RSS

भारतको लालगढमा खतरनाक प्रविधियुक्त रसायनिक अप्रेशन

03 Jul

लालगढका जनताविरुद्ध भारतको केन्द्र र पश्चिमबंगाल राज्य सरकारले घोषणा गरेको युद्धमा अमेरिकी जासुसी एजेन्सी र भारतीय अन्तरीक्ष अनुसन्धान केन्द्र ISRO संलग्न भएको पुष्टी भएको छ । उक्त कुरा २७ जुन २००९ मा बंगाली दैनिक ‘सनवाद प्रतिदिन’ नामक पत्रिकको प्रथम पृष्ठमा प्रकाशित भएको छ । राजश्री दास गुप्ताद्धारा प्रेषित समाचारमा माओलाई पहिचान गर्न विदेशी प्रविधि प्रयोग गरिएको खुलासा भएको छ ।

‘गोलटोर’ जसको साहित्यिक अनुवाद उच्च प्रविधि भन्ने हुन्छ,त्यस्तै प्रविधियुक्त युद्ध लालगढमा सुरु गरिएको छ । अमेरिकी गुप्तचर अन्तरीक्ष र भारतीय अन्तरीक्ष अनुसन्धान केन्द्रले माओवादी अधिनस्थ रहेका भू-भागहरू पहिचान गरी युद्धको तयारी गरिरहेको छ ।

आधुनिक प्रविधिको मद्दत सँगसँगै गाँउलेहरूसँग एकाकार भई माओवादी गुरिल्लाहरूको पहिचान गर्ने काममा उनीहरू लागेका छन् । दोस्रो चरणको लालगढ अप्रेसनको क्रममा मुरारका गांउसँगै जोडिएको बुसहोल जंगलमा १५ सय माओवादी गुरिल्ला रहेको आशंकामा हवाइ सेनाद्वारा विशेष किसिमको रसायनिक Dyes पदार्थ खसालिएको छ । यदि त्यसरी खसालिएको रसायनिक पदार्थ माओवादी गुरिल्लाहरूको शरीरमा पर्‍यो भने एक वर्षसम्म त्यसको रंग कुनै हालतमा नखुइलिने कारणले गर्दा त्यो इलाकाबाट माओवादी गुरिल्ला गाउंमा सेल्टर लिन गएमा सजिलै पहिचान गर्न सकिने विश्वास अपरेसनमा रहेकाहरूले लिएका छन् ।

माओवादी गुरिल्ला भनी पहिचान भएका कारण एकातिर गाँउलेहरूले सुरक्षित आश्रयस्थल दिने छैनन् भने अर्कातिर उनीहरूलाई प्रहरीले सजिलै चिनेर गिरफ्तार गर्नेछ । गत जुन २६ तारिख शुक्रबारका दिन उच्च प्रविधियुक्त युद्ध सफल भएको दाबी गरिएको छ । त्यो क्रमलाई शनिबार पनि निरन्तरता दिइएको छ ।

आठ महिनासम्म प्रहरी लालगढको आन्तरिक कुराको बारेमा पुरापुर अन्धकार बनेको थियो । राज्यको गृह विभागले आÏनो बलबुताले केही गर्न नसक्ने भनी केन्द्रसँग अनुनय विनय गरेपछि मात्र माओवादीलाई आधार इलाकाबाट हटाउन र गुरिल्ला रहेको ‘कोर इलाका’ लाई मुक्त बनाउन अहिले संयुक्त अभियान चालिएको छ ।

घनिभूत छलफल पश्चात् मात्र विदेशी प्रविधिको त्यस क्रममा सहयोग लिने निर्णय केन्द्र सरकारले लिएको थियो र केन्द्र सरकारको गृह विभागले सेटलाइट नक्सा लिने सोचाइ बनायो । त्यसैअनुरुप ISRO प्रविधि युद्धमा प्रयोग गरिएको हो । यो प्रविधि R I Sat 2 र अमेरिकी गुप्तचरी अन्तरीक्षले संयुक्त रूपमा बारोपरेर्लिया, कान्टा पाहारी, रामगढ, मौलताल, काड्सहोल्ड, पिन्वोनीजस्ता इलाकामा प्रयोग गरिएको थियो ।

धर्मपुर र झिक्टालाई पनि सेटलाइटको इस्क्यानरमा पारिएको थियो । भारत तथा अमेरिकीहरूको सेटलाइटको धेरैपटकको इस्क्यानिङपछि नक्सा पठाउने काम भयो । त्यसपछि सेनाका गुप्तचर अधिकारीहरूले अन्तरीक्षमार्फत पठाएको नक्शा र तथ्यांकको विश्लेषण गर्ने काम गरे । सेनाको गुप्तचर अधिकारीहरू सेनाको पूर्वी हेडक्वार्टर ‘फोटबुइलियम’ कोलकत्तामा बसेका थिए र उनीहरूले काड्सहोल्ड जंगलको गुरिल्लाहरूको गतिविधि नियालेका थिए ।

तिनीहरूले गुरिल्लाहरूको रामगढ र नाचा क्षेत्रका गतिविधिलाई पनि पहिचान गरेका थिए र रामगढ बजारनेर राखिएको रातो मारुती भ्यानमार्फत अप्रेसनमा रहेका पुलिस अधिकारीहरूलाई सञ्चारसम्बन्ध कायम गरिएको थियो । यिनै सूचनाहरूको आधारमा रामगढतर्फ अप्रेशन गर्ने टोली बढेको थियो । यसैक्रममा केन्द्रबाट थप सैनिक बल पनि त्यहाँ परिचालन गरियो र उपल्लास्तरका पुलिस अधिकारी CRPF का उच्च पदस्थ अधिकारीहरूसँगै अप्रेसनमा संग्लन्न भए ।

२६ जुनबाट सुरु गरिएको त्यो अप्रेशनले गोलटोरबाट काड्सहोल्डको ६ किलोमिटरको इलाका मुक्त गरेको थियो । माओवादी गुरिल्लाहरूले थापेको १२ वटा ल्यान्डमाइन र प्रतिरोधात्मक कारबाहीले सरकारी अप्रेसनकारीलाई अगाडि बढन निकैनै हम्मे-हम्मे परेको देखिन्थ्यो । यो अप्रेसनको क्रममा सर्वसाधारण गाउंले र माओवादीलाई कसरी पृथक राख्ने भन्ने समस्या पनि आइपर्‍यो । यही कारणले गर्दा हेलिकप्टरबाट विशेष किसिमको रसायनयुक्त Dyes पदार्थ खसालेर पहिचान गर्ने निर्णय गरिएको थियो ।

गत शुक्रबार प्रयोगको रूपमा पहिलो पटक माओवादी गुरिल्लामाथि Dyes खसालियो । विदेशी राष्ट्रहरूसँग गर्ने युद्धको जस्तो तरिका लालगढमा भारतको केन्द्र र राज्य सरकारले अपनाएको छ । संक्षेपमा भन्दा अन्तरीक्षको नक्सा र हेलिकप्टरबाट रसायनयुक्त Dyes प्रहार ‘अप्रेसन लालगढ’को क्रममा प्रयोग गरिएको उच्च प्रविधि हो ।

 
2 टिप्पणीहरु

Posted by on जुलाई 3, 2009 in HOME

 

2 responses to “भारतको लालगढमा खतरनाक प्रविधियुक्त रसायनिक अप्रेशन

  1. T.B. Phago

    जुलाई 3, 2009 at 7:31 बिहान

    Bivas ji namaskar mile pani estai blog tayar garna khojeko chhu.wordpress ma kasari nepali language seting garne ho can you tellme? dhanyabad
    mik limbu
    mikhang@hotmail.com

     
  2. Nitu Bhutani

    जुलाई 3, 2009 at 9:39 बिहान

    Yo SamrajyaVad ko Naya prayog matra ho. Don’t be afraid, Go ahead Indian Maoist.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: