RSS

महाकालीसंगै बग्दैछन् जनताहरू

01 Jul

डडेल्धुरा -अमरगढी,

तीन देशको सिमाना कालापानीबाट बग्ने महाकाली नदीको ३०० किलोमिटरभन्दा लामो क्षेत्रमा पुल नभएका कारण महाकाली नदी तर्नेक्रममा बर्षेनी दर्जनौं व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

कालापानी लिपुलेकदेखि कञ्चनपुर जिल्लाको महेन्द्रनगरसम्म रहेका जम्मा छ वटा पुलमात्र महाकाली नदी पार गर्ने सुरक्षित माध्यम हुन् । करिब पचासदेखि ८० किलोमिटरको दुरीमा रहेका ती पुलमध्ये दार्चुला सदरमुकाम जोड्ने झोलुङ्गेपुल, दार्चुलाकै जोलजीवीमा रहेको पुल र बैतडीको झुलाघाटमा रहेको झोलुङ्गेपुल हुन् भने तराईका ब्रहृमदेव, गड्डाचौकीमा रहेको बनावासा पुल र दोधारा चांदनीमा रहेको झोलुङ्गेपुल मात्र हुन् ।

दार्चुलामा मात्र ०६५ कात्तिक यता २४ सर्वसाधारणले महाकालीमा ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्ट भन्नुहुन्छ, ज्यान गुमाउनेमा महिला र बालबालिकाको सङ्ख्या बढी देखिएको छ ।

प्रायःजसो महाकाली नदी तर्दा तुईनबाट खसेर, टयुव फुटेर र बगेर ज्यान जाने गरेको जानकारी निरीक्षक भट्टले दिनुभयो । दार्चुलाबाहेक बैतडी र डडेल्धुरामा पनि महाकाली नदी जोखिम मोलेर तर्दा ज्यान गुमाउनेको सङ्ख्या एउटै हाराहारीमा रहेको छ ।

बैतडीमा दुई वर्ष यता महाकाली नदी तर्दा ज्यान गुमाउनेको सङ्ख्या ३४ भन्दा बढी रहेको छ । ठयाक्कै रेकर्ड नभए पनि जानकारीमा आएका घटना तीन दर्जनभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहाडी जिल्लाहरूमा अधिकांश दैनिक उपभोग्य सामग्रीको आयात सिमानाका भारतीय बजारबाट हुने गरेको छ तर सीमा नदी भएका कारण दुवै देशको सहमतिबिना पुल निर्माण सम्भव नभएको बताउंदै नेपाली काङ्ग्रेस बैतडीका सभापति नरेन्द्र बिष्टले भन्नुभयो, सरकारले कूटनीतिकरूपमा पहल गरेर आवश्यक ठाउंमा पुल निर्माण गर्न पहल गर्नुपर्छ ।

यि ठाउंहरूमा प्रहरीको रेकर्डमा रहेका दुर्घटनाभन्दा पनि रेकर्डमा नरहेका दुर्घटनाको सङ्ख्या बढी रहने गरेको छ दार्चुला लालीका धर्मबहादुर चन्दले दुर्घटना भएपछि पुर्‍याउनुपर्ने कानुनी प्रक्रिया झन्झटिलो हुने भएकाले दर्जनौं घटना प्रहरीमा दर्ता नै नहुने बताए । उनका अनुसार गाउंबाट लास बोकेर सदरमुकाम पुर्‍याउनै दुई दिनभन्दा बढी लाग्ने र अधिकांशको त लास नै नभेटिने भएकाले पनि उजुरि दर्ता संभव हुंदैन ।

महाकाली तिरमा दार्चुला जिल्लाका ३२ गाविस छन् भने बैतडीका १६ गाविस रहेका छन् । नेपाली काङ्ग्रेस दार्चुला महासमितिका सदस्य विक्रम धामी भन्नुहुन्छ, अधिकांश सिमानाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका लागि पनि भारत जानुपर्ने बाध्यता छ, त्यसैले वर्षातमा बढी दुर्घटना हुने गरेका छन् ।

 महाकाली किनार सुनसेराका शिक्षक नरेन्द्र साउदले महाकाली तिरका सबै बासिन्दाले दैनिक रोजगार र औषधि उपचारका लागि महाकाली पारी जानु पर्ने बताउंदै भन्नुभयो, सिमावर्ती भारतीय बजारमा दैनिक रोजगारीका लागि जाने र विद्यालय पढ्न जानेको ठूलो सङ्ख्या रहेको छ ।  नेपाल भारतका स्थानीय अधिकारीहरूले दार्चुला र बैतडीका आवश्यक पांच ठाउंमा पुल निर्माण गर्न सहमति जनाएको भए पनि सरकारीस्तरमा निर्णय नहुंदा निर्माण हुन सकेका छैनन् ।

दार्चुलाको सुनसेरा र लालीमा पुल निर्माण गर्न सिफारिस गरी पठाएको प्रमुख जिल्ला अधिकारी खम्वराज थानीले बताउनुभयो । भारतीय पक्षले पुल निर्माण गर्न सहमति दिएका ठाउंमा पनि नेपाली पक्षले लापरबाही गरेका कारण पुल निर्माण हुनसकेको छैन । राजनीतिक रूपमा यो विषयमा आवाज उठाउने र सरकारलाई दबाब दिने काम नभएका कारण नै हरेक वर्ष सयौं व्यक्तिले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ ।

 
2 टिप्पणीहरु

Posted by on जुलाई 1, 2009 in HOME

 

2 responses to “महाकालीसंगै बग्दैछन् जनताहरू

  1. उमेश ठकुरी

    जुलाई 1, 2009 at 9:07 बिहान

    कोही सीमानावाट खेदीने कोहिलाइ महाकालीले वगाउने नेपाली जनताको नियती नै यस्तै त हो ।

     
  2. laxmi nakarmi

    जुलाई 4, 2009 at 1:55 बिहान

    Tyehi,Baitadi ka jibro katieka ra sahityakaar naam ka neta haru kathmandu ma biraajman hinuhunchha,Sher bahadur ra lokendra bahadur, Yini haru laai herera chitta bujhaune ni ,Haami Aam nepali le. uhan haru le aaraam paaye bhai ta halyo ni.aru laai kina chahiyo?aam naagarik ta manis nai hoina ni.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: