RSS

एउटै बाटोमा दुइ कार्यालयद्धारा ग्रावेल

01 Jul

गोरखा / जिल्ला विकास समितिको कार्यालयले जिम्मा लिएको गोरखाको ढुङ्गागाडे आरुघाट सडक खण्डमा ११ किलो—छेपेटार सडक आयोजना कार्यालयले ग्रावेल गराएको छ । विकेन्द्रित ग्रामीण पुर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम ड्रिल्पले ग्रावेल गर्ने जिम्मा लिइसकेको सो सडकको ढुङ्गागाडेदेखि अगाडीको ८०० मिटर बाटोमा ग्रावेलका लागि टेण्डर स्वीकृत गरी ठेकेदार मार्फत काम सुरु गराएको हो ।
जिल्ला विकास समितिको राजनीतिक संयन्त्रले सो बाटोमा जेठको २२ गते दाहोरो पर्ने गरी काम नगर्न नगराउन निर्देशन गरे अनुसार जिल्ला विकास समितिले पत्राचार गरेपनि अटेर गरी काम गराएको जिल्ला विकास समितिले जनाएको छ ।
जिल्लाको मुख्य ब्यापारीक केन्द्र आरुघाट जोड्ने सो बाटो ग्रावेलका लागि ड्रिल्पले निर्माण प्रक्रिया सुरु गरिसकेको छ । सडक कार्यालयलाई पटक पटक जानकारी गराएपनि अटेर गरी ग्रावेल गरेको स्थानिय विकास अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सडक कार्यालयलाई ढुङ्गागाडेदेखि गोरखा वजारको सडकमा काम गर्न भने पनि दोहोरो पर्ने गरी काम गरेको उहाँले बताउनुभयो ।
उता सडक कार्यालयका आयोजना प्रमुख गणेश बहादुर कंडेलले भने सडक निर्माण कार्य आफुहरुको भएकाले र सो बाटो जिविस मार्फत हुने जानकारी नभएकाले टेण्डर प्रक्रियामार्फत काम सुरु गराएको बताउनुभयो । उहाँले अहिले काम रोक्न लगाइसकेको जानकारी दिनुभएको छ ।
स्मरणीय छ, आयोजना प्रमुखले जानकारी नभएको बताएपनि प्रमुख कंडेलकै उपस्थितिमा सो बाटोमा सडकमा कार्यालयले काम नगर्ने निर्णय गरेको थियो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 1, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: