RSS

एसएलसीमा गोरखाको ८२ प्रतिशत

01 Jul

गोरखा / २०६५ सालको प्रबेशीका परीक्षामा गोरखाका २ नीजि सहित ९ विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ ।
बोर्लाङ गाविसको सरस्वती उच्च माध्यामीक विद्यालय, गोरखा नगरपालीकाको सरस्वती मावि, द वल्ड क्यापीटल, सेन्ट जोसेफ, मसेलको विन्द्रावती, खोप्लाङको अन्नपुर्ण माविले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराएका छन् ।
त्यसैगरी देउरालीको रामशाह मावि धुंवाकोटको अकला र भुम्लीचोकको भद्रकाली माविले पनि शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यस वर्षको नतिजा प्रकाशन भइसकेपनि विद्यालयको बरियता क्रम भने निर्धारण भइनसकेको कार्यालयले जनाएको छ ।
यसबर्ष गोरखाबाट प्रबेशीका परीक्षा दिने ३ हजार ७ सय ६६ जना परीक्षार्थीमध्ये ३ हजार १ सय १९ जना उतीर्ण भएका छन् । जसमध्ये २७ जना विशीष्ट श्रेणी १ हजार २ सय १८ जना प्रथम १ हजार ८ सय ४२ जना द्धितीय र ३२ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।
जिल्लामा यसबर्ष कुल परीक्षार्थीको ८२.८२ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन । यसबर्षको नतीजा अनुसार २९ वटा विद्यालयले ९० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तिर्ण गराएको छ । जिल्लामा सबैभन्दा बढी द वल्ड क्यापीटल उच्च माविले १३ जना विद्यार्थी विशीष्ट श्रेणीमा उत्तिर्ण गराएको छ ।
यसैगरि छोप्राकको चित्रेपोखरी माध्यामीक विद्यालयबाट परीक्षा दिएका ५ जनामध्ये कोही पनि उत्तिर्ण भएका छैनन । विगत केहीबर्षयता जिल्लामा पहीलो स्थानमा रहन सफल नवजागृती चण्डी माध्यामीक विद्यालयमा भने १ जना अनुत्तिर्ण भएका छन् । त्यसैगरी थालाजुङको झिम्रेक महीपते माध्यामीक विद्यालयको १२ जना विद्यार्थीमध्ये २ जना मात्र उत्तिर्ण भएका छन ।

 
१ टिप्पणी

Posted by on जुलाई 1, 2009 in HOME

 

One response to “एसएलसीमा गोरखाको ८२ प्रतिशत

  1. Ranadip Khan

    जुलाई 1, 2009 at 4:33 बेलुका

    Khai ke Khai ke Jati pass bhaya pani ke garne ra ?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: