RSS

यूरोपमा सामना परिवारको प्रस्तुती

09 Jul

kala

दधिराज घिमिरे, बेल्जियम

भिषण जनमुक्ति आन्दोलनमा रहंदापनि नेपाली कला र संस्कृतीको रक्षार्थ एक हातमा सांगतीक औजार त अर्को हातमा बन्दुक बोकी लडेका सामना परिवारका कलाकारहरुले अव युरोपमा समेत आफ्नो सांस्कृतीक प्रस्तुती पस्कने भएका छन् । नेपाली जनतालाई सदाको लागी दासत्वको जञ्जिरबाट मुक्त गर्ने कसम खाई हिंडेका ति महान जनकलाकारहरु प्रवाशी नेपालीहरुको मागलाई स्वीकार गरेर यूरोपको एक महिने भ्रमणमा निस्केका हुन् । आंशुको भाका देखी महान जनयूद्धकालमा गाउं गाउंसम्म नेपाली जनतालाई आफ्नो कला र संगीतको माध्यमबाट चेतनाको सञ्चार गराई सामाजीक रुपान्तरणमा कुशल संवाहकको भुमीका निर्वाह गर्न सफल वरिष्ठ कलाकार खुसीराम पाख्रीनको नेतृत्वमा रहेको सात सदस्यीय जनकलाकार टोली यही ११ जुलाईमा बेल्जियम पुग्ने कार्यक्रम रहेको छ । यूरोप भ्रमणकै क्रममा रहंदा सो टोलीले १२ जुलाईमा बेल्जियमको आन्थ्रोपेन शहरमा हुने मगर राष्ट्रिय मुक्ती मोर्चा बेल्जियमको प्रथम अधिवेशनमापनि भाग लिने कार्यक्रम छ । सो कार्यक्रमको प्रमुख अतिथी एकीकृत नेकपा माओबादीका केन्द्रिय सदस्य, मगरात राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तथा सभासद सन्तोष बुढा मगर र महिला अतिथी एकीकृत नेकपा माओबादीकी केन्द्रिय सदस्य, मगरात राष्ट्रिय मुक्ती मोर्चाकी उपाध्यक्ष तथा सभासद अन्सारी घर्ति मगरले गर्नु हुनेछ । जनकलाकारहरुको पहिलो सांस्कृतीक कार्यक्रमपनि सोही हलमा बेलुकीपख हुने कार्यक्रम छ । त्यसैगरि २६ जुलाईमा  अष्ट्रियाको भियनामा र अगष्ट ०३ मा स्वीजरल्याण्डको बर्न शहरमा भब्य सांस्कृतिक कार्यक्रम तय गरिएको छ । कार्यक्रम आयोजक समितीका अनुसार अन्य बिभिन्न ठांउहरुबाट पनि कार्यक्रमको प्रस्ताव आएकोले छिट्टै नै अरु कार्यक्रमहरु तय हुनेछन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on जुलाई 9, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: