RSS

राजतन्त्र पुनर्स्थापीत होला त ?

09 Jul

पूर्व राजा ज्ञानेन्द्रमा अव फेरि सत्ताको भोक जाग्न थालेको छ, उनको ६३ औं जन्मदिनको अवसर पारी निर्मल निवासमा आयोजित कार्यक्रमले यस्तो संकेत गरेको हो । पूर्व राजाको जन्मदिन मनाउने कार्यक्रममा देखापरेको भीड केवल प्रायोजित हो भन्ने चर्चा चलिरहेको वेला भीडमा सामेलहरुको अभिव्यक्तिले पनि त्यसको पुष्टिका आधारहरु प्रशष्तै भेटिएका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार एकिकृत नेकपा माओवादीको नेतृत्वमा रहेको सरकार ढलेपछि नै पूर्व राजा ज्ञानेन्द्रमा राजतन्त्र पुनर्स्थापना गराउन सकिने महत्वकांक्षा हृवात्तै वढेको हो । राजालाई दाम राखेर ढोग्नेदेखि लिएर नियमीत सास्टाङ्ग दण्डवत गर्नेहरुको भिड रहेको वर्तमान मन्त्रिमण्डल र कहिले संवैधानिक राजतन्त्र त कहिले बेबी किङको पक्षमा वकालत गर्ने शक्तिहरू मिलेर सरकार गठन भएको कारणपनि ज्ञानेन्द्रको राजसंस्था पुनर्स्थापना गर्ने महत्वकांक्षालाई राजनीतिक विश्लेषकहरूले स्वाभाविक रूपमा लिएका छन् । 

त्यसो त वर्तमान सरकारले नेपाली सेनाका प्रधानसेनापती लगायत आठ जना जर्नेलको म्याद थप्नका लागि गरेको निर्णयले पनि ज्ञानेन्द्रलाई हर्षित तुल्याएको छ । म्याद थपिएका सबै जर्नेलहरू राजतन्त्रप्रति पुर्ण वफादार रहेकोले पनि ज्ञानेन्द्र खुसी हुनुलाई कुनै अनौठो रूपमा लिइएको छैन । त्यसमाथी उनलाइ केहि राजावादीहरुले सैनिक संरचनादेखि लिएर सरकार र प्रशाषनीक निकायसम्मको अवस्थावाट राजतन्त्र पुनर्स्थापनाका लागि अहिलेको समय अत्यन्त अनुकुल रहेको भन्दै उक्साइरहेका पनि छन् ।

कतिपय राजावादीहरूले त प्रचण्डको नेतृत्वमा रहेको सरकार ढल्नुमा पनि ज्ञानेन्द्रकै हात रहेको दाबी गर्दै हिंडेका छन् । २०६५ साल फागुन १४ गतेबाट झण्डै एक महिना लामो भारत भ्रमणमा रहेका वेला ज्ञानेन्द्रले प्रचण्डको नेतृत्वमा रहेको सरकार ढाल्ने वातावरण निर्माण गरेको दाबी उनिहरुको छ । भारत भ्रमणमा रहेको बेला ज्ञानेन्द्रले भारतमा सत्ताधारी दलकी अध्यक्ष सोनिया गान्धी, हिन्दुवादी नेता लालकृष्ण आडवाणी लगायतसंग भेटवार्ता गरेका थिए ।

१९ दिने जनआन्दोलनका बेला भारतको तर्फबाट विशेष दूत वनि खटिएका डा. करण सिंहले आयोजना गरेको दिवाभोजमा ज्ञानेन्द्र र सोनिया गान्धीविच भेटघाट भएको थियो । तिनै करण सिंहको सल्लाहअनुसार आफू अधिकारविहीन बनेर बस्न राजी भएका भनिएका ज्ञानेन्द्रले पछि आफुलाई फसाइएको भनि दुःखेसो पोखेको पनि वताइएको थियो । भारतमा ज्ञानेन्द्रले भेटवार्ता गरेका सबै राजनीतिज्ञहरूले नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बाचा गरेको दाबी राजावादीहरूको छ । त्यसको उदाहरणमा ज्ञानेन्द्रलाई भारतमा अनौपचारिक रूपमा राजालाई झैं सम्मान दिएर राखिएको कुरालाई उधृत गर्नसमेत उनिहरु भुल्दैनन् । हुनपनि निर्वाचित राष्ट्रपतिलाई भ्रमणको निमन्त्रणा दिन आनाकानी गरिरहेको भारतले उन्मुलन भइसकेको राजतन्त्रका पूर्व राजालाई दिइएको सम्मान भने आश्चर्यजनक नै थियो ।

वर्तमान अवस्थामा मुलुकमा भईरहेको राजनीतिक अस्थिरता, असुरक्षा, दलहरूबीचका खिचातानी आदि कारणले गर्दा निर्धारित समयभित्र नयां संविधान बन्न नसक्ने र अन्ततः २०४७ सालकै संविधान पुनर्जिवित गराउन बाध्यात्मक परिस्थीति सिर्जना हुने निष्कर्ष राजावादीहरुले निकालेका छन् । २०४७ को संविधान पुनर्जीवित भएमा राजतन्त्र स्वतः पुनर्स्थापना हुने उनिहरुको कथन छ । उता नेपाली कांग्रेसभित्रका गोविन्दराज जोशी, खुमबहादुर खडकालगायतका राजावादीले राजतन्त्रको पक्षमा खुलेरै लविङ गर्न थालिसकेका छन् । पहिलेदेखिनै राजाको पक्षधर भएपनि वाध्यात्मक परिस्थीतीका कारण गणतन्त्र स्विकार गर्न पुगेको नेपाली कांग्रेसभित्र अव फेरि राजतन्त्रको औचित्यका बारेमा अनौपचारिक रूपमा छलफल हुन थालेको समेत वताईएको छ ।

यि संपुर्ण घटनाक्रमहरुवाट हेर्दा राजतन्त्रले टाउको उठाउन खोजेको त प्रष्टै छ र अवको लडाइं भनेको राजतन्त्र र गणतन्त्रकै हो । संस्थागत भइ नसकेको शिशु गणतन्त्रप्रति कतिपय राजनैतिक दलहरू स्वयं इमानदार रहेनछन् भन्नेपनि देखिसकिएको छ । त्यसैले नै सेनासम्वन्धी रडांको निकालेर देशलाइ सैन्यवाद या वर्वादीको खाडलमा धकेल्ने कुचेष्टा भइरहेको छ । तर ००७ सालदेखि नै अनेकौं ललिपप देखाई जनतालाइ भुलाउंदै आएको राजतन्त्रले लाटावुङ्गाहरुको जमात संझेर अझैपनि हुकुमी शाषन लाद्न खोजेमा निरन्तर आफ्नो हक अधिकारका लागी लड्दै आएका नेपालीहरु चुप लागेर वस्लान् र ? झण्डै १३ हजार शहीदको सपना वोकेर १० वर्षे जनयुद्धको वैचारिक भट्टिमा खारिएका जनताहरु अझैपनि सिङ्गो राष्ट्र र आफुप्रति कुनै गद्दारि भएमा चुपचाप सहेरै वस्लान् त ? जनतामा आशा र चेतनाको संचार गराउंदै जनयुद्धको सफल नेतृत्व गरेर पनि जनसंविधान निर्माण गर्न भनि शान्तिप्रक्रीयामा आएको एनेकपा माओवादीले कस्तो विश्लेषण गर्दै छ कुन्नि !  

 
7 टिप्पणीहरु

Posted by on जुलाई 9, 2009 in HOME

 

7 responses to “राजतन्त्र पुनर्स्थापीत होला त ?

  1. राज कोहली

    जुलाई 9, 2009 at 8:34 बिहान

    यो ज्ञानेराजाको सपनामात्र हो । गिरीजा वावुको चाला देखेर सपना पुरा हुने हो कि भन्ने लागेको होला ज्ञाने माइलालाइ, गिरीजाको युग अव गइसक्यो ।

     
  2. जेपिटी गुरूङ

    जुलाई 9, 2009 at 8:36 बिहान

    नभनुं भन्दापनि ज्ञाने चोर देश छोड भनेर भन्नै पर्ने भो नि ।

     
  3. क्रेजी

    जुलाई 9, 2009 at 8:50 बिहान

    हैन यो मरिसकेको राजतन्त्रको कुरा वारम्वार किन उठ्छ हं ? यो भुतले तर्साउन अझै किन नछाडेको होला ?

     
  4. rampriti

    जुलाई 9, 2009 at 12:57 बेलुका

    hya kina tension li rakheko . ramrai hunchha ni ta punasthapana bhayo bhane pani
    k bho ta. yi mula haruwa neta haru ko sasan bata wakka bhai ra ko belama

     
  5. Mayalu

    जुलाई 9, 2009 at 7:55 बेलुका

    अवको लडाइं भनेको राजतन्त्र र गणतन्त्रकै हो । Maoist ra King kai ho. Senapati prakaran ma pani lag bhag kitta chhutisakeko thyo. Aba antim yudda huna baki chha.

     
  6. Vikey

    जुलाई 9, 2009 at 9:40 बेलुका

    Sapana dekhera hase jasto matrai ho rajtantra byutane kura.

     
  7. Ishwor Man

    जुलाई 10, 2009 at 6:52 बेलुका

    Na aatinus hajur yo sabai halla matra machhayeka hun,
    Janta le kunai halat ma yo huna didainan.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: