RSS

कटवालका कविता र कविवरका काव्य कति करीव ?

02 Jul

उहिलेका राजा मविवि शाहले गित कविता लेख्थे । त्यसपछि चांदनी शाह, जि. शाह आदिले पनि लेख्न थाले । यि सवै कुनै न कुनै रूपमा मुलुकको कार्यकारी रहेका वेला चर्चामा आए, त्यतिवेलै आफ्नो “कवि”को छवी वनाए ।  अहिले तिनै “काव्यिक व्यक्तित्व”हरूको छत्रछांयांमा रहेर हुर्केका तथा मुलुकको वर्तमान राजनैतिक मोडमा आफ्नो “जंगी” हैकम कायम राखेका आर कटवालले पनि आफ्नो गिती एल्वम निकाले रे “आर कटवालका गीतहरु पहिलो र दोस्रो भाग” एक्कैचोटी । एल्वमको विमोचन पनि गराए जंगी अड्डाभित्रै मंगलवार, “जंगी” कवि अर्थात्  कवि”वर” माधव घिमीरेका हातवाट ।

आजकाल कवि हुनु, गित कविता लेख्नु  कुनै ठुलो कुरा होइन, उहिले शिक्षीत जनता कम हुन्थे, साहित्य चेतना कम थियो,  दुइ चार शिक्षीतले  कविता लेखेभने ठुलै ख्याती पाउने जमाना थियो । तर अव शिक्षा र साहित्यमा चेतनाको उच्च विकास भइसकेकाले  कोहि कवि हुनु त्यति अनौठो विषय होइन । तर साहित्यमा दखल राख्न त कमलो मन र कवि हृदय चाहिनेमा मुलुकका यि कठोर शाषक वर्गमा कसरि साहित्यीक चेतना पलायो ? भन्ने सवाल कहिले काहीं उठ्ने गर्दछ । यसको कारण खोज्ने हो भने के भेटिएला ?  तात्कालीन राजा मविवि शाहले मुलुकको कार्यकारी पद हत्याइ प्रजातन्त्रको घांटि निमोठ्न यहि “कवि” पदको सहारा लिएका थिय । देशव्यापी दौडाहामा निस्के, जनतालाइ “कवि राजा” भनेर चिनाए, अनि सत्ता हत्याय । रानी चांदनी शाहले पनि देशमा वहुदल आएपछि कविता लेखेको खासै पत्तो भएन । अर्का जी. शाहले त पितृपथमै रहेर देशदौडाहा  गरेको सर्वविदितै छ ।   यसले कतै शाषकमा निरंकुशता वृद्धि हुंदै जान थालेपछि जनतामा आफ्नो मन कठोर छैन भन्ने देखाउन साहित्यीक आडम्वर ओढ्ने त गर्दैनन् ? भन्ने टड्कारो शंका उव्जाएको छ । जति ढाकछोप गरेपनि वास्तविकता त आखिर यहि नै हो ।  

“रुकुम रोयो रोल्पा रोयो रोयो रुम्जाटार
नेपालीको थाप्लामाथि यस्तै सधैं भार
आफू आफू जुट अब अति भयो फुट
सन्तानको खातिर अब छोड पराइ गुट।”

यि शव्दमा कति राष्ट्रियता छ ? यसवारे कवि”वर” घिमिरेले बोले, “गीतहरु हेर्दा थाहा हुन्छ रचनाकार राष्ट्रप्रति कति समर्पित छन्।”  कुनै देशभक्त नेपालीले लेखेका भए यि शव्द गुमनाम नै रहन्थे होला  तर रचनाकारको छवि र गितको भाव विचको तालमेल नमिल्दा नमिल्दै यसको “राष्ट्रियता”ले चर्चा पायो । यसवारे कटवाल आफैले वोले “गीत कविताको दायरा हुँदैन शत्रु हुँदैन गरिब र धनी सबैको साझा सम्पति हो यो।”  अहिले रूकुम वा रूम्जाटार रोएको छैन, पुराना आंशुपनि पुछ्ने सिलसिलामा छ । नेपाली जनताले आफुलाइ रूवाउन संधै थाप्लामाथी रहेका यि शाही “भार”हरू हटाउन चाहेका छन् तर विडम्वना अवरोध गर्ने षडयन्त्र भने तिनैले “राष्ट्रवादी कवि”का रूपमा गर्दैछन् । किनकी रूकुम वा रूम्जाटार नरोएमा यिनको गितले सार्थकता पाउंदैन, भन्ने गरिएको राष्ट्रवादको पनि कुनै अर्थ रहदैन ।  अनि गित सवैको साझा हुने कुरै भएन ।

यस्तैमा कवि”वर”को काव्यपनि चर्चामा आउंछ । जी. शाहको कलंकित “कु” को कदरमा कन्दनी कसेर लाग्दा काव्यीक चौताराका शितल प्रदायक कविहरूदेखी टाढा रही  एक्लो “वर” भएका कवि”वर”ले नै कटवालको गिती एल्वम विमोचन गर्नुले पनि कवि”वर”को काव्य र कटवालको कविता करीव करीव उस्तै रहेको छ । उमेरले नेटो काटिसकेका कवि”वर” उहिलेदेखी नै “कविराजा”का कारिन्दा मानिन्थे, ति राजाका पुत्रलाइ पनि “कवि”को छवि वनाउन यिनैले साथ दिए भने अर्का धर्मपुत्रलाइ पनि नसघाउने त कुरै भएन । त्यसैले जनताका कुरा कोरेर भन्दापनि यस्तै छद्म कविहरूका “साझा छहारि” भएकाले नै उहां “वर” ठहरिनु भएको हो भनि विश्लेषण गर्नेहरू प्रशष्तै भेटिन्छन् । उहांकै छत्र छायांमा शाषकहरू “कवि” भएका छन् र उहां सवैलाइ वेला अनुसार अनुमोदन गरिरहनु भएको छ, यसै अनुरूप अव पालो आएको छ आर कटkatwalवालको । यि पनि अव नेपालका नयां “कविराजा” वन्ने ध्याउन्नमा रहेको प्रष्ट भइसकेको छ ।

के कटवालको नयां छवीले सफलता पाउला त ? यिनको महत्वाकांक्षा सफल होला त ? अवश्यै नहोला किनकी इतिहासमा अहिलेसम्म कुनैपनि निरंकुश र सैन्यवादी पृष्ठभुमीका शाषकको काव्यिक रणनितीले काम गरेको पनि छैन र गर्नेपनि छैन । जनता पहिलेभन्दा धेरै सचेत भैसके, झुक्याउन त्यति सजिलो छैन । त्यसैले गित र कविता वेचेर शाही शाषन कमाउने सपना नदेखे हुन्छ रे भन्दिनु कटवाललाइ !

 
10 टिप्पणीहरु

Posted by on जुलाई 2, 2009 in BLOG

 

10 responses to “कटवालका कविता र कविवरका काव्य कति करीव ?

  1. GB

    जुलाई 2, 2009 at 4:41 बिहान

    अब रिटार्यड हुने दिन आउन लाग्यो यसो कबिता, श्लोक , मुक्तक , भजन सजन गाएर बस्ने चाहाना होला नी हाम्रा प्रधान सेनापति ज्यूको । पहिले राजसंस्थाको भजन गाउथे त्यो चाही गाएनछन् अहिले । अब कबिताहरु लेखीरहनु भन्दा पनि पशुपति तिरै गएर राम नाम जपेर बसे पाप कटौती हुन्थ्यो की ? जे होस् बेस्ट अफ लक रुक्माङ्गग कटुवाल जी को

     
  2. josef

    जुलाई 2, 2009 at 1:03 बेलुका

    Yo R Katawal bhanne ko ho ? katai Hamrai Okhaldhunga Bata Mahendrale Uthayera Lyako Thulo Dhane Ta Haina? Aaaaaaaaaa Tyo moro pani Yesto?

     
  3. Ritesh

    जुलाई 2, 2009 at 1:05 बेलुका

    Yo Raja Ko Dalal Lai Sabai Milera Lakhetnu Parchha. K KO Kabi ?

     
  4. Ranadip Khan

    जुलाई 2, 2009 at 11:13 बेलुका

    गित र कविता वेचेर शाही शाषन कमाउने सपना नदेखे हुन्छ रे भन्दिनु कटवाललाइ !

     
  5. saheed

    जुलाई 2, 2009 at 11:34 बेलुका

    Yo Kattuwal ko Suruwal layeko photo ta kasto Bandar Jasto dekhiyeko ho ?

     
  6. bandre

    जुलाई 3, 2009 at 4:46 बिहान

    Khai k Khai k yinle k garna lageka hun.

     
  7. Vikey

    जुलाई 3, 2009 at 10:16 बिहान

    आजकाल कवि हुनु, गित कविता लेख्नु कुनै ठुलो कुरा होइन, उहिले शिक्षीत जनता कम हुन्थे, साहित्य चेतना कम थियो, दुइ चार शिक्षीतले कविता लेखेभने ठुलै ख्याती पाउने जमाना थियो । तर अव शिक्षा र साहित्यमा चेतनाको उच्च विकास भइसकेकाले कोहि कवि हुनु त्यति अनौठो विषय होइन ।
    Tesaile Katwal le pani kavita lekhe, K naulo Bhayo ra yetro Khaila Baila Ta ?

     
  8. bhaveshor

    जुलाई 28, 2009 at 9:33 बिहान

    सबै कुरा संकाबाट हेरिनु हुदैन कटवाल का लेख रचना आउने कुरामा मलाई खुसिनै लागेको छ

     
  9. JOSEF

    अगस्ट 1, 2009 at 11:48 बिहान

    RACHANA GARNU TA RAMRAI HO TARA RACHANA LAI DURUPAYOG GARERA AFNO TIME PASS GARNE SADHAN BANAUNA BHAYENA.

     
  10. zehad

    अगस्ट 1, 2009 at 8:37 बेलुका

    haina yo katawal le je gare pani kina samachaar banchha han ?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: