RSS

विस्थापीत नाकाबासीहरु सडक संघर्षमा

07 Jul

दाङ/ सामुदायिक वन अतिक्रमण गरेको भन्दै नाकाबासी सुकुम्बासीहरुलाई प्रशासनले सतबरियास्थित कर्रि सामुदायिक वनबाट लखेटेपछि विस्थापितहरु चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरी सडक संघर्षमा उत्रिने भएका छन् । उनीहरुले आईतवारदेखि यही असार २४ गतेसम्म विरोध प्रदर्शन, ज्ञापनपत्र पेश, धर्ना, चक्काजाम हुंदै जिल्लाव्यापी आम हड्तालका चरणबद्ध कार्यक्रम घोषणा गरेका छन् । नाका सुकुम्बासी व्यवस्थापन संघर्ष समितिको तर्फबाट विस्थापितहरुले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

घोषित संघर्षका कार्यक्रमहरुमा आईतवार घोराहीमा विरोध प्रदर्शन र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । त्यस्तै, २२ गते सोमबार बिहान १० बजेदेखि दिउंसो २ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना, असार २३ गते मंगलबार बिहान ११ बजेदेखि दिउंसो ३ बजेसम्म पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्ने र असार २४ गते बुधबार जिल्लाव्यापी आम हड्ताल गर्ने बताइएको छ ।

त्यस्तै, उनीहरुले तत्काल नाकाबासी सुकुम्बासी जनताको पुनर्बासको व्यवस्था गरिनुपर्ने, उचित पुनर्बासको व्यवस्था नहुंदासम्म वैकल्पिक बसोबासको व्यवस्था गरिनुपर्ने, असार १६ गते कर्रि सामुदायिक वनस्थित विस्थापित शिविरमा आक्रमण गरी गिरफ्तार गरिएका नाकाबासी सर्वसाधारणलाई बिनासर्त रिहा गरिनुपर्ने माग गरेका छन् । त्यसैगरी प्रहरी प्रशासनले कब्जा गरेको नाकाबासीको सम्पूर्ण सम्पत्ति क्षतिपूर्ति सहित फिर्ता गरिनुपर्ने, सीमाक्षेत्रमा भइरहेको सीमा अतिक्रमण रोकी सीमा सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने र जनदमनकारी नाइकेहरुलाई कार्बाही गरिनुपर्ने मागहरु राखेका छन् । आफ्ना मागहरु सरकारले आगामी २४ गतेसम्म पूरा नगरे थप संघर्षसहित आफै वैकल्पिक बास खोज्न बाध्य हुने र त्यसले पैदा गर्ने सम्पूर्ण असरको जिम्मेवारी सरकारले नै लिनुपर्ने संघर्ष समितिका अध्यक्ष रोशन पुनद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

नाकाबासीको पुनर्बासको समस्या समाधान गर्नुको बदला सामान्य सुधार र पूरा हुनै नसक्ने सहमति गरेर नाकाबासीलाई मृत्युको खाडलमा पठाउन खोज्ने प्रशासनको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै वक्तव्यमा नाकाबासीहरुको पुनर्बासको माग गरिएको छ । साथै अस्थायी रुपमा सामुदायिक वनमा बसिरहेको बेला प्रशासनले अमानवीय ढंगले बल प्रयोग गरि आक्रमण गरेको र ५ जना साथीहरुलाई गिरफ्तार गरी बिनाकुनै कसुर मुद्दा लगाउने चाल चालिएको भन्दै बिनासर्त आफ्ना साथीहरुको रिहाई गर्न माग गरिएको छ । आक्रमणको बेला लुटिएका लत्ताकपडा, भांडाकुडा, पैसा, मोबाइललगायतका सामानको क्षतिपूर्ति उपलब्ध गराउन पनि जोडदार माग गरिएको छ ।

गत मंगलबार बिहानै नाकाबासी सुकुम्बासीहरुलाई प्रशासनले बल प्रयोग गरी सतबरियास्थित कर्रि सामुदायिक वन क्षेत्रबाट हटाएको थियो । सो क्रममा प्रहरीको आक्रमणमा झण्डै १ दर्जन नाकाबासी घाइते भएका थिए । प्रहरीले नाकाबासीका लत्ताकपडा, भांडाकुडा, रासन, नगद पैसा, मोबाइललगायतका सामान लुटेको छ । विस्थापितहरुलाई नाकामै पठाउने हिसाबले प्रहरीले आफ्नै भ्यानमा राखेर केही नाकाबासीलाई कुसुम र केहीलाई राप्ती पारीसम्म छाडेपनि उनीहरु पुनः लमहीमै आएर सडक संघर्षमा उत्रिएका छन् । प्रहरी दमनपछि कतिपय नाकाबासीहरु अझैं सम्पर्कमा नआएको संघर्ष समितिका अध्यक्ष पुनले बताउनुभयो । अहिले झण्डै ४ सयको संख्यामा रहेका विस्थापितहरु लमहीस्थित कृषि उपज बजार केन्द्रको भवनमा बसिरहेका छन् । उनीहरुले सीमा क्षेत्रमा भारतीय ज्यादती बढिरहेको र नाकाबासी नेपालीहरुलाई बस्ती खाली गर्न भारतीयहरुले उर्दी जारी गरेको भन्दै नाकामा फर्कन नसक्ने बताइरहेका छन् । बसोबासको लागि वैकल्पिक व्यवस्था नै नगरी उल्टै सामुदायिक वनबाट जबर्जस्त हटाएकोले आफूहरु अधिकार प्राप्तिका लागि सडक संघर्षमा उत्रिएको नाकाबासी विस्थापितहरुले बताएका छन् ।

सडक संघर्षकै दौरानमा यसअघि असार १६ र १७ गते नाका सुकुम्बासी व्यवस्थापन संघर्ष समिति र मुक्तकमैया संघर्ष समितिको संयुक्त आहृवानमा पूर्वपश्चिम राजमार्गमा ३ घण्टा  चक्काजाम गरिएको थियो ।

 
2 टिप्पणीहरु

Posted by on जुलाई 7, 2009 in HOME

 

2 responses to “विस्थापीत नाकाबासीहरु सडक संघर्षमा

  1. Mallik

    जुलाई 7, 2009 at 9:28 बिहान

    Jati Ufre pani Bhyaguta Kanla muni ko kanla muni nai ho hajur. Sarkar Nai Lachar bhaye pachhi andolan jati gare pani k garnu ra ?

     
  2. Lunna

    जुलाई 7, 2009 at 9:29 बिहान

    Andolan pani kaati garne ho ? Nepal ma.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: