RSS

प्रगतिशील यातायात मजदुर मञ्चद्धारा पीडितलाइ सहयोग

13 Jul

– हरि नेपाली, कतार / नेपाली प्रगतिशील यातायात मजदुर मञ्च कतारले टिकटको अभावमा नेपाल फिर्ता हुन नसकि नेपाली दुतावासको फिर्ति केन्द्रमा बसिरहेका रुकुमका तेले कामीलाई हवाई टिकट उपलब्ध गराएको छ । प्रगतिशील यातायात मजदुर मञ्चका केन्द्रिय सदस्य भीम के.सी., मगर गुरुङ्ग, होम बि.क., तथा क्युबीसी रोड डिभिजन इकाई समितिका अध्यक्ष  दिलिप श्रेष्ठ, उपाध्यक्ष श्याम तिवारी लगायतका यातायात मजदुरहरुको सक्रियतामा संकलन गरिएको रकम मञ्चका केन्द्रिय अध्यक्ष रमेश भट्ट र महासचिव ठाकुर भट्टले जुलाई ९ का दिन नेपाली दुतावासका राजदुत डा. सुर्यनाथ मिश्रलाई हस्तान्तरण गर्नुभएको हो ।

कतारमा अलपत्र परेर आर्थिक अभावमा नेपाल फिर्ता हुन नसकेका व्यक्तिहरुलाई यहांस्थित विभिन्न नेपाली संघसंस्थाहरुले सहयोग गर्ने गरेपनि जिल्लागत र चिनेजानेकाहरुलाई प्राथमिकता दिने गरेकोले नीज तेले कामी विगत लामो समयदेखि फिर्ति शिविरमा नेपाल फर्कन पाउने दिन गन्दै बसिरहेका थिए । घरको कमजोर आर्थिक अबस्थाका कारण दलाललाई मोटो रकम बुझाएर बैदेशिक रोजगारमा आएका उनी कम्पनी मालिकको चरम उत्पीडनका कारण कम्पनी छोडेर काम गर्दै आएका थिए । एक महिना अघि पासपोर्ट समेत नभएको अवस्थामा नेपाली दुतावास आइपुगेका उनलाई दुतावासले ट्राभल डकुमेन्ट बनाइदिएपछि नेपाल फिर्ताको लागि फिर्ती शिविरमा बसिरहेका थिए ।

उक्त टिकट नेपाली दुतावासका राजदुत डा. सुर्यनाथ मिश्रलाई हस्तान्तरण गर्दै नेपाली प्रगतिशील यातायात मजदुर मञ्च कतारका केन्द्रिय अध्यक्ष रमेश भट्टले मञ्चले अहिलेसम्म पीडितहरुको सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस किसिमको कार्यलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । त्यसैगरि राजदुत डा. सुर्यनाथ मिश्रले आगामी दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा गरेको विचार व्यक्त गर्दै सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।  

१ टिप्पणी

Posted by on जुलाई 13, 2009 in HOME

One response to “प्रगतिशील यातायात मजदुर मञ्चद्धारा पीडितलाइ सहयोग

  1. Ramesh kumar

    जुलाई 13, 2009 at 10:24 बिहान

    lA LATHIKAI CHHA EUTA KAM TA RAMRO GARYO. GO AHEAD…..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: