RSS

जिल्लाभर सहकारी पसल

08 Jul

विनोद ढकाल, गोरखा / गोरखामा ६६ वटा सुपथ मुल्यका सहकारी पसल सञ्चालन हुने भएको छ । जिल्लाका ६५ गाउं विकास समिति र गोरखा नगरपलिकामा सहकारी पसल सञ्चालन हुन लागेका हुन् । सरकारले वजेट मार्फत हरेक गाविसमा सुपथ मुल्यका सहकारी पसल सञ्चालन गर्ने कार्यक्रम अनुसार उक्त पसल सञ्चालन हुन लागेको जिल्ला कृषि विकास कार्यालय गोरखाले जानकारी दिएको छ ।

सुपथ मुल्यका पसल सञ्चालनका लागि दरखास्त दिने ७३ सहकारीहरुमध्येबाट पसल ब्यवस्थापन तथा अनगमन समितिले छनोट गरेका ६६ सहकारीले संबन्धित गाविसमा पसल सञ्चालनका लागि कृषि कार्यालयबाट १ लाख रुपियां अनुदान समेत पाउने छन् । यसवर्ष सामागाउं गाविसमा भने सहकारी पसल सञ्चालन नहुने भएको छ । पसल सञ्चालनका लागि आहृवान गर्दा सो गाविसबाट कुनै सहकारीले पनि सम्पर्क नगरेकाले सञ्चालन हुन नसकेको कृषि कार्यालयका प्राविधिक सहायक गोविन्दमान श्रेष्ठले जानकारी दिनुभएको छ ।

पसल सञ्चालन गर्न अनुमति पाएका सहकारीलाई सरकारले विउ पूजीस्वरुप १ लाख रुपियां अनुदान दिने र १ लाख सहकारीले जम्मा गरी पसल सञ्चालन गर्नुपर्नेछ । त्यस्ता पसल गाविस र नगरपालिकामा सबैलाइ पायक पर्ने ठाउंमा राख्नुपर्ने कार्यालयले जनाएको छ । छनोट भएका सहकारीहरुले १५ दिनभित्र पसल सञ्चालन गर्नुपर्ने भएपनि अझै बिभिन्न गाविसका १२ सहकारीले रकम लिन नआएको कार्यालयले जनाएको छ । अनुदान रकम लिन नआउनेमा ताकुमाझ लाकुरीबोट, छेकम्पार, धावा, बगुवा, खोप्लाङ, मिरकोट, केरावरी, काशीगाउं, वगुवा, देउराली, ताकुकोट र जौवारीका सहकारी संस्थाहरु रहेका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 8, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: