RSS

सरकार किन मौन ?

09 Jul

गत महिना सीमा निरीक्षणमा गएको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले भारतसँग जोडिएको भूभागमा भारतीय पक्षबाट सीमा अतिक्रमण भएको र सीमावर्ती क्षेत्रका नेपाली बासिन्दामाथि ज्यादती पनि भएको ठहर गरेको छ ।

समितिका सभापति पद्मलाल विश्वकर्माका अनुसार समितिले इलाम झापा बारा र दाङमा स्थलगत भ्रमण गरी सो निष्कर्ष निकालेको हो । प्रतिवेदन अनुसार समितिले ५४ स्थानको करिब ६० हजार हेक्टर जमिन भारतले मिचेको निष्कर्ष निकालेको छ ।

दाङ जिल्लामा गत महिना स्थलगत भ्रमण गर्ने टोलीको नेतृत्व गरी फर्कनुभएका विश्वकर्माले दाङको खबरी नाकादेखि भौवा नाकासम्म करिब ७५ किलोमिटर सीमाको दसगजा क्षेत्रमा भारतले ४३ फिटको खाल्डो खनेको जानकारी दिनुभएको छ ।

नेपाली भूभागमा प्रवेश गरि नेपाली भूमिका खाँबा र रुखहरुमा इनामेलले एरो चिन्ह लगाएको र भारतको भन्दै स्थानीयवासीलाइ त्यहाँबाट हट्न दबाब दिएको पनि समितिको प्रतिवेदनमा  उल्लेख छ ।

दाङका ७८ वटा सीमा स्तम्भमध्ये एउटा सहायक स्तम्भ पहिरोले नासिएको र एउटा जीर्ण अवस्थामा छ । त्यसैगरि नेपाली बस्तीमा भारतीयहरुले बलात्कार कुटपिट र चरम यौन शोषण पनि गर्ने गरेकोले दसगजा क्षेत्रलाई ‘नो म्यान्स ल्यान्ड’को रुपमा व्यवस्थित गर्न भनि समितिले प्रतिवेदनमा सुझाव दिएको छ ।

समितिको प्रतिवेदनमा भारतीय विदेश सचिव शिवशंकर मेनन र नेपालस्थित भारतीय राजदूत राकेश सुदले सीमा विवाद कुनै राजनीतिक दलको उक्साहटजन्य राजनीतिक मुद्दा भनेकामा आपत्ति प्रकट गरिएको छ भने परराष्ट्रमन्त्री सुजाता कोइरालाले सीमामा केही भएको छैन भनी अभिव्यक्ति  दिनु गैरजिम्मेवारीपूर्ण हो भन्ने टिप्पणी पनि थपिएको जनाइएको छ ।

यसअघि नै अमिक शेरचनको नेतृत्वमा गएको  सर्वदलीय टोलीले पनि सीमा अतिक्रमण भएकै ठहर गरि प्रतिवेदन सार्वजनिक गरिसकेको छ । यसरि दुइ दुइवटा संसदीय टोलीले सीमामा अतिक्रमण र ज्यादती भएको ठहर गर्दा पनि सरकार भने यसप्रति उदासिन देखिन्छ । प्रत्यक्ष गएर हेर्ने हो भने कतिपय ठाउँका अतिक्रमण त यति योजनावद्ध छन् कि भारतले नेपाली सीमामाथि बलमिच्याइँ गर्नुलाई आफ्नो विशेषाधिकार नै सम्झेको निष्कर्ष निकाल्नुपर्ने हुन्छ । तर आफुलाइ वाक्कलाका धनि भनि चिनाउने नेताहरू अनेक वहानामा महिनैपिच्छे भारत भ्रमणमा निस्कन्छन्, दुइपक्षीय हितवारे छलफल गरेको वताउछन् तर सीमा समस्यावारे भने चुं सम्म नवोली फर्केको देख्दा सर्वसाधारण नेपाली जनता अचम्ममा परेका छन् ।

हुनत भारतको सिमा विवाद नेपालसंग मात्र होइन हरेक छिमेकी मुलुकहरूसंग रहेको छ । तर नेपालसंग भने ज्यादती नै भएको विशेषज्ञहरूको ठहर रहेकत्र छ । यस्ता समस्याहरूमा द्विपक्षीय र अन्तराष्ट्रिय विज्ञहरूको सहयोग लिएर अहिलेसम्मका प्रमाणका आधारमा राजनीतिक र कूटनीतिक तहमा तत्काल समाधान गरिनुपर्नेमा नेपालका तर्फवाट अझैसम्म कुनैपनि  पहल भएको छैन । यस्तो संवेदनशील मुद्दालाइ समाधान गर्न भारत यदि तयार हुँदैन भनेपनि यो विषयलाइ अन्तर्राष्ट्रियकरण गर्न र आवश्यक परे अन्तराष्ट्रिय न्यायालयको ढोका ढक्कक्याउन समेत तयार हुनुपर्नेमा नेपाल सरकार स्वयं रहस्यमय ढंगवाट मौनता सांधेर वस्नुले माओवादीले भन्दै आए झैं यो सरकार कतै भारतीय कठपुतली नै त होइन ? भन्ने प्रश्न उव्जाएको छ ।

एकजना कार्यकर्ता घाइते हुँदा विरोधमा देश ठप्प पार्नसक्ने पार्टि र त्यसका कार्यकर्ताहरू यत्रो सीमा अतिक्रमण हुंदा सत्ताको भागवण्डा मिलाउन र कमिशन पचाउनमै व्यस्त रहनु लज्जाजनक विषय हो । अझ त्यसमाथी आफुलाइ वाम वुद्धिजिवी भन्न रूचाउने केही व्यक्तीहरूले यो मुद्दा माओवादीको मात्र भएको टिप्पणी गर्दै हिड्दा झनै शर्मको विषय हुनुपर्ने हो । तर लाजशरम पचिसकेको हो वा जनताको महत्व नवुझेको हो, उनिहरू सीमा मिचिएको कुरा स्विकार्नै मान्दैनन् । यदि जनताले चुनावमा जिताइदिएनन् भनेर देश र जनताको वास्तै गर्न छाड्ने हो भने त आफुलाइ नेपाली भन्नुको कुनै अर्थै भएन नी हैन र ? अझैपनि नआएको राष्ट्रियताको चेत यिनीहरूमा कहिले फिर्ने होला खै ?

 
2 टिप्पणीहरु

Posted by on जुलाई 9, 2009 in BLOG, NEWS

 

2 responses to “सरकार किन मौन ?

  1. माया

    जुलाई 9, 2009 at 8:02 बिहान

    पतन भएर नसकिंदा सम्म यिनीहरूको चेत खुल्दैन ।

     
  2. विशाल नेपाल

    जुलाई 9, 2009 at 8:06 बिहान

    जति कराएपनि भारतले सीमा मिचेकै छैन भनेपछि सकिइहाल्यो नि तपाइंहरूपनि कति लेख्नुहुन्छ यार । कुनैदिन भारतिय नागरिक हुनपरेमा अप्ठेरो हुन्छ के धेरै नलेख्नु ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: