RSS

विस्थापीतका टहरा पुलीसले भत्काइदिए

01 Jul

घोराही – दाङ,

दाङको सतबरिया-२ बनघुर्सिस्थित कर्री सामुदायिक वन क्षेत्रमा बस्दै आएका सीमावासीले बनाएका टहरा मंगलवार प्रहरीले हटाएको छ ।

पटकपटक भएका सहमतिअनुसार सीमावासीले वन क्षेत्र खाली नगरेपछि बिहानै कर्री पुगेको प्रहरी र वनकर्मीहरूले वन क्षेत्रमा बनाइएको झन्डै ७०० टहरा हटाएको वताइएको छ । प्रहरीले वन क्षेत्रमा बस्नका लागि बनाइएका त्रिपालका टहरा सवै भत्काई त्यहां रहेका सामानहरू ”बरामद” गरेको छ । प्रहरीको टोली अहिले पनि वन क्षेत्रमै रहेको छ ।

विस्थापीत सीमावासी बसेको वन क्षेत्रमा प्रहरी प्रवेश गरेपछि महिला र वृद्ध सीमावासी घरतर्फ फर्केका छन् भने अन्य अहिले बसेको वन क्षेत्र छोडेर अर्को वनतर्फ लागेका छन् ।वन क्षेत्रबाट हट्न आग्रह गर्दै सुरक्षाकर्मी र वनकर्मी वनमा प्रवेश गरेपछि धेरै सीमावासी बस्दै आएको वनदेखि माथिल्लो वनतर्फ लागेका हुन् ।

टहरा हटाउने क्रममा केही वेर झडपको स्थिति पनि आएको थियो । त्यसक्रममा एक सुरक्षाकर्मी र एक  विस्थापीत घाइते भएका छन् । प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सीमा क्षेत्रमा राज्यको उपस्थिति नहुंदा आफूहरू असुरक्षित वनेको र विकासका पूर्वाधारबाट ठगिएको भन्दै झन्डै एक हजार सीमावासी गएको जेठ १४ गतेदेखि सो वन क्षेत्रमा बस्दै आइरहेका थिए । यसअघि जिल्लामा भएका सर्वपक्षीय छलफलमा राज्यले सीमा क्षेत्रमा सुरक्षा र विकासका पूर्वाधार पुर्‍याउने तथा विस्थापितहरू घर फर्कने सहमति भएको थियो ।

पछिल्लो समयमा भारतीय सीमा सुरक्षा वलले फेरि दुःख दिन थालेकोले विस्थापितले गाउं फर्कने अवस्था नभएको बताउंदै आएका थिए । यसअघि भएका सहमतिअनुसार वन कार्यालयले पटकपटक सार्वजनिक रूपमा वन क्षेत्र छोड्न आग्रह गर्दै आएपनि उनीहरूले राज्यले आफूहरूको उचित पुनःस्थापना नगरेसम्म वन क्षेत्र नछोड्ने अडान लिएका छन् ।

यसैविच शुरूदेखि नै सिमावासीका समस्या र हक हीतको सवाल उठाउदै आएको एकिकृत नेकपा माओवादी जिल्ला समिती दाङले एक प्रेस विज्ञप्ति जारि गरि सीमावासीलाइ उचित राहतको व्यवस्था विना जवर्जस्ति सो क्षेत्रवाट हटाउन खोज्नु सरकारको गैर जिम्मेवारिपन भएको भन्दै विस्थापीतमाथीको प्रहरी हस्तक्षेपको भर्त्सना गरेको छ ।

        प्रेस विज्ञप्ती

दाङ जिल्लाको राजपुर, बेला, कोइलाबास र गोवरडिहा गाविसका नेपाल-भारत सीमा क्षेत्रका बासिन्दाहरु असुरक्षा, गरिबी, कहालीलाग्दो जनजीविका र विकराल सुकुम्बासी समस्याका कारण विस्थापित भई सतबरिया गाविसको सामुदायिक वन क्षेत्रमा बसी आन्दोलन अगाडि बढाइरहेको सबैमा विदितै छ । स्थानीय स्तरबाट राजनीतिक दलहरु, नागरिक समाज, पत्रकार र प्रशासन लगायतका सबै क्षेत्रबाट तदारुपताका साथ चालिएको कदम सह्रानीय नै छ । तर, यो घटनाको शुरुवातदेखि नै नेपाल सरकार र सरकारका मन्त्रीहरु गैरजिम्मेवार बनेको हामी सबैलाई थाहा छ । राष्ट्रिय स्तरको समस्यालाई राष्ट्रिय स्तरबाट पहल नगरिनु, ज्यादती र धम्की प्रक्रिया जारी रहनु र सीमा क्षेत्रमा आतंक बढ्दै जानु जस्ता कारणले सीमाबासीमा आतंक कायमै छ । सरकारले केन्द्रबाटै ठोस पहल गरेको कुनै आधार नदेखिरहेको अवस्थामा समस्या समाधान भइहाल्यो भन्नु गैरजिम्मेवारपन मात्र हुन्छ ।

सीमाबासीले राज्यले हामीलाई विश्वस्त तुल्याउन सकेन भनेर भनिरहेको र थप माग राखिरहेको संघर्षमा प्रशासनले हस्तक्षेप गर्नु गम्भीर विषय हो । समस्या समाधानको साटो दमन र धरपकडमा उत्रनु निन्दनीय कार्य हो । हाम्रो पार्टी सीमाबासीहरुमाथि आज बिहानैदेखि भएको दमन र धरपकडको घोर भर्त्सना गर्दछ । र, सीमाबासीलाई उचित व्यवस्थापनको व्यवस्था मिलाउन सरकारसंग जोडदार माग गर्दछ ।

                                          ………………………

                                          रामजी थारु -मिलन

                                          सेक्रेटरी

                                          एकीकृत नेकपा माओवादी

                                          जिल्ला समिति दाङ

 
2 टिप्पणीहरु

Posted by on जुलाई 1, 2009 in HOME

 

2 responses to “विस्थापीतका टहरा पुलीसले भत्काइदिए

  1. मुखिया कान्छो

    जुलाई 1, 2009 at 8:53 बिहान

    हाम्रो सरकार प्रशाषनको यो भन्दा नालायकीपन के हुन सक्छ यो भन्दा अरू ?

     
  2. रोशनी पुन

    जुलाई 1, 2009 at 9:04 बिहान

    भुटानी मात्र हैन अव शरणार्थी हुने पालो नेपालीको ।
    आफ्नै देश भित्रका स्वदेशी शरणार्थी कहां जाने होला विचराहरू अव वास खोज्न ? नामर्द र कठपुतली सरकारको जनता भएर वांच्न कति गाह्रो हुने रै छ वल्ल वुझिंदैछ ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: