RSS

पतितहरुको अरण्यरोदन र नैतिकताको प्रश्न

29 Jun

-विवश

जनताहरु समस्याका चाङ्गसंगै पुरिदै जाने क्रम जारी छ । सत्तामै मात्र आफ्नो भविश्य देख्नेहरु आपसी खिचतानी र कुर्सी मोहका कारण देशलाई कसरी अग्रगामी गति दिन सकिन्छ भन्ने भन्दा पनि कसरी र कुन बाटोबाट कुर्सीमा पुगेर तर मार्न सकिन्छ भन्ने विषयमा केन्द्रित भइरहेका छन् । मुलुकमा बेथिति र अराजकताका श्रृंखलाहरु दिन दुइगुणा र रात चौगुणा बृद्धि भईरहेको छ । मुलुकलाई विदेशीहरुको क्रिडास्थल बनाईएको छ, सीमा क्षेत्रका नेपाली वस्तीहरुलाई निर्मम तरिकाले कुल्चदै र तहसनहस बनाउदै सीमावासीलाई लखेट्ने क्रम निरन्तर जारी छ । जनताका पक्षवाट ज्यादती विरुद्ध आवाज उठ्दा विस्तारवादका ठेकेदारहरु किञ्चित पनि हिनतावोध नगरी दिनदहाडै सफेद झुठ बोल्न पछि पर्दैनन् । संसदीय समितिको अनुगमन टोलीले सीमा अतिक्रमण भएको प्रतिवेदन बुझाइसक्दा पनि विदेशी सचिवहरु पत्रकारहरुलाई साक्षी राखेर यी सवै अफवाह हुन् भन्न पछि पर्दैनन् । नेपाललाई भारतको कुनै एक प्रशासनिक निकाय मात्र भनेर व्याख्या गर्ने प्रभुत्ववादी चिन्तन सामु हाम्रा सत्ताका भोगीहरु निरीह वनेर तिनीहरुलाई नै राजसी सत्कार गर्न पुग्छन्, अतिक्रमणकारीहरुकै बोलीलाई अनुमोदन गरिरहन्छन् । नेपाली राष्ट्रियता यसरी खुल्लेआम वलात्कृत भइरहदापनि चुपचाप सहनुपर्ने हाम्रो यो कस्तो विडम्वना ?

राष्ट्रपतिलाई सक्रिय शासनमा उक्साउने, माओवादीको विरोध गर्ने नाउंमा सैनिकीकरणलाई प्रोत्साहन दिने र प्रत्यक्ष विदेशी हस्तक्षेपका अगाडी खुल्ला आत्मसमर्पण गर्ने जस्ता कार्य गरेकै कारण पुरस्कृत भएका भारतीय दलालहरु अहिले सरकारको नेतृत्वमा पुग्ने कल्पना वाहिरको अवसर प्राप्त भएपछि राष्ट्रिय ढुकुटीमा “उल्फाको धन फूपुको श्राद्ध” गर्न व्यस्त छन् । जनताको म्यान्डेड प्राप्त सरकारले देशलाई प्रत्यक्ष मुठभेडबाट रोक्नको लागि सत्ताको वागडोर छाडिदिएपछि र दोश्रो ठुलो दल कांग्रेसले आफु सत्ताको दावेदार हुदाहुदै पनि यही अवस्थामा बन्ने कुनै पनि सरकारको वैधानिकता नहुने देखेर एमालेलाई अगाडी सार्‍यो । चोरबाटोबाटै भएपनि नचिताएको अपुताली परेपछि एमाले अहिले देशले थेग्नै नसक्ने गरि खर्च गर्दै आफ्ना कार्यकर्ता पोस्ने कार्यमा लागेको छ । किस्तावन्दीमा मन्त्रीहरु भर्ती गदै सय दिन पुग्ने वेलासम्मपनि सत्ताको भागबण्डा गरिनै रहेको छ । एकपछि अर्को गर्दै मन्त्रालयहरु टुक्राएर अव कुनै दिन दाल, चामल र चिनी मन्त्रालयहरु समेतको जम्बो मन्त्रीमण्डल बनेमा पनि नेपाली जनताले अचम्म नमाने हुने भएको छ ।  

हिजोसम्म प्रधानमन्त्रीको लागि विन्तीपत्र चढाउदै र विभिन्न शक्तिकेन्द्रहरुको ढोका चाहार्दै हिडेका माधब वावु सत्ताको डाडु पन्यु हातमा पर्ने वित्तिकै जनतालाई यो गर्छु र उ गर्छु भनेर नबर्सिने बादल बनेर गर्जिएका थिए तर महिना दिन नवित्दै आफुले गर्न नसकेको कामको सम्पुर्ण दोष माओवादीमाथी थोपर्दै आफु पानी माथिको ओभानो हुने प्रयास गरिरहेका छन् । त्यसैले उनि संविधानसभाको निर्वाचनमा हारेका ठाउंहरुमा शाहीकालका ज्ञानेन्द्रको पारामा अभिनन्दन थाप्दै चर्का स्वरहरुमा माओवादीलाई गाली गर्ने अभियानमा लागेका छन् । एकदिन एउटा कुरा बोल्ने र अर्को दिन त्यसलाई सच्याउदै जाने गर्नाले पनि उनको आफ्नो विवेकले प्रधानमन्त्री भएको भन्दा पनि रिमोट कन्ट्रोलबाट चलिरहेका छन् भन्ने कुराको पुष्टी गरिरहेको छ । यता विदेशीको कठपुतली वनेर सत्तामा टांसीन थालेलगत्तै एमाले भित्र नेतादेखि कार्यकर्तासम्म पहिरो जाने क्रम बढिरहेको छ । विस्तारवादको पक्षपोषक र मालेमावादी सिद्धान्तबाट पतित भएको आरोप सहित नेतृत्वपंक्तिबाट पनि असहयोग र आलोचना गर्ने काम सुरु भइसकेको छ । त्यसैले माधववावु अव बनि नसक्दै भत्किसकेको यो आयातित (imported) सरकार ढलेको दोष माओवादीलाई लगाउने ग्य्राण्ड डिजाइनमा रहेका छन् । 

एमाले लगायतका दलहरुका स्वदेशदेखि विदेशसम्मका छरिएर रहेका कतिपय सत्ताको चास्नीमा भुलेका कार्यकर्ताहरु भने अहिले “नाच्न जान्दैन आागन टेढो” भनेझै माओवादीलाई गाली गर्ने गोरख धन्दामा व्यस्त देखिएका छन् । जनताबाट तिरस्कृतहरुको भीड जम्मा गरेर जनताको लागि काम गर्ने भ्रम फिजाउने सरकार र त्यसका भरौटेहरुले जनमत र सदाचारका पाठहरु घोकाएको देख्दा “गर्नेलाई भन्दा देख्नेलाई लाज” भने झै सचेत जनताहरु लाजले पानी पानी हुनु परेको छ । दलालहरुका पछि लागेर जिन्दगीभर नेपालीहरुलाई उत्पीडन गरिरहने र सत्ताको रहलपहल पाइन्छ कि भन्ने आशामा राष्ट्रियता भुलेर केवल माओवादीलाई मात्र बेतुकको गाली गर्नेहरुले बेलैमा बुझ्नु पर्छकि विर्तामा दिएको विदेशी अभिमान भन्दा नेपाली स्वाभिमान धेरै गुणा श्रेयष्कर हुन्छ । जुन स्वाभिमान नेपालीको त्याग तपस्या र बलिदानबाट मात्र प्राप्त हुन्छ, नेपाली जनताको अभिमतबाट प्राप्त हुन्छ न कि मेनन वा सुदको खल्तीबाट अथवा दिल्ली र वासिंटनका दरबारहरुबाट ।

एमालेका कतिपय कार्यकर्ताहरु आजकल जनता र माओवादीलाई ईमान्दारी र नैतिकताको पाठ पढाउन खोज्दैछन् । तर यतिखेर उनिहरुले यो कसरा भुलिरहेका छन् की अहिलेको परिस्थीतिमा जनताबाट अनुमोदितहरुलाई वाटो थुनेर सत्ताका लागि द्रव्य शाहकै शैलीमा एक्लै लिगलिगे दौड दौडिने दलहरु र तिनका कार्यकर्ताहरुले नै नैतिकता र जनमतका शिक्षा दिदै हिड्नु नाङ्गाहरुले अरुको उध्रिएको देखेर कुरीकुरी भनेको  भन्दा किमार्थ अन्यथा हुन सक्दैन । सरकारी कर्मचारीदेखि मन्त्री भर्ती गर्दासम्म विदेशीको मुख ताक्ने सरकार र उसका भरौटेहरुले लोकतन्त्रको कुरा उछाल्नु कहांको नैतिकता हो ? हुनत राजनैतिक इमान्दारी र नैतिकता के हो भन्नेकुरा आफुवाहेक अरुले गरेका कामहरुलाई अधिनायकवादी देख्नेहरुका सामु कुनै अर्थहीन वकवास भन्दा अरु नहोला । त्यसैले जनताबाट तिरस्कृत भएपनि जनतामाथि शासन गर्न खोज्दा, सत्ता सम्हाल्न नभ्याउदै व्यक्तिगतरुपमा ३६ करोड रकम आफ्ना कार्यकर्ताहरुलाई वांडेर चर्चा कमाएका एमालेगणका अर्थमन्त्रीले राज्यकोषको चरम दुरुपयोग गरेर लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउदा वा कम्युनिष्टको खोल ओढेर महिनैपिच्छे विभिन्न बहानामा राष्ट्रघात गरेवापतको तलब बुझ्न भारत पस्ने केपी ओली र उनका भजन मण्डलीहरु सामु यस्ता कुरा गर्नुपनि वेकार नै ठहरिनेछ । तर यसरि नै यिनीहरुको खुराफाती चरित्र विस्तारै नेपाली जनताका सामु उदाङ्गो हुंदै गएको छ र जुन दिन जनता यसको प्रतिकारमा उत्रनेछन्, राष्ट्रियता वेचेको एक एक हिसाव खोज्नेछन् त्यस दिनमात्र यिनीहरुलाई जनताको महत्व प्रष्ट हुनेछ, राष्ट्र र जनताप्रतिको दायित्व खुल्नेछ ।                                               bibash_alone@yahoo.com.

 
4 टिप्पणीहरु

Posted by on जुन 29, 2009 in HOME

 

4 responses to “पतितहरुको अरण्यरोदन र नैतिकताको प्रश्न

  1. waker

    जुन 29, 2009 at 10:22 बिहान

    निर्वाचनमा हारेका ठाउंहरुमा शाहीकालका ज्ञानेन्द्रको पारामा अभिनन्दन थाप्दै चर्का स्वरहरुमा माओवादीलाई गाली गर्ने अभियानमा लागेकाहरू अझै ठुला कुरा गर्दै छन् ।

     
  2. Nabin Magar, Kathmandau

    जुन 29, 2009 at 6:39 बेलुका

    छोटे ज्ञानेन्द्र रुपी माधव नेपालले हारेको ठाउमा सम्मानका नाउमा आफ्ना आसे पासेलाई बटुलेर जनताको उपेक्षा गरेका छन् । यो उनैको गल्ती हो । गल्ती त पछि नै थाहा हुन्छ । प्रतिगमन आधा सचिदा पार्टी र संबिधान सभाको चुनावमा २ ठाउवाट हार्नु पर्‍यो अव फेरी के हुने हो ?

     
  3. काली

    जुन 30, 2009 at 3:00 बिहान

    लाजशरम पचेपछि जे गरेपनि हुने रै छ हजुर अव के गर्ने त नैतिकता नै हराएपछि रोएर नहुने कराएर नहुने ।

     
  4. anita zee

    जुन 30, 2009 at 8:02 बिहान

    this is a good point of view. Go ahead bibash.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: