदीहरुमा श्रम गरि खाने वानीको विकास हुनुका साथै श्रृजनात्मक र सिपमुलक क्षमता दुवैको विकास हुने भएकाले समाजमा फर्किसकेपछि उसलाइ रोजगारको कुनै समस्या पर्दैन । जसको फलस्वरुप उसले पुनः आपराधीक कार्यमा फर्कनुपर्ने वाध्यता रहंदैन । प्रहरी प्रशाषनदेखी सर्वसाधारणसम्म सवैको टाउको दुखाइको विषय रहेको सामाजीक अपराध नियन्त्रण गर्न यो एउटा प्रभावकारी उपाय हुन सक्छ ।

 
7 टिप्पणीहरु

Posted by on जुन 27, 2009 in BLOG

 

7 responses to “अपराधीलाइ जेलभित्रै प्रशिक्षण ?

  1. rAj mAhAto

    जुन 28, 2009 at 3:05 बेलुका

    It’s so much Intresting and suitable Idea for changing situation of Nepal.

     
  2. तरिका पाण्डे

    जुन 28, 2009 at 3:18 बेलुका

    खै कति गर्दापनि नभाको कुरो तपाइंको यो Idea ले के होला र ? मलाइ त India संगको खुल्ला सीमाना वन्द नहुदासम्म यो अपराध नियन्त्रणको लागि जति Idea लगाएपनि केहि पारा लाग्लाजस्तो लाग्दैन ।

     
  3. james

    जुन 30, 2009 at 7:58 बिहान

    Khai Yesari pani k hola ra .

     
  4. Bishal

    जुन 30, 2009 at 8:22 बिहान

    Bivash Zi Tapain ko B4 pani naramro ta haina tara kasle garne ? Neta haru lai aafno paltu Gunda haru lai jogaune kanoon banaunu chha . Janta le bhaneko jasto kahan hunchha ra?

     
  5. laxmi nakarmi

    जुलाई 1, 2009 at 7:47 बेलुका

    Nepal ma Yesto Apaharan garne silsila pahila pani hunthyo tara ati Kam matra.yesto kaam nepali le Hindi sinema ka karan le sikeka hunn,Hindi sinema ka 90% kharaabi nepali Berojgaar keta-keti haru le sike,Bastab ma bhanne ho bhane nepal ka rajniti bhanekai yestai aparaadhi haru ko jaro ho,Jaba samma Neta haru le Yiniharu ko samrakshan garchhan taba samma nepal bata yo sanskriti hatdaina.
    Rajniti Garne neta laai Chunaab ko bela yi nai hatyara,Gunda ko saath chaahine,Bhrastachari ko aarthik sahayog chahine-bhaye pachhi yesta hatyara laai jel base pachhi,nepali neta le noonko sojho garnai parne hunchha Natra,chunab ma dhandhali,Booth capture,jabarjasti chhap lagaune aadi kaam kasle gari dine?
    Nepali Neta le Ghus nakhne bhanu sagarmatha aakash ma udnu bhannu sarah ho.Tyasaile Nepali aakaash bata Yesta samasya hatne asambhav chha.
    Feri Aparaadhi le Jel ma Jwai sarah samman paunu pani nepal ma anautho hoina,Kunai pani police officer Mantri ko aasirwaad le hoinchha .Yesta aasirwaad prapta police ko thana ma gayera hernus,police ka haakim ko kothama badi ra pratibadi ko milan hakim le kati rakam(Ghoos)Table muni bata payo bhanne ma nirvar garchha,2 Karod lootne le 10 /20 laakh ghoos dinu kun thulo kuro ho ra?hakim le ghanta bhari kura garera 20 lakh paunu chanchune kuro hoina ni.Ru 20 lakh pauna usle 20 barsa kaam garnu parchha bhanne uslaai thaha chha.
    Maile Janeko 2034/35 tira yek Jana marwadi sahu,Bijay Dhaliwal le Aafnai bhtijo laai Honkong ma Nepali gunda Lagaayera apaharan gareko thiyo.tyo apaharan ko birudhha ma unkai daai le ujuri pani gareko thiyo tara tatkaalin police,rajniti le garda kura haraayo.Tyestai thankot ma Lakhaun ko rajaswo natireko aviyog ma rajendra Khetan ko naam niskeko thiyo,tyo pani Fas fus bhayo,Nepal ma sarkaar le kanoon banaaune bhaye po aparadhi daraaune. Aparaadhi le kanoon banaaunchha ani janata le ke paunchha?
    Kanoon bhaneko tyesto hos jasbata sabaile Baraabar ko Nyaya paaun.Aparadh garne Jo sukai Hos chahe Pradhan Mantri,Mantri ya police ha bade bade hakim sabai le aparaadh anusaarko sajaay paaun, Kanoon bhanda mathi kohi nahos,Kanoon nai antim nirnaya hos.Ani hatchha,Aparaadhi.Natra jasto sukai kanoon lyaye pani “Bandar ko puchhar lauro na hatiyaar”.
    Hamro Nepal ma Pradhan Mantri Karodau ko bhrastachar garchha,Ani kanoon(Adalat) laai bhanchha sakchhas bhane karwahi garera dekhaau.

     
  6. दिक्षान्त मेनन

    डिसेम्बर 11, 2009 at 1:12 बेलुका

    एकपटक जेल गएपछि पुनः जेल जान नपरोस भन्ने छाप वसेमात्र आपराधीक घटनाहरुको न्युनिकरण गर्नपनि सजिलो हुन्छ । जेलभित्र विना परिश्रम आरामदायी जिन्दगी विताउन र नयां नयां योजना वनाउन पाइने परिस्थीति रहेसम्म अपराधीहरु निरुत्साहीत हुंदैनन् ।
    तर हामीकहां राजनितीको अपराधिकरण र अपराधको राजनितीकरण गर्ने चलन व्यापक रूपमा फस्टाउंदै गएकाले अपराध तत्काल नियन्त्रण होला भनेर कसैले कल्पना सम्मपनि गर्न सक्दैन। संधै डर त्रास र अन्योलको भुंवरिमा रूमलीनु नै जनताको दिनचर्या भइसकेको छ ।

     
  7. साईँला काका

    सेप्टेम्बर 17, 2011 at 12:27 बिहान

    १. अहिले कर्मचारितन्त्र र सरकारी नितीहरुमा विद्यमान भ्रष्ट र चरम राजनैतिकरणको पद्धतीलाई भत्काई क्षमताका आधारमा जिम्मेवारी दिने पद्धती वसाई कुनैपनि नयाँ नेतृत्वले आफ्ना आसेपासे र चाकडिवाजहरुलाई नियुक्त गर्न नसक्ने स्थिती श्रृजना गर्ने ।
    २. देशमा उद्यमशीलता विकास र स्वरोजगार अभिवृद्धीका लागि आवश्यक पुर्वाधार निर्माण गर्ने तथा हरेक वन्दी गृहलाई एउटा उद्योगको रुपमा विकास गरि वन्दीहरुलाई दैनिक ८ घण्टा अनिवार्य रुपमा निशुल्क श्रम गर्नैपर्ने कडा र वाध्यकारी निती लागू गर्ने ।
    ३. सम्पुर्ण जनता (विशेषत: युवा वर्गलाई) असल आचरणमा रहन, भड्किलो तथा गैर साँस्कृतीक पश्चिमा आधुनिकता त्यागेर आफ्नो हरेक पल देश निर्माणमा लगाउन अह्वान गर्ने । त्यस्तो आह्वानलाई अवज्ञा गर्ने तथा अहिले सम्मका सम्पुर्ण भ्रष्टाचारिलाई कडा श्रम सजाय (विशेषत: सडक तथा ढल निर्माणका काममा) लगाउने जुन सजायँले राष्ट्रिय उत्पादकत्व वढाओस ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: