RSS

बेल्जियममा नेपालीको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

29 Jun

दधिराज घिमिरे, ब्रसेल्स / ३० जुन ०९pasang

नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमले हालै नागरिक सर्वोच्चता, नयां संबिधान निर्माण र सेना समायोजन सम्बन्धी एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्‍यो । वेल्जियमको राजधानी व्रसेल्समा आयोजित सो कार्यक्रममा एकिकृत नेकपा माओबादीका पोलिटब्यूरो सदस्य तथा जनमुक्ति सेना नेपालका कमाण्डर नन्द किशोर पुन पासाङ्ग तथा डेपुटी कमाण्डर क. बलदेबको प्रमुख आतिथ्यता रहेको थियो । मोर्चाका अध्यक्ष बिष्णु भुजेलको सभापतित्व रहेको सो कार्यक्रममा उपाध्यक्ष चित्र सुबेदीले स्वागत भाषण गर्नु भएको थियो भने महासचिव दधिराज घिमिरेले कार्यकम संचालन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पासाङ्गले संबिधानसभाको निर्वाचन पछि नेकपा माओबादी सबैभन्दा ठुलो पार्टीको हैसियतमा आएपनि सरकार निर्माणदेखि हालसम्म निरन्तर देशीविदेशी प्रतिक्रियावादको घेराभित्र रहेर संघर्ष गर्नुपरेको कुरा स्मरण गराउनु भयो । उहांले सरकारमा सहभागी दल एमालेले विगतमा सरकार भित्रबाटै प्रतिपक्षको भुमिका निभाउनुले पनि नेपाली जनताले आशा राखेजस्तो मुलुकलाई अगाडी बढाउन नसकेको बताउनु भयो । “अहिले नेपालमा नागरिक सर्बोच्चताको बिषय प्रमुख रुपमा अगाडी  आएको छ, तर जनताको प्रतिनिधीले बहस गर्ने थलो संबिधान सभामा कांग्रेस-एमाले लगायतको गठवन्धनले जनताको सर्बोच्चताको बिषयलाई नै प्रबेश नदिएर चुनावको औचित्य  माथि नै प्रश्न चिन्ह खडा गरेका छन् ।” भन्दै उहांले बर्तमान सरकार बैधानिक सरकार नभएर कठपुतलीमात्र भएकाले यो सरकारलाई मान्यता दिने कुनै ष्पष्ट आधार नभएको जिकीर गर्नुभयो । उहांले नयां संबिधानको निर्माण र सेना समायोजन प्रकृया नङ र मासु जस्तो जोडीएको छ भन्दै नेपाली सेनाभित्र पनि अधिकांश एउटै सेना बनाउने कुरामा सकारात्मक रहेका भएपनि सेनाको नेतृत्वमा रहेका केही राजाभक्त ठालुहरुले ति बिषयलाई जवरजस्ती दवाउन खोजेको वताउनु भयो ।

 karyakramनेपाल जस्तो देशमा अनिवार्य सेनाको आवश्यक रहेको तर्क गर्दै उहांले अनिवार्य सेनाको बिषयलाई नेपाली जनताको बिचमा लिएर जान सक्ने दम एकिकृत माओबादी बाहेक अरु  कुनैपनि दलमा नभएको बताउनु भयो । उहांले एकिकृत माओबादीले अनिवार्य सेनाको अवधारणालाई दह्रोसंग उठाउने बताउदै शान्ति प्रकृया र नेपाली जनताको मुक्तिकालागी निरन्तर लडीरहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । मन्तव्यकै क्रममा उहांले सबै पार्टीभित्र केहि राष्ट्रबादी चिन्तन वोक्ने व्यक्तित्वहरु भएपनि ति पार्टीले लिएको बिचार गलत भएकोले उनीहरुले नेपाली  जनताको मुक्तिको आवाज वुलन्द पार्न नसकेको बताउनु भयो ।

 कार्यक्रमका अर्का आकर्षण एकिकृत नेकपा माओबादीका पोलिटब्यूरो सदस्य तथा जनमुक्ति नेपालका डिपुटी कमाण्डर क. बलदेबले मुलुकवाट धेरै टाढा यूरोपमा रहेरपनि मञ्चले बहस, उच्च चेतना र नेपाली जनताको मुक्तिको लागी खेलेको भुमीकाको प्रशंशा गर्दै नेपाली जनताको मुक्तिका लागी संगठनले गरेको योगदानको उच्च मुल्यांकन गरेको बताउनु भयो । उहांले सत्तारुढ पार्टीहरुले बिचार बिहीन भएर जनताको बिश्वास गुमाएपछि पनि सत्तामा टिकीरहन बिदेशीको बलबुताको वैशाखी टेकेको उल्लेख गर्दै यसको आयु लामो नभएको ठोकुवा गर्नुभयो । उहांले माओवादी नेतृत्वको सरकारमा छंदा नेकपा एमालेले बिकाश निर्माणदेखी राष्ट्रियताको प्रश्नमा समेत बिपक्षीको भुमिका निर्वाह गर्नुलाई सो पार्टि बामपन्थीको नैतिकताबाट पतन भएको टिप्पणी गर्नुभयो । कटवाल प्रकरणले नेपालका दलहरु मात्र नभएर भारत समेत दुई खेमामा बिभाजित भएको बताउदै उहांले अहिलेको परिप्रेक्ष्यमा नेकपा माओबादीले उठाएको नेपाली जनताको सर्वोच्चताको प्रश्नमा अरु दलहरु प्रबेशसम्म गर्न नचाहनुले जनताको नजरमा उनिहरुको नैतिकता गिरेको छ भन्नुभयो । त्यस्तै एक प्रसंगमा उहांले एकिकृत नेकपा माओबादी बाहेक राज्यको पुनः संरचना र संघिय राज्य प्रणाली अरु कुनै पार्टीले संबोधन गर्न नसक्ने बताउनु भयो । यसका साथै उहांले बिचार बिनाको युद्ध सफल नहुने भन्दै जातिय यूद्धलाई बर्गिय यूद्धसंग जोडेर जातिय मुक्तिको लागि लडेमा मात्र सफलता प्राप्त हुने पनि प्रष्ट्याउनु भयो । भारत अहिले संबिधानसभा भङ्ग गर्ने योजना अनुसार अगाडी वढेको र यसको लागी राष्ट्रपतिलाई अगाडी सारिएको विश्लेषण गर्दै उहांले संबिधानसभा भङ्ग गर्ने षडयन्त्र भएमा प्रवाशवाट समेत संपुर्ण राष्ट्रबादी नेपालीहरु एकजुट भई राष्ट्रिय हितको संरक्षणका लागी संघर्षरत रहनु पर्ने समेत औंल्याउनु भयो ।

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: