RSS

कतैवाट ओइरो, कतैवाट पहिरोः वल्ल प्रधानमन्त्री भएको अनुभव

28 Jun

kalakar“अस्तिसम्म राजिनामा दिने प्रधानमन्त्रीको पछाडि कोही हुन्नथे तर मैले राजिनामा दिएपछि पो बल्ल प्रधानमन्त्री भएजस्तो लागेको छ ।” नेवाः राज्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा एमाले नेता र चलचित्रकर्मीहरुलाई पार्टी प्रवेश गराउँदै एकीकृत माओवादी अध्यक्ष प्रचण्डले भन्नुभएको कुरा हो यो । पटक पटक चमत्कारको कुरा गर्ने उहांले सरकारबाट बाहिरिएको दल माओवादीमा यसरि वुद्धिजिवी, कलाकार ओइरिनुपनि चमत्कार भएको वताउनुभयो ।

सो कार्यक्रममा ९६ चलचित्रकर्मी माओवादी पार्टीमा प्रवेश गरे । पार्टीमा प्रवेश गर्ने कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरूलाई माओवादी अध्यक्ष प्रचण्डले टीका र माला लगाइदिएर स्वागत गर्नुभयो । माओवादी प्रवेशको औपचारिक घोषणा नगरेपनि वरिष्ठ कलाकार निर शाहले शनिबारको सो क्षणलाई आफ्नो पचास वर्षको फिल्म यात्राकै सार्थक र सुन्दर क्षण रहेको बताउनुभयो । त्यसैगरि निर्मातानिर्देशक युवराज लामाले “कुनै पार्टीले पनि हामीलाई राष्ट्र निर्माणमा सहयोग गर्नुस् भनेनन् । खालि चिया खुवाएर पठाए । यो पार्टीले कलाकारलाई पनि शक्ति ठानेको छ” भन्दै कलाकारको प्रवेश यथास्थितिवादीका लागि भुइँचालो भएको बताउनुभयो ।

माओवादीमा प्रवेश गर्नेहरुः

चलचित्र निर्देशक, लेखक तथा निर्माता शिव रेग्मी, लेखक निर्देशक राजुध्वज राणा, निर्माता निर्देशक कलाकार गायक तथा सङ्गीतकार जयनन्द लामा, निर्देशक निर्माता दीपक श्रेष्ठ, निर्माता तथा वितरक छवि ओझा, चर्चित हाँस्यकलाकार तथा निर्माता निर्मल शर्मा, हाँस्यकलाकार सुलेमान कुँवर ‘इकु’ कलाकार तथा निर्माता रामकृष्ण बजगाईं, नायक तथा निर्माता सुनीलदत्त पाण्डे, निर्देशक तथा रङ्गकर्मी गोपालचन्द्र लामीछाने, निर्देशक निर्माता तथा कलाकार उदय सुब्बा लेखक तथा निर्देशक सुरज सुब्बा, लेखक तथा निर्माता मौनता श्रेष्ठ, निर्माता तथा वितरक वसन्तकुमार श्रेष्ठ, हरी बराल, निर्माता तथा निर्देशक राकेश मानन्धर, निर्देशक योगेश घिमिरे, रामजी लामीछाने, सागर लामीछाने, निर्माता तथा नायक राहुल केसी, नायक तथा निर्माता कल्याण घिमीरे, निर्माता इन्द्र कार्की, निर्माता तथा निर्देशक मोहन शाह, निर्माता सन्देशमान श्रेष्ठ, निर्देशक विनोद सेरेङ्गा, निर्माता तथा कलाकार कृष्णकुमार कार्की, निर्माता तथा कलाकार विवेक सापकोटा लगायत रहेका छन् । भने प्राविधिक तथा कलाकारहरुमा चलचित्र द्वन्द निर्देशकहरू एन. बी. महर्जन, रोशन श्रेष्ठ, कुमार श्रेष्ठ, हिमाल केसी, कुमार महर्जन, द्वन्द कलाकार गोकुल खत्री, वरिष्ठ प्राविधिज्ञ ज्योतिलाल राना, चर्चित नृत्य निर्देशकहरू भुवन श्रेष्ठ, अच्युत घिमिरे, रुपेश उप्रेती, चलचित्र वितरक तथा प्रदर्शक केवी क्षेत्री, छयाङ्कार डिक खड्का, चलचित्र सम्पादक राजु भण्डारी, प्रदर्शक तथा वितरक गोपाल कायस्थ, छायाङ्कारहरू दुर्गा पौडेल, नारायण श्रेष्ठ, महेन्द्र थापा, शम्भु सापकोटा, डम्बर राई, मदन घिमिरे, सौरभ लामा, दिनेशकुमार राई, घनश्याम पुरी, लेखक तथा कलाकार कृष्ण ढुङ्गाना, कला निर्देशक दिनेश लामा ‘गैंडा’, निर्माण नियन्त्रणक राजु क्षेत्री, कला निर्देशक निर्जल श्रेष्ठ, स्थिर छायाङ्कार सुरज चन्द, शृङ्गारकर्ताहरू राजकुमार भुजेल, विनोदमणी दाहाल, नायिका सिर्जना बस्नेत, कलाकारहरु राजेन्द्र पोखरेल, सुन्दर श्रेष्ठ, आमोद कार्की, सुभद्रा पोखरेल, वीपेन्द्र खड्गी, अनिता कार्की, वृन्दा दुलाल, भरत कार्की, टीका गर्तौला, जानुका केसी, धन पाख्रीन, आशिष तिवारी, विकास क्षेत्री, सरु खड्का, वीरबहादुर तामाङ, डीपी क्षेत्री, नीरबहादुर बलम्पाखी आदि छन् ।

अन्य नवप्रवेशीहरूमा चलचित्र पत्रकारहरू राजन घिमिरे, सविन शाक्य, गायक तथा सङ्गीतकार विकास चौधरी, मनोज राज, चर्चित चलचित्र गायिकाहरू अन्जु पन्त, पुजा सुनुवार पनि रहेका छन् ।

यसैगरि “जेबी टुहुरे, डिल्लीराज खनाल माओवादीमा प्रवेशले ऊर्जा थपेको छ । भूकम्पको सबैभन्दा बढी ठूलो कम्पन एमालेमा गएको छ” भन्दै माओवादीमा प्रवेश गरेका एमाले अञ्चल कमिटीका सदस्य एवं रुकुमका एमाले नेता हस्तबहादुर केसीले एमाले दक्षिणपन्थी भासमा भासिएको र देशघातीसँग घाँटी जोडेकाले छाडेको बताउनुभयो । राष्ट्रपति रामवरण यादवलाई सैनिक कु गर्न एमालेले नै उक्साएको आरोप लगाउदै उहांले भन्नुभयो “ठूलो तप्का एमालेबाट माओवादीमा आउनेवाला छ ।”

पार्टि प्रवेश गर्नेको लहर देखेर उत्साहित प्रचण्डले कार्यक्रममा वोल्दै भन्नुभयो — ” फिल्ममा पनि विदेशी दलाल र भ्रष्टहरू कोठामा तानाबाना बु्न्छन्, मध्यान्तरपछिसम्म पनि जित्छ जित्छ जस्तो लाग्छ तर हिरो देशको स्वाधीनता र स्वतन्त्रताको लागि लड्छ, अन्तमा विजय हिरोकै हुन्छ । अहिले पनि ठीक त्यस्तै भइरहेको छ । माओवादीतिरको यो लहर विजयको उद्‌घोष हो।”

माओवादीसंग टक्कर नगर्न विरोधीहरुलाई आग्रह गर्दै प्रचण्डले भन्नुभयो — “विदेशी प्रभु र तिनका दलालहरुले होस गरुन् माओवादीसँग खेल्नु आगोसँग खेल्नु हो । विदेशी प्रभु र तिनका चाकडी गरेर बस्न चाहनेलाई बढारेर फाल्नेछौं,” ।

उहांले माओवादीमा प्रवेशको यो सुरुवाती मात्र भएको बताउँदै एक सातापछि एमालेका बुद्धिजीवी र अर्को साता नेकपा एकीकृतको एउटा घटकसँग पनि एकीकरण हुने जानकारी दिनुभयो ।

              प्रेस वक्तव्य

Hasta
म ०३३ सालमा रुकुमबाट नेकपा -पुष्पलाल समूहमा पहिलो पटक सङ्गठित भएं । २०३९ सालमा पाल्पाबाट तत्कालिन नेकपा -मालेमा समाहित भए । पाल्पामा नगर कमिटीमा सङ्गठित भए । त्रि.ब.क्या पाल्पा तानसेनको स्ववियू सचिव र अनेरास्ववियु पाल्पाको अध्यक्ष तथा लुम्बिनी क्षेत्रीय कमिटीको उपाध्यक्ष पदमा रही काम गरें । २०४५ सालमा तत्कालिन नेकपा -माले रुकुमको संस्थापक सचिव भएर काम गरें । २०४७ देखि २०५८ सम्म नेकपा मालेको राप्ती अञ्चल सचिव र केन्द्रीय सल्लाहकार कमिटीको सदस्य भएर पार्टीको काममा निरन्तर रुपमा क्रियाशील रहें । २०५८ देखि २०६५ फागुनसम्म नेकपा एमाले राप्ती अञ्चल समन्वय समितिको सदस्य भएर काम गरें । २०६५ फागुन ५ देखि १० सम्म बुटवलमा आयोजना भएको नेकपा एमालेको आठौं महाधिवेशन केन्द्रीय कमिटीमा उम्मेदवार खडा भएा, तर पराजित भए ।
मैले करीब ३४ वर्षसम्म पार्टीमा सङ्गठित भएर विविध जिम्मेवारीहरु इमान्दारीपूर्वक पूरा गर्दै आए । पहिलेदेखि नै आफू रहेको पार्टीसाग वैचारिक मत भिन्नता राख्दै आएको थिएा र नेकपा एमालेको वर्तमान नेतृत्व प्रतिक्रियावादी तथा यथास्थितिवादीहरुसित मिलेर अन्य कम्युनिष्टहरु दबाउने खेलमा सङ्लग्न भयो । साम्राज्यवादी र विस्तारवादीहरुको निर्देशनमा चल्न थाल्यो । माक्र्सवाद लेनिनवादका सैद्धान्तिक मान्यताहरुलाई समेत लत्याउादै अहिले प्रतिक्रान्तिको बाटोतर्फ अग्रसर भएको र राष्ट्रपति डा.रामवरण यादवले चालेको असवंधौनिक कदमलाई समर्थन गर्दै नागरिक सर्वोच्चताका विरुद्ध सैनिक सर्वोच्चतालाई स्वीकार्दै २२ दलीय दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै विदेशी शक्ति केन्द्रहरुको निर्देशनमा कठपुतली सरकारको नेतृत्वसमेत गर्न पुगेपछि नेकपा एमालेले अब नेपाली क्रान्तिको नेतृत्व गर्न नसक्ने अवस्थामा पुगेको छ । त्यसैले मजस्तो एउटा क्रान्तिकारी व्यक्ति नेकपा एमाले जस्तो दक्षिणपन्थी धारमा पतन भइसकेको पार्टीमा बसेर काम गरिरहन नसकिने ठहर गर्दै १० वर्षे सशस्त्र जनयुद्धबाट खारिएर आएको र नेपाली क्रान्तिको सबल नेतृत्व गर्न सक्ने एकमात्र कम्युनिस्ट पार्टी एकीकृत नेकपा माओवादीले आगामी युगको नेतृत्व गर्न सक्छ भन्ने दृढ विश्वासका साथ आजैका मितिदेखि नेकपा एमालेबाट विद्रोह गरी एकीकृत नेकपा माओवादीमा प्रवेश गरेको घोषणा गर्दछु । 
                        क्रान्तिकारी अभिवादन सहित
                           हस्तबहादुर केसी
                         मितिः २०६६/३/१३

यसैविच पार्टिमा नवप्रवेशीहरूको भिड वढेपछि खुशि मनाइरहेका वेला माओवादीवाट फेरि एउटा चोइटो उछिट्टिएको छ । त्यो चोइटो हो एकवर्ष अघिमात्र माओवादी प्रवेश गरेका सुदुर पश्चिमे नेता तथा एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य टिका विक्रम हमाल । हमाल आफ्नो गुटमा नेपाल शोषित पीडित जनसंरक्षण पार्टीका अध्यक्ष गोविन्दसिंह महरा र रक्तिम लामा समेतलाइ लिएर मणी थापाद्वारा गठित ”नेकपा माओवादी संयोजन समिति” मा प्रवेश गरेका छन् । महराले आफुसंग १ हजार ५ सय सेना भएको दावि गर्दै आएका छन् ।

यसअघि पार्टि छोडेर नयां पार्टि खोल्न लागेका मातृका यादव समूहले भने अहिले स्थानीयस्तरमा जनकारबाहीको घोषणा गर्दै शान्ति सम्झौतापछि माओवादीले फुकुवा गरेका जग्गाहरू फेरि कब्जामा लिन थालेको छ । उनले भित्रभित्रै साम्यवाद स्थापनाको लक्ष्य राखी ‘माओवादी जनयुद्धलाई पूर्णता दिन’ सशस्त्र संघर्षको तयारी गरिरहेको पनि बुझिएको छ । माओवादीका अधिकांश पूर्वछापामार सदस्यलाइ समेटेर यादवले तराइका १५ जिल्लामा ‘युवा जनसुरक्षा समिति’ नामक लडाकु दस्तापनि गठन गरिसकेको वताइएको छ ।

यसरि एकातर्फवाट एकता गर्ने अनि अर्कोतिरवाट पुराना कार्यकर्ताहरूको पलायनपनि भइरहने प्रकृयालाइ विष्लेषण गर्ने सवैका आआफ्नै आधारहरू होलान् तर कार्यकर्ताको भिडमात्र थुपारेर आफुलाइ जम्बो पार्टि देखाउने होडमा लाग्दा माओवादीलाइ ”भुइंको टिप्दा पोल्टाको खस्ने” भनेजस्तो नहोस्, शुभकामना ।

 
7 टिप्पणीहरु

Posted by on जुन 28, 2009 in BLOG, NEWS

 

7 responses to “कतैवाट ओइरो, कतैवाट पहिरोः वल्ल प्रधानमन्त्री भएको अनुभव

  1. नीता पाठक, चितवन

    जुन 28, 2009 at 2:59 बेलुका

    हो सांच्चै माओवादीलाइ ”भुइंको टिप्दा पोल्टाको खस्ने” भनेजस्तो नहोस्, शुभकामना ।

     
  2. रोशनी पुन

    जुन 28, 2009 at 3:13 बेलुका

    विदेशी शक्ति केन्द्रहरुको निर्देशनमा कठपुतली सरकारको नेतृत्वसमेत गर्न पुगेपछि नेकपा एमालेले अब नेपाली क्रान्तिको नेतृत्व गर्न नसक्ने अवस्थामा पुगेको छ । So, all of the UML caders should choose progressive party Maoist .
    UML is now very very कठपुतली पार्टि ।

     
  3. Niraj Kiranti

    जुन 28, 2009 at 6:58 बेलुका

    sabai bhanda thulo kuro ko ko kata kata gae bhannu bhanda pani party ka netaharule nepali garib janata ka lagi ke die bhanera mulyankan garna saknu chahi ahile ko des ko abasyakata ho.kina bhane jane aaune ta bhainai rahanchha jaba samma jo aafu aafno khuttama uvina nasakera sahara linu parnehunchha. ajhha bhannu parda yastai swarthi bichar ka karan neta haruko masti chaleko ho.

     
  4. sagar pundit

    जुन 28, 2009 at 7:37 बेलुका

    Malai pani testai lagyo ”भुइंको टिप्दा पोल्टाको खस्ने” nahos aru sabai thik 6.

     
  5. sushil khadka

    जुन 29, 2009 at 8:07 बेलुका

    It is not wonder ! It is the regular process of peoples war. Within one decade there will be two party only DEMOCRATIC & PROGRESSIVE where the leadership of progressive party will be UNCP (MAOIST)

     
  6. chumban

    जुन 30, 2009 at 9:39 बिहान

    maoist ka pani 2/4 din ko fai futti matra ho.
    Bistarai UML kai patan mukhi bato ma jadai chhan yini haru.

     
  7. laxmi nakarmi

    जुन 30, 2009 at 10:42 बेलुका

    wahiyat, kathmandu ma basera udghatan, baktabya,ra 5 staar hotel ma kukhura ko sapro luchhnu bhanda Simana bachau,simana bare kehi bola ,Aye! Neta ho.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: