RSS

क्रान्तिकारी पत्रकार संघ, नेपाल जिल्ला समिति, दाङ प्रेश विज्ञप्ती

05 जुलाई

मितिः २०६६/०३/१९ गते 

हाम्रो संगठन क्रान्तिकारी पत्रकार संघ नेपाल दाङ क्षेत्र नं. ४ का संयोजक विष्णु भण्डारीमाथि मादक पदार्थ सेवन गरी आएका हलवार-५ घोर्नेटी घर भएका नेपाली सेनामा कार्यरत जवान सरु गीरीले आक्रमण गरेको घटनाप्रति हाम्रो संगठनको गंभीर ध्यानाआकर्षण भएको छ ।

शुक्रबार (आज) दिउंसो हलवारनिवासी भण्डारीमाथि नाङ्गो खुकुरी लिएर हत्या गर्ने उद्देश्यले गिरीले आक्रमण गरे पनि स्थानीयबासीले बचाएका थिए । नीज आक्रमणकारीले तंलाई जतिबेला पनि मार्न सक्छु भन्दै धम्कीसमेत दिएका छन् । यसरी सुरक्षा निकायको एक व्यक्तिले एउटा पत्रकारलाई यसरी आक्रमण गर्नु र मार्ने धम्की दिनुले फेरि पनि सञ्चार जगत स्तब्ध भएको छ ।

यसरी दिनदहाडै सुरक्षा निकायको व्यक्ति सरु गीरीले एउटा पत्रकारमाथि गरेको आक्रमण र धम्कीले सिंगो सुरक्षा निकायको नै बदनाम समेत गराएको छ ।

देशमा गणतान्त्रिक व्यवस्था लागू भइसकेको अबस्थामा पनि दुनियांलाई सूसुचित गर्ने एउटा पत्रकार असुरक्षित अवस्थामा हुनु शोभनीय कुरा होइन । यसरी श्रृंखलाबद्ध रुपमा भइरहेको पत्रकारमाथिको धम्की, आक्रमण र हत्यासम्मका घटनाहरुमा संलग्न दोषीहरुलाई कडा भन्दा कडा कार्बाही गरी पत्रकारहरुको ज्यूज्यान र पेशागत सुरक्षाको ग्यारेन्टी गर्न पनि हामी सरकारसमक्ष जोडदार माग गर्दछौं ।

    ……………….

   हुमप्रसाद बस्याल

     संयोजक

क्रान्तिकारी पत्रकार संघ नेपाल दाङ

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 5, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: