RSS

अनुगमनको अभावमा फस्टाउंदैछ शिक्षाका नाममा व्यापार

13 Jul

फलामे ढोका मानिने एसएलसी परिक्षा पास गर्ने २ लाख ५६ हजार ७ सय ५९ जना विद्यार्थी यतिखेर उच्च शिक्षाका लागि तीनवटा विकल्पका विचमा रहेका छन् । पहिलो त्रिभुवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र तह, दोश्रो दश जोड दुइ (प्लस टु) र तेश्रो विकल्प ए लेभल । यी तीन विकल्पमध्ये कुन छान्ने होला भन्ने निर्णय विद्यार्थी र अभिभावकहरूकै स्वविवेकमा भर पर्ने कुरा हो । तर विगतमा झैं यसपटक पनि त्रिविको प्रविणता प्रमाणपत्र तहमा पढाइ हुने हो या नहुने हो भन्ने अन्यौल कायमै छ । यसैगरि वेलायतवाट विश्वभर फैलिएको ए लेभल असाध्यै महंगो भएकाले पनि सवै वर्गका विद्यार्थीहरूका लागि प्लस टु नै प्रमुख रोजाइमा पर्दछ ।

विगत ३/४ वर्ष अगाडिदेखि नै विभिन्न कलेजहरूले एसएलसी सिध्याएर बसेका विद्यार्थीलाई ब्रिजकोर्शका नाममा आफ्नो कलेजमा पढ्न उत्साहित पार्ने तथा त्रिभुवन विश्वविद्यालयले भर्ना देखि परिक्षासम्मका हरेक प्रकृयामा ढीलाइ गरि विद्यार्थिहरूलाइ गुणस्तरिय शिक्षा प्रदान गर्न नसक्कनुले पनि उच्च मावि वा प्लस टु शिक्षाप्रति आकर्षण बढेको पाइन्छ । यसैले त आकर्षक विज्ञापनको सहारामा विद्यार्थी तथा अभिभावक वर्गलाई आफूतिर तान्नका लागि अहिले कलेजहरू पनि निकै तंछाडमछाड गरिरहेका छन् । यस क्रममा कतिपय कलेजहरूले त सेमिनार, गोष्ठी, काउन्सलिङ गर्ने क्रमलाई समेत तेज बनाएका छन् । उच्च शिक्षाको नाममा अश्वस्थ रूपमा प्रकट हुन थालिसकेको यो होडमा शिक्षा दिने र दिलाउने भन्दा पनि बजारमा को बलियो र को कमजोर भन्ने  प्रतिस्पर्धा टड्कारो रूपमा देखिन थालेको छ ।

सरकारी कलेजहरूको तुलनामा विद्यार्थीका लागि भने निकै महंगो छ, यो प्लस टु शिक्षा सञ्चालकहरूका अनुसार निजी स्रोत साधन र सामुदायिक रूपबाट मात्रै चल्नुपरेका कारण पनि औसत रूपमा यो शिक्षा सरकारी कलेजको भन्दा महंगो भएको हो । निजी स्रोत साधनमा राजधानी काठमाडौंमा खोलिएका सामान्य प्लस टु लेपनि थोरैमा वार्षिक ३५ हजार रुपैयांभन्दा माथिको रकम विद्यार्थीबाट असुल्ने गरेको विभिन्न तथ्यांकहरूवाट पुष्टी भइसकेको छ ।  अझै नाम चलेका र प्रचारप्रसार बढी गरेका कलेजहरूले त वार्षिक रूपमा विद्यार्थीबाट लिने रकम ५० हजार रुपैयांभन्दा पनि माथि रहने गरेको छ ।यद्यपी निजीका तुलनामा सामुदायीक प्लस टु हरूले कम मुल्यमै गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् ।

एउटै निकाय उच्च माध्यमिक शिक्षा परिषदवाट सम्बन्धन पाप्त गरेका कलेजहरूका शिक्षा शुल्कमा पनि यसरि आकाश जमिनको फरक हुनु आफैमा आश्चर्यको विषय त हो नै, तर एउटै शिक्षा लिनका लागि पनि किन यति ठुलो मात्रामा अन्तर देखियो भन्नेवारे सम्वन्धित निकायले ध्यान नदिनु झनै अनोठो हो । यस्ता विद्यालयहरूले यति ठुलो मात्रामा लिने शिक्षण शुल्कका अलावा लाइव्रेरी शुल्क, ड्रेस, खेलकुदलगायत अन्य विविध शिर्षकमा पनि विद्यार्थीसँग मनलाग्दी ढंगवाट मोटो शुल्क असुल्ने गरेका छन् । 

क्रम

विद्यालयको नाम

मासिक शुल्क

भर्ना शुल्क

संकाय

गोल्डेनगेट उच्च मावि, पुरानो बानेश्वर

२,२००

३४,०००

विज्ञान

गोल्डेनगेट उच्च मावि, पुरानो बानेश्वर

१,७००

२९,४००

व्यवस्थापन

नोवेल एकेडेमी, वानेश्वर

३,०००

२७,०००

विज्ञान

नोवेल एकेडेमी, वानेश्वर

२,५००

२२,०००

व्यवस्थापन

नोवेल एकेडेमी, वानेश्वर

१,५००

२२,०००

मानविकी

हिमालयन ह्वाइट हाउस, वानेश्वर

२,५००

२५,०००

विज्ञान

हिमालयन ह्वाइट हाउस, वानेश्वर

२,०००

२३,०००

व्यवस्थापन

हिमालयन ह्वाइट हाउस, वानेश्वर

२,०००

२१,०००

मानविकी

जेभियर इन्टरनेशनल कलेज, कालोपुल

२,७५०

२६,०००

विज्ञान

जेभियर इन्टरनेशनल कलेज, कालोपुल

२,२५०

२५,०००

व्यवस्थापन

युनाइटेड एकेडेमी, कुमारिपाटी

२,८००

२१,०००

विज्ञान

युनाइटेड एकेडेमी, कुमारिपाटी

२,२००

१६,९००

व्यवस्थापन

युनाइटेड एकेडेमी, कुमारिपाटी

२,२००

१६,९००

मानविकी

डन बस्को कलेज, वानेश्वर

२,२५०

२२,८००

विज्ञान

डन बस्को कलेज, वानेश्वर

१,८५०

१८,५००

व्यवस्थापन

डन बस्को कलेज, वानेश्वर

१,५५०

१५,५००

मानविकी

काठमाडौं मोडेल कलेज, बागबजार

२,०००

१९,०००

विज्ञान

काठमाडौं मोडेल कलेज, बागबजार

१,२००

१२,०००

व्यवस्थापन

काठमाडौं मोडेल कलेज, बागबजार

८००

१२,०००

मानविकी

प्रसादी एकेडेमी, मानभवन

१,८५०

१७,९५०

विज्ञान

प्रसादी एकेडेमी, मानभवन

१,३५०

११,९५०

व्यवस्थापन

निष्ट कलेज, लैनचौर

२,०००

१७,०००

विज्ञान

निष्ट कलेज, लैनचौर

१,२००

१०,०००

व्यवस्थापन

१०

लिटिल एन्जेल्स स्कुल, हात्तीवन

१,७५०

१४,०००

विज्ञान

लिटिल एन्जेल्स स्कुल, हात्तीवन

१,७५०

१३,०००

व्यवस्थापन

११

ट्रिनिटी कलेज, डिल्लीबजार

२,२००

८,०००

विज्ञान

ट्रिनिटी कलेज, डिल्लीबजार

१,७००

८,०००

व्यवस्थापन

ट्रिनिटी कलेज, डिल्लीबजार

१,५००

८,०००

मानविकी

यो त देखिएको शुल्कमात्र भयो, अझ कतिपय कलेजहरूले ‘युनिर्फम’ आफैले दिने भन्दै त्यसमा पनि चर्को कमिशन लिइरहेको अभिभावकहरूले जानकारी दिएका छन् । त्यस अतिरिक्त कलेजका पाठ्यपुस्तक आफूले भनेका ठाउंबाटै खरिद गर्न विद्यार्थी र अभिभावकलाई दबाब दिएर पनि कलेजहरूले ब्रम्हलुट नै मच्चाएका छन् । तर विद्यार्थीहरूबाट लिइएको यतिविघ्न पैसा कहाँ र के काममा कसरी खर्च भएको छ ? भन्ने अनुगमन गर्ने निकाय नहुँदा प्लस टु हरूले जथाभावी रूपमा पैसा असुल्न पाएका छन् । त्यसमाथि त्रिभुवन विश्वविद्यालयले ८० हजारभन्दा बढी विद्यार्थीले अध्ययन गदै आइरहेको प्रविणता प्रमाणपत्र तह विना विकल्प नै विस्थापन (फेजआउट) गर्ने भनी बेलाबखतमा चलाएको हल्लाका कारण पनि निजी प्लस टु हरूले जथाभावी रकम असुल्न पाएका हुन् भन्छन् विद्यार्थी संगठनहरू ।

एकातिर अन्तर्राष्ट्रिय मान्यता अनुसार, नेपालको शिक्षालाई पनि सन् २०१२ सम्ममा ८ कक्षा सम्मलाई आधारभुत तह, १२ कक्षासम्मलाई माध्यमिक तह र स्नातक तहदेखि माथिलाई विश्वविद्यालय तह बनाउने उद्घोष गर्दै आएको सरकारले त्यही मान्यतासँगै अहिले त्रिविबाट प्रमाणपत्र तहलाई विस्थापन (फेजआउट) गर्न लागी परेको छ । तर सीमित आयस्रोत भएका र सरकारी कलेजमा अध्ययन गर्दै आएका विधार्थीहरूका लागी कुनै विकल्प नै प्रस्तुत नगरी कनै प्रविणता प्रमाणपत्र तह विस्थापन गर्ने सरकारी निर्णय हचुवाको भरमा आएको विद्यार्थी संगठनहरूले दाबी गर्दै आएका छन् । जसका कारण त्रिवि र विद्यार्थी संगठनका बीचमा यसले विसतारै चिसोपना वढाइदिएको छ । अर्कोतिर उच्च माध्यमिक शिक्षा परिषद्ले पूर्वाधार नै नहेरी कतिपय उच्च माविहरूलाई सम्बन्धन दिएका कारण प्लस टुहरूलाई एकलौटी रूपमा छोड्ने हो भने त्यसले पनि समस्या निम्तिने शिक्षाविद्हरूको धारणा छ ।

नियमतः एउटा प्लस टु ले दलित, जनजाति, दुर्गमलगायत क्षेत्रका लागि भनेर १० प्रतिशत सिटको आरक्षण नै गर्नुपर्ने प्रावधान छ । तर ती कोटाहरूमा पनि वास्तविक आरक्षणका हकदारहरूले सेवा पाइरहेका छैनन् । पछिल्लो तथ्यांकअनुसार देशभर १ हजार ९ सय ७६ वटा उच्च माविहरू अहिले सञ्चालनमा छन् । सञ्चालनमा रहेका विद्यालयहरूको स्थिती के छ ? विद्यालयहरूले व्यापार गरेका छन् कि वास्तविक अर्थमै सेवा प्रदान गरेका छन् त ? भनेर उच्च माध्यमिक शिक्षा परिषद्ले अनुगमन गरेको देखिदैन । उसले उच्च माविको सम्बन्धन दिने, परीक्षाफल प्रकाशन गर्ने र प्रमाणपत्र वितरण गर्ने भन्दा अन्य काम गर्न सकेको छैन । उच्च माध्यमिक शिक्षा परिषद् अनुगमन गर्ने निकाय शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा विभागको भएको भन्दै आफ्नो दायित्बाट पन्छिन खोजिरहेको छ । नेपालमा कति कलेज आवश्यक छ ? राष्ट्रको आवश्यकता कति हो भन्ने विषयमा अहिलेसम्म अनुगमन हुन सकेको छैन । त्यसको आलावा के-कस्ता पूर्वाधार भएका प्लस टुहरूले के कति रकम विद्यार्थीबाट लिन सक्छन् ? भनेर शुल्क मापन नभएका कारण निजी विद्यालयहरूलाई मनलाग्दी शुल्क असुल्न मौका मिलेको विद्यार्थी संगठनका नेताहरू बताउँछन् । विद्यार्थीको प्लस टु प्रतिको बढ्दो क्रेजसँगै यसले लिन पाउने शुल्कका विषयमा पनि तत्काल अनुगमन गर्नुपर्ने आवश्यकता खट्किएको छ । 

 
10 टिप्पणीहरु

Posted by on जुलाई 13, 2009 in BLOG, NEWS

 

10 responses to “अनुगमनको अभावमा फस्टाउंदैछ शिक्षाका नाममा व्यापार

  1. रोशनी पुन

    जुलाई 13, 2009 at 8:26 बिहान

    सवै ठगिखान पलकेका छन् अनि कसले अनुगमन गर्ने र ? अव जनता स्वयं हरेक कुरामा नजागेसम्म केहि होला जसतो छेन । व्यापारिहरू मिलेभने जनता ठग्छन्, जनता मिलेभने सवैको उठिवास लाउंछन् यो कुरा सवैले वुझ्नु जरूरि छ ।

     
  2. निहारिका शर्मा

    जुलाई 13, 2009 at 8:28 बिहान

    यो सवै सरकारी नालायकीपन हो तत्काल अनुगमनको व्यवस्था गर !

     
  3. काली

    जुलाई 13, 2009 at 8:46 बिहान

    Aba ta sachhai +2 haru ko jyadati badhi nai bhaisakyo bhaneko. Khoi kaile ra kasle yesbare sochne? Janatale Das nangra Khiyayera Kamayeko paisale +2 sanchalak haru chilla gadi chadera hidchhan. k bhannu ra khai…………

     
  4. जस्मीना

    जुलाई 13, 2009 at 8:47 बिहान

    K garne ta khana diun aba ,

     
  5. Shiva pandey

    जुलाई 13, 2009 at 8:47 बिहान

    hi…

    first of all, concept of this site is to be appreciated….. well done and good job.

     
  6. Shaira

    जुलाई 13, 2009 at 10:29 बिहान

    It’s a reality of our education system. So government must think for radical change of this system.

     
  7. Prakash

    जुलाई 14, 2009 at 3:10 बिहान

    Eti khanda pani kar tirna bhanepachhi mare namanne yesta school banda rastriyakaran gare pani hunchha.

     
  8. नीता पाठक, चितवन

    जुलाई 15, 2009 at 6:34 बिहान

    Yo Bhanda jyadati k khojne ? Sarkar le kina Yeslai Kar ko Dayara Bhitra lyauna sakdaina ? ki sarkar le pani commission khayeko chha ?

     
  9. ARjun MAlla

    जुलाई 15, 2009 at 6:35 बिहान

    HO SARKAR LE PANI COMMISSION KHAYERA NAI KUNAI ANUGAMAN NIKAYA NA BANAYEKO HO.

     
  10. JP. GURUNG

    जुलाई 15, 2009 at 9:48 बिहान

    के गर्ने त अव खानेलाइ खान दिउं सके हामीपनि खाउं ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: